Skip to main content

उपराष्ट्रपतिले पुनः सपथ खानुपर्दैन, राजीनामा पनि दिनुपर्दैन

काठमाडौं, साउन ११। आपर्ूर्तिमन्त्री राजेन्द्र महतोले उपराष्ट्रपति परमानन्द झाले राजीनामा दिनुनपर्ने र पुनः सपथ पनि खानुनपर्ने बताएका छन्। रिपोर्र्टर्स क्लब नेपालको साक्षात्कारमा बोल्दै संविधानमा संशोधन गरी सपथ विवाद अन्त गर्नुको विकल्प नभएको बताए।
'उपराष्ट्रपतिले पुनः सपथ खानुपदैन, राजीनामा पनि दिनुपर्दैन,' सदभावना पार्टर्ीी अध्यक्ष समेत रहेका महतोले भने,'अन्तरिम संविधान संशोधन गरी समस्याको समाधान खोजिनेछ।' प्रधानमन्त्री माधवकुमार नेपाललाई भेटी संविधान संशोधनको प्रस्ताव राखेको खुलासा गरे। सदनमा संशोधन प्रस्ताव जाने ठोकुवा गरे। संविधान संशोधनका लागि प्रक्रिया अगाडि बढाइएको बताए। उपराष्ट्रपतिको सपथलाई सर्वोच्च अदालतले गैरकानुनी भनी फैलसा गर्नुलाई दर्ुभाग्यपर्ूण्ा भने। आफूहरुले अदालतको सम्मान गर्ने उल्लेख गर्दै भने,'सर्वोच्चको फैसलाले देश र मधेशको हित गर्दैन।' नेपालमा बोलिने सबै भाषा सपथमा प्रयोग गर्न पाउनुपर्ने स्पष्ट व्यवस्था गर्नुपर्ने बताए। मुलुक एउटा भाषीको मात्र नभएको भन्दै भाषाकै विषयमा उपराष्ट्रपतिले राजीनामा दिनुनपर्ने स्पष्ट पारे। उनले भने,'जननिर्वाचित उपराष्ट्रपतिले किन राजीनामा दिने -'
रिपोर्र्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाको सभापतित्वमा सम्पन्न साक्षात्कारमा मन्त्री महतोले कृत्तिम अभाव सृजना गरी मूल्यवृद्धि गराउनेहरुमाथि कडाभन्दा कडा कारबाही गर्ने बताए। कारबाहीका लागि सरकारले छापा मार्ने क्रममा शुरु गरिसकेको भन्दै कुनैपनि प्रक्रियाबाट मूल्यवृद्धि नियन्त्रणमा लिने बताए। कृत्तिम मूल्यवृद्धि गराउनेप्रति सरकार शतर्क रहेको बताए। अन्तराष्ट्रिय बजारमा मूल्यवृद्धि भएबाट नेपालमा पनि केही असर देखिएको बताए। यद्यपि मूल्यवृद्धि अविश्वसनीय हुनुबाट सरकार गम्भीर भएको बताए। खाद्या सामाग्री लुकाउने गोदाममा धमाधम छापा मार्ने क्रम अगाडि बढाइएको बताए। शंकास्पद सबै स्थानमा छापा मार्ने बताए। उनले भने,'सरकार कुनैपनि कालाबजारीलाई छाड्ेन पक्षमा छैन।'
पसलहरुमा अनिवार्य मूल्यसूचीमा जोड दिदै नराख्नेलाई कारबाही गर्ने बताए। मूल्य चर्को लिनेहरुमाथि कडा कारबाहीको चेतावनी दिए। पसलहरुमा वाणिज्य विभाग र स्थानीय प्रशासनको संयुक्त अनुगमन खटिने बताए। कर घटाएर भएपनि मूल्य वृद्धि अन्त गर्ने प्रक्रिया बढाइएको खुलासा गरे।
झाडापखाला प्रभावितका लािग विशेष खाद्य प्याकेजको व्यवस्था गरिने बताए। प्रति विरामी १० केजी चामल, एक केजी दूध र औषधीसहितको प्याकेट पठाउन लागेको बताए।
खडेरी परेको क्षेत्रका जनताका लागि विशेष राहत प्याकेज ल्याइने बताए। राहतका लागि गृहकार्य शुरु भइसकेको उनको भनाई थियो।

