वीरगंज, ९ माघ । नेपाल भोजपुरी प्रतिष्ठानद्वारा तीन व्यक्तित्व सम्मानित
भएका छन्। आज माइस्थान मन्दिर अगाडि नेपाल भोजपुरी प्रतिष्ठानद्वारा
आयोजित सम्मान एवं बहुभाषिय कवि सम्मेलनमा प्रमुख अतिथि नेपाल भोजपुरी
प्रतिष्ठानका सदस्य डा. विश्वम्भर शर्माले राष्ट्रिय दैनिक र सिमाना
साप्ताहिकका सम्पादक महेशचन्द्र गौतम, समाजसेवी गंगाबहादुर थापा र टाइगर
क्लबका अध्यक्ष क्रियाशील युवा उमेश गुप्तालाई सम्मान गरेका हुन्।
कार्यक्रममा स्थानीय कवि, कवियत्रीले आआफनो रचना वाचन गरेका थिए।
यसैगरी कन्या माध्यमिक विद्यालयमा आज बिहान गजल साहित्य मंचद्वारा
आयोजित सिर्जना एवं कविता वाचन कार्यक्रममा महेशचन्द्र गौतम, मास्टर तारा
सिंह लगायतले आआफनो रचना वाचन गरेका थिए।

Comments
Post a Comment