Skip to main content

कमिशनका कारण तराइमा औषधि आएन

भानुभक्त आचार्य
हेटौंडा, ११ साउन। सरकारले तराइ क्षेत्रलाई लक्षित गरी औषधि उपलब्ध गराएपनि सम्बद्ध स्वास्थ्यसंस्थाको लापरबाहीका कारण बिरामीको मृत्यु हुने क्रम बढेको छ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले तराइका लागि आवश्यक विभिन्न प्रकारका औषधि उपलब्ध गराउने जिम्मा दिएर मध्यमाञ्चल क्षेत्रीय मेडिकल स्टोर हेटौंडामा औषधि पठाए पनि तराइका विभिन्न स्वास्थ्य संस्थाले तोकिएको औषधि समयमै र आवश्यक मात्रामा नलगी दिंदा त्यहांका घाइते र बिरामीहरुको मृत्युहुने क्रम बढेको हो।
प्रहरी तथ्याड्ढअनुसार १५ दिनयता विषालु र्सपको टोकाइबाट समयमै उपचार पाउन नसक्दा तराइ क्षेत्रमा एकदर्जन बढी घाइतेको मृत्यु भइसकेको छ। सोको उपचारका लागि आवश्यक एन्टीस्नेक भेनम आवश्यक मात्रामा त्यस क्षेत्रका विभिन्न स्वास्थ्य संस्थाले नलगेका कारण घाइतेको मृत्यु भएको देख्न सकिन्छ। ती संस्थाले स्टोरमा नै आएर आवश्यक कागजपत्र पेश गरी आफैंले भेनम लैजानुपर्ने व्यवस्था छ।
कुन डाक्टरले को बिरामीलाई कति भायल दिए भन्ने कुराको पर्ूण्ा विवरण प्राप्त भएपछि सोअनुसार औषधि उपलब्ध गराइन्छ’-स्टोर प्रमुख रमण झाले भन्नुभयो। महाशाखाले नौ जिल्लाका विभिन्न सरकारी स्वास्थ्य संस्थालाई उपलब्ध गराउने भायलको कोटा तोकिदिए पनि मांग भएमा थप भायल उपलब्ध गराइने प्रमुख झाले बताउनुभयो।
गोमन र करेतलगायत विषालु र्सपको टोकाइको उपचारका लागि स्टोरले केन्द्रको निर्देशनअनुसार चितवन, धनुषा, पर्सा, मकवानपुर, बारा, रौतहट, महोत्तरी, सिन्धुली र र्सलाहीका अञ्चल, जिल्ला अस्पताल र प्राथमिक स्वास्थ्यकेन्द्रहरुलाई भायल उपलब्ध गराउंछ। स्टोरका अनुसार जनकपुर, नारायणी उपक्षेत्रीय, रौतहटको गौर, महोत्तरीको जिल्ला स्वास्थ्य र र्सलाहीको जिल्ला अस्पताल मलंगवा प्रत्येकलाई दर्ुइसय भायल उपलब्ध गराइने गरिन्छ भने पर्साको सत्तबरिया र धनुषाको सबैला प्राथमिक स्वास्थ्यकेन्द्रलाई एकसय भायल उपलब्ध गराइन्छ। यदि तत्काल थप भायल आवश्यक परेमा स्टोरले औषधि उपलब्ध गराउंदै आएको झाले स्पष्ट पार्नुभयो। अहिले स्टोरमा करिब चारसय भायल एन्टीस्नेक भेनम मौज्दात रहेको र क्षेत्रका स्वास्थ्य संस्थालाई आवश्यक परेमा उपलब्ध गराइने झाको भनाइ छ।
यसैगरी मकवानपुरको ठिङगन, मन्थली र इपा गाविसमा बहुला कुकुरले दर्जनौ पशु र केही मानिसलाई टोकेपछि संक्रमण फैलने डरले स्वाथ्यटोली खटाइएको छ। जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले आज उपचार र जागरणका लागि टोली खटाएको हो कार्यालयका बरिष्ट अहेव भोला चौलागाईको नेतृत्वमा ठिंगन स्वास्थ्यचौकीका इन्चार्ज विमलेश मिश्र सदस्य रहेको टोलि खटाइएको हो। टोलीले तीन गाविसमा बढ्न सक्ने सङ्क्रमण घटाउन सचेतना अभियान सञ्चालन गर्ने र भोलिबाट गाउंमा जाने बरिष्ट अहेव भोला चौलागाईले जानकारी दिनुभयो। गाउंमा एक सातादेखि पशुहरुमा रेविजको लक्षण देखापरेको र मानिसमा पनि सङक्रमण फैलिनसक्ने सम्भावना भएकाले स्थानीय बासिन्दा चिन्तित छन्। उनीहरु परिवारसहित सदरमुकाम हेटौडामा रेविजविरुद्धको भ्याक्सिन लगाउन आइरहेका छन्।
दुइ दर्जन पशुहरुमा पनि लक्षण देखा परेपछि जिल्ला पसु सेवा कार्यालयबाट पनि टोली पठाउने तयारी गरिरहेको प्रमुख डा चेतनारायण खरेलले जानकारी दिनुभयो।