Comments

Popular posts from this blog

माओवादी विरुद्ध खडकाको अभियान

वीरगंज, २१ माघ। दाङ जिल्ला निवासी खुमबहादुर खडका नेपाली कांग्रेस पार्टर्ीी दोश्रो पुस्ताका नेता हुन्। नेपाली कांग्रेसको सरकारमा गृहमन्त्री समेत भइसकेका खुमबहादुर खडकासंग भारत र नेपालका बदमाश, पेशेवर अपराधीहरु अत्यन्तै झुम्मिने गर्दछन्। आफना सहयोगी र्समर्थक अपराधीहरुलाई उनी पैसा दिएर खुशी पार्ने र संरक्षण दिएर कारबाहीबाट सुरक्ष्ँित तुल्याउंछन्, यो उनको जन्मजात शोख हो, राजनीति कला कौशल हो। माओवादी सशस्त्र जनयुद्ध चरमोत्कर्षा पुगेपछि उनको राजनीति भविष्य चौपट भयो। प्रधानमन्त्री बन्ने महत्वाकांक्षा शून्य बन्यो। चर्चामा आए अनुसार हिजोआज उनी राजनीतिमा बहुरिन थालेका छन्। यसै अर्न्तर्गत देश दौडाहामा हिंडिरहेका छन्। विशेषगरी खुमबहादुर खडकाले आफनो राजनीति भ्रमणको थलो तर्राई मधेशलाई रोजेका छन्। खडकाको झडकाले कांग्रेसलाई नयां दिशामा डोर्‍याउन सक्ने कतिपय राजनीति षडयन्त्रकारी, अवसरवादी र बेइमानहरुको अनुमान पनि छ। खुमबहादुरको चलनचल्तीको अर्को नाम हो- खुन बहादुर। आफनो विपक्षीलाई समाप्त नै पार्नुपर्छ भन्ने उनको सिद्धान्त मात्र होइन, विगतमा देखापरेको व्यवहार पनि हो। माओवादीको हतियारको चु...

भक्तपुरमा ब्यबहारीक शैक्षिक भ्रमण

भक्तपुर , ९ कार्तिक । दशैं र तिहार सकिएको। बिद्यालयमा पढ्ने बिद्यार्थीहरुले दशैं तिहारमा दिक्षिणा र भैलो देउसी खेलेर केही रकम जम्मा गरेका छन्। यही रकमको सही सदुपयोग होस भनेर बिद्यालयहरुले शैक्षिक भ्रमणका कार्यक्रमहरु आयोजना गर्ने गर्दछन्। दशैं तिहार पछि दर्ुइ महिनामा नेपालका , धेरैजसो बिद्यालयहरले बिद्यार्थीहरुलाई शैक्षिक भ्रमण गराउने गर्दछन्। भक्तपुरमा केन्दि्रत शैक्षिक भ्रमण गराउदै आएका हरीत समूहका श्रीकृष्ण सितिखुलाई अवको एक ड्डेढ महिना सम्म बिद्यार्थीहरुलाई भक्तपुर देखाउदैमा फर्ुसद नहुने भएको छ। बिभिन्न बिद्यालयहरुले उनलाई आफ्ना बिद्यार्थीलाई भक्तपुर देखाउन अनुरोध गरिसकेका छन्।यो बेला प्राकृतिक रुपमा पनि , गर्मी मौसम सकेर जाडो याम शुरु हुने भएकोले भ्रमण जानको लागि उपयुक्त समय हो। भक्तपुर शहर पनि नेपालका प्रमुख शैक्षिक पर्यटकीय गन्तब्य मध्ये एक हो। बाह्रौ शताब्दी देखि चौधौ शताब्दीसम्म नेपाल उपत्यकाको राजधानी रहेको यस प्राचिन नगरको भ्रमण गर्नको लागि हरीत समूहले ...

पाकिस्तानमा आत्मघाती विस्फोटन, १२ प्रहरीको मृत्यु

काठमाडौं १४ भदौ। पाकिस्तानको स्वात उपत्यकामा रहेको एउटा प्रहरी चौकीमा आत्मघाती विष्फोट हुँदा कम्तीमा १२ प्रहरीको मृत्यु भएको छ। प्रहरीमा भर्ना हुन आवेदन गर्न लाम लागिरहेका बेला विष्फोट भएको हो। तालिवान विद्रोहीको हातबाट स्वात उपत्यका आफ्नो हातमा लिएको दाबी पाकिस्तानी सेनाले गरिरहेका बेला यो ठूलो आक्रमण भएको हो।