Skip to main content

नागरिक समाजप्रति उत्तरदायी भूमिका निर्वाह गर्न असक्ष्ँम प्रजिअ

नागरिक समाजप्रति उत्तरदायी भूमिका निर्वाह गर्न असक्षम रहेका पर्साका प्रमुख जिल्ला अधिकारी दर्ुगाप्रसाद भण्डारीको निष्त्रिmयताका कारण वीरगंज नगरमा कालाबजारी गर्ने केही व्यापारीहरूले मौकामा चौका हान्ने अवसर पर््रयाप्त रूपमा पाइरहेको गुनासो उठेको छ।
खाद्यान्न वस्तु लगायत अन्य वस्तुको कृत्रिम अभाव सिर्जना गरी बढ्दो महंगीको नाजायज फाइदा लुटिरहेका नगर क्षेत्रका अधिकांश व्यापारीहरूले आफूखुशी दररेटमा सामानको मूल्य कायम गरी, विक्री वितरण गरिरहंदा समेत जिल्ला प्रशासन कार्यालय पर्साले बजार अनुगमन निरीक्ष्ँण, हस्तक्षेप जस्ता कार्यक्रम चलाउन नसकेबाट आम नागरिकहरू ज्यादै मर्कामा परेको बताउन थालेका छन्।
र् र्सवसाधारणलाई न्याय दिलाउने पर्साको गृह प्रशासन चिरन्रि्रामा सुत्नाले जिल्लामै अपराधिक क्रियाकलाप बढ्ने क्रममा निरन्तरता पाइरहेको पर्रि्रेक्ष्यमा बढ्दो कालोबजारी, सिर्जित कृत्रिम अभाव जस्ता समस्या उपर पर्साका प्रमुख जिल्ला अधिकारी भण्डारीले ध्यान नदिनुलाई जनउत्तरदायित्वबाट पन्छिन खोजेको आरोप लगाइदैछ।
जिल्लामा बढ्दै गएको अपराधिक क्रियाकलाप एवं कालाबजारी, अनाधिकृत मूल्यवृद्धि जस्ता अवाञ्छित गतिविधिका कारण जिल्लामै प्रजिअ भण्डारीको अनुपस्थित रहेको त होइन - भन्ने भान जनमानसमा पर्न थालेको छ।
नगर क्ष्ँेत्रमा खाद्यान्न मात्रको कालाबजारी नभइ नेपाल टेलिकम एवं मेरो मोबाइल जस्ता संस्थाद्वारा उपभोक्ता मूल्य निर्धारित गरी विक्री वितरण गरिने गरेको रिचार्ज कार्डसमेतमा वितरक डिलर एवं एजेन्टबाट रू ५० को रिचार्जको रू ५१ लिनु पर्नेमा रू ५५ लिने गरिएको, त्यसैगरी रू १०० पर्नेमा रू १०३ लिनुपर्ने र १०५ लिइरहेको र रू २०० को रिचार्ज कार्डमा रू २०४ लिनुपर्नेमा रू २०५ लिइ ठगीरहेको पीडा आम नागरिकले दैनिक ब्यहोर्नु पर्ने अवस्था रहंदा समेत सम्बन्धित निकाय मौन