Comments

Popular posts from this blog

माओवादी विरुद्ध खडकाको अभियान

वीरगंज, २१ माघ। दाङ जिल्ला निवासी खुमबहादुर खडका नेपाली कांग्रेस पार्टर्ीी दोश्रो पुस्ताका नेता हुन्। नेपाली कांग्रेसको सरकारमा गृहमन्त्री समेत भइसकेका खुमबहादुर खडकासंग भारत र नेपालका बदमाश, पेशेवर अपराधीहरु अत्यन्तै झुम्मिने गर्दछन्। आफना सहयोगी र्समर्थक अपराधीहरुलाई उनी पैसा दिएर खुशी पार्ने र संरक्षण दिएर कारबाहीबाट सुरक्ष्ँित तुल्याउंछन्, यो उनको जन्मजात शोख हो, राजनीति कला कौशल हो। माओवादी सशस्त्र जनयुद्ध चरमोत्कर्षा पुगेपछि उनको राजनीति भविष्य चौपट भयो। प्रधानमन्त्री बन्ने महत्वाकांक्षा शून्य बन्यो। चर्चामा आए अनुसार हिजोआज उनी राजनीतिमा बहुरिन थालेका छन्। यसै अर्न्तर्गत देश दौडाहामा हिंडिरहेका छन्। विशेषगरी खुमबहादुर खडकाले आफनो राजनीति भ्रमणको थलो तर्राई मधेशलाई रोजेका छन्। खडकाको झडकाले कांग्रेसलाई नयां दिशामा डोर्‍याउन सक्ने कतिपय राजनीति षडयन्त्रकारी, अवसरवादी र बेइमानहरुको अनुमान पनि छ। खुमबहादुरको चलनचल्तीको अर्को नाम हो- खुन बहादुर। आफनो विपक्षीलाई समाप्त नै पार्नुपर्छ भन्ने उनको सिद्धान्त मात्र होइन, विगतमा देखापरेको व्यवहार पनि हो। माओवादीको हतियारको चु...

भक्तपुरमा ब्यबहारीक शैक्षिक भ्रमण

भक्तपुर , ९ कार्तिक । दशैं र तिहार सकिएको। बिद्यालयमा पढ्ने बिद्यार्थीहरुले दशैं तिहारमा दिक्षिणा र भैलो देउसी खेलेर केही रकम जम्मा गरेका छन्। यही रकमको सही सदुपयोग होस भनेर बिद्यालयहरुले शैक्षिक भ्रमणका कार्यक्रमहरु आयोजना गर्ने गर्दछन्। दशैं तिहार पछि दर्ुइ महिनामा नेपालका , धेरैजसो बिद्यालयहरले बिद्यार्थीहरुलाई शैक्षिक भ्रमण गराउने गर्दछन्। भक्तपुरमा केन्दि्रत शैक्षिक भ्रमण गराउदै आएका हरीत समूहका श्रीकृष्ण सितिखुलाई अवको एक ड्डेढ महिना सम्म बिद्यार्थीहरुलाई भक्तपुर देखाउदैमा फर्ुसद नहुने भएको छ। बिभिन्न बिद्यालयहरुले उनलाई आफ्ना बिद्यार्थीलाई भक्तपुर देखाउन अनुरोध गरिसकेका छन्।यो बेला प्राकृतिक रुपमा पनि , गर्मी मौसम सकेर जाडो याम शुरु हुने भएकोले भ्रमण जानको लागि उपयुक्त समय हो। भक्तपुर शहर पनि नेपालका प्रमुख शैक्षिक पर्यटकीय गन्तब्य मध्ये एक हो। बाह्रौ शताब्दी देखि चौधौ शताब्दीसम्म नेपाल उपत्यकाको राजधानी रहेको यस प्राचिन नगरको भ्रमण गर्नको लागि हरीत समूहले ...

पाकिस्तानमा आत्मघाती विस्फोटन, १२ प्रहरीको मृत्यु

काठमाडौं १४ भदौ। पाकिस्तानको स्वात उपत्यकामा रहेको एउटा प्रहरी चौकीमा आत्मघाती विष्फोट हुँदा कम्तीमा १२ प्रहरीको मृत्यु भएको छ। प्रहरीमा भर्ना हुन आवेदन गर्न लाम लागिरहेका बेला विष्फोट भएको हो। तालिवान विद्रोहीको हातबाट स्वात उपत्यका आफ्नो हातमा लिएको दाबी पाकिस्तानी सेनाले गरिरहेका बेला यो ठूलो आक्रमण भएको हो।