वीरगंज, १४ भदौ । पर्सा घोडदौड पिपरा निवासी वीरेन्द्र साह तुरहाले आफनो छोरीलाई अपहरण गरी बलात्कार गर्ने र भारतमा बिक्री गर्ने माओवादी कार्यकर्ता हरि पटेल भनिने शम्भु पटेल तथा उनका साथीहरुलाई कारबाही गर्न संचारकर्मीसंग गुहार गरेका छन्।
आज रिपोर्टस क्लब नेपाल पर्साको साक्षात्कारमा बोल्दै उनले यस्तो आग्रह गरेका हुन्।
पीडित अनिता कुमारीले आफूलाई बन्दूक तेसा्रइ अपहरण गरी भारतको विभिन्न स्थानमा राखेर बलात्कार गरी बिक्री गर्ने हरि पटेल र नन्दकुमारलाई कारबाही गर्नुपर्ने बताइन्।
रिपोर्टस क्लब नेपाल पर्साका अध्यक्ष कन्हैया गुप्ताको सभापतित्वमा सो कार्यक्रम सम्पन्न भएको थियो ।
Comments
Post a Comment