Skip to main content

संयन्त्रमा प्रधानमन्त्री आमन्त्रित रहनु नै उचित - सञ्चार मन्त्री

काठमाडौं, माघ ९। सूचना तथा सञ्चार मन्त्री एवं सरकारका प्रवक्ता शंकर
पोखरेलले राजनीतिक गतिरोध अन्त्यका नाममा गणतन्त्र नेपालको पहिलो प्रतीक
राष्ट्रपतिको अपमान र मानमर्दन हुने सहमति सरकारलाई स्वीकार्य नहुने
बताएका छन्।
शनिबार रिपोर्टर्स क्लब नेपालको साक्षात्कार कार्यक्रममा मन्त्री
पोखरेलले राष्ट्रपतिको गरिमा संस्थागत रुपमा आँच पुग्ने गरी कुनै पनि
छलफल गर्न सरकार तयार नभएको स्पष्ट पारे। उनले भने- राष्ट्रपतिको कदम
पर्ूण्ा संवैधानिक छ।
गतिरोध अन्त्यका निम्ति सरकार र माओवादी दुवै पक्ष लचिलो हुनुपर्ने भए
पनि झुकेको अनुभूति गर्न नहुने उनको धारणा थियो। उनले भने- सरकार कसैसामु
झुक्न सक्दैन। माओवादीले पनि झुकेको अनुभव गर्न नपरोस्।
कार्यक्रममा पोखरेलले कुनै दलका नेताको संयोजकत्वमा गठित उच्चस्तरीय
राजनीतिक संयन्त्रमा कार्यपालिकाको प्रमुख प्रधानमन्त्री सदस्य हुनुभन्दा
आमन्त्रित रुपमा रहनु उचित भएको दाबी गरे।
'संयन्त्रमा प्रधानमन्त्री सदस्यभन्दा आमन्त्रित रुपमा रहनु नै उचित
हो,' उनले भने- आफ्नोे उपस्थितिमा भएका बैठकका निर्ण्र्ाााई
मन्त्रिपरिषदबाट पारित गराउनुपर्ने भए पनि प्रधानमन्त्री अनुपस्थितिमा
हुने बैठकका निर्ण्र्ाामान्न सरकार बाध्य हुँदैन।
रिपोर्टर्स क्लब नेपालको अध्यक्ष ऋषि धमलाको सभापतित्वमा सम्पन्न
साक्षात्कार कार्यक्रममा सरकारका प्रवक्ता पोखरेलले उच्चस्तरीय राजनीतिक
संयन्त्रले बन्द कोठाबाट सरकार गठन र विघटन गर्न नसक्ने बताए। 'शान्ति र
संविधानका लागि संयन्त्रले सरकारको आन्तरिक कार्यमा हस्तक्षेप गर्न
सक्दैन,' उनले भने- सरकारलाई गलहत्ताउने संयन्त्रको काम हुन सक्दैन। यो
काम त संसदमा रहेका दलहरुको हो।
माओवादी अध्यक्ष प्रचण्डको नेतृत्वको सरकारले गर्न नसकेका काम वर्तमान
सरकारले गरेको उनको दाबी थियो। 'शिविरबाट अयोग्य लडाकु निकाल्ने, ११२
दिने कार्ययोजना ल्याएर सेना समायोजन विशेष समिति अघि बढ्ने,
संविधानसभाका सबै विषयगत समितिले प्रतिवेदन बुझाउनेलगायत काम भएका छन्,'
उनले भने- अब शान्ति र संविधान पनि यही सरकारले नै फत्ते गर्नेछ।
मन्त्री पोखरलले माओवादीले अनिश्चितकालीन आम हडताल फिर्ता लिनु
सकारात्मक भएको बतँए। 'तर, हडताल असफल हुने देखेरै माओवादीले फिर्ता
लिएको हो, जनस्तरमा त्यसको अवज्ञा हुने निश्चित थियो। राष्ट्रिय शक्ति
विभाजन गरी विदेशीलाई प्रभु भन्दै वार्ता गर्छर्ुुन्नु माओवादीको चरम
बेइमानी भएको उनको तर्क थियो। उनले भने- परराष्ट्र नीति भनेको देशको नीति
हो, यो दलैपिच्छे हुन सक्दैन।
साथै पोखरेलले विशेष समितिले रक्षा मन्त्रालय र नेपाली सेनासँग परामर्श
गर्नुपथ्र्यो भन्ने रक्षामन्त्री विद्यादेवी भण्डारीको भनाइ नाजायज नभएको
बताए। 'रक्षामन्त्रीको भनाईको आपत्ति प्रकट गर्ने या राजीनामै दिनुपर्ने
अवस्था छैन,' उनले भने- नेपाली सेनाको व्यावसायिक र संगठनात्मक रुपमा असर
पुग्ने गरी समायोजन हुन सक्दैन।

Comments

Popular posts from this blog

भक्तपुरमा ब्यबहारीक शैक्षिक भ्रमण

भक्तपुर , ९ कार्तिक । दशैं र तिहार सकिएको। बिद्यालयमा पढ्ने बिद्यार्थीहरुले दशैं तिहारमा दिक्षिणा र भैलो देउसी खेलेर केही रकम जम्मा गरेका छन्। यही रकमको सही सदुपयोग होस भनेर बिद्यालयहरुले शैक्षिक भ्रमणका कार्यक्रमहरु आयोजना गर्ने गर्दछन्। दशैं तिहार पछि दर्ुइ महिनामा नेपालका , धेरैजसो बिद्यालयहरले बिद्यार्थीहरुलाई शैक्षिक भ्रमण गराउने गर्दछन्। भक्तपुरमा केन्दि्रत शैक्षिक भ्रमण गराउदै आएका हरीत समूहका श्रीकृष्ण सितिखुलाई अवको एक ड्डेढ महिना सम्म बिद्यार्थीहरुलाई भक्तपुर देखाउदैमा फर्ुसद नहुने भएको छ। बिभिन्न बिद्यालयहरुले उनलाई आफ्ना बिद्यार्थीलाई भक्तपुर देखाउन अनुरोध गरिसकेका छन्।यो बेला प्राकृतिक रुपमा पनि , गर्मी मौसम सकेर जाडो याम शुरु हुने भएकोले भ्रमण जानको लागि उपयुक्त समय हो। भक्तपुर शहर पनि नेपालका प्रमुख शैक्षिक पर्यटकीय गन्तब्य मध्ये एक हो। बाह्रौ शताब्दी देखि चौधौ शताब्दीसम्म नेपाल उपत्यकाको राजधानी रहेको यस प्राचिन नगरको भ्रमण गर्नको लागि हरीत समूहले

होटल मालिकद्वारा बाल श्रमिक नराख्ने प्रतिबद्धता

खेम बोलखे हेटौडा, ९ फागुन । हेटौंडा-११ थानाभर्‍याङमा रहेको होटल बैशालीका मालिक शेखर मैनालीले आफ्नो होटलमा १४ वर्षमुनिका बालबालिकालाई काममा नलगाउने प्रतिवद्धता जनाउनु भएको छ । मकवानपुर जिल्लामा क्रियाशील अधिकारकर्मी र सरकारी निकायका प्रतिनिधिहरुस“गको छलफलमा उहाँले यस्तो प्रतिवद्धता जनाउनु भएको हो । विगतका दिनमा कानूनी प्रावधान थाहा नहुँदा उहा“ले बालश्रमिक राख्नु भएको थियो ।     सो होटलमा कार्यरत ६ जना बाल श्रमिकहरुलाई यही फागुन ४ गते अधिकारकर्मीहरुले उद्धार गरेका थिए । होटलमा कार्यरत उदयपुर कटारीका १४ वषर्ीय जीवन बुढाथोकी, १५ वषर्ीय प्रकाश मगर, १२ वषर्ीय रमेश मगर, हेटौंडा-१० न्यूरेनीका १४ वषर्ीय राजु परियार, बारा निजगढका १४ वषर्ीय मिनबहादुर मोक्तान र १६ वषर्ीय विकास र्राईलाई होटल मालिक मैनालीले घर फर्केर विद्यालय पढ्न र सिप सिक्नका लागि ५/५ हजारका दरले सहयोग गर्नु भएको छ । सहयोग रकम अधिकारकर्मीहरुको रोहवरमा जिल्ला बाल कल्याण समिति मकवानपुरका बाल अधिकार अधिकृत संगीता पौडेललाई हस्तान्तरण गरिएको छ ।     साथै,  बालबालिकाको हितका लागि हेटौंडा नगर पालिकाको तर्फाटपनि सहयोग गर्न सकिने समाज क

वीरगंजमा सुंगुर आतंक

वीरगंज ९ भदौ । वीरगंज उपमहानगरपालिकाका सरसफाइ कर्मचारी दलित जाति र अन्यले पालेको सुंगुरहरु दिनभर शहर चहारेर चर्ने गरेका छन्। प्रत्येक दिन एक पटक कुनै समयमा एकै साथ झन्डै १०० वटा जति काला रोग सार्ने सुंगुर वीरगंज-१३ को अशोक वाटिका घडीअर्वा टोलमा छिरेर आतंक मच्चाउने गरेका छन्। काला फोहरी सुंगुर पानी जमेको ठाउँमा पुग्ने फोहरको डंगुरमा चर्ने प्रत्येक घर चहारेर घरको ढोका अगाडिको माटो खोतलेर खाल्डो बनाउने गर्दै आएका छन्। छाडा छाडिएको सुंगुरलाई पक्राउ गरी कारबाही गर्ने दायित्व नगर प्रहरीको हो। नगरपालिकाका सरसपाुइ कर्मचारीहरुले नै सुंगुर पालेर सार्वजनिक सडकमा छाड्ने गरेकोमा कस्ले गर्ने कारबाही वीरगंजको विभिन्न वडामा पालिएको सुंगुर मेनरोड हुंदै प्रत्येक दिन एकपटक अशोक वाटिका र घडीअर्वामा चर्न पुग्दछन्। स्वाइन पुलु रोग चम्केको बेला सुंगुर आतंकले वडावासी सशंकित बन्दै गएका छन्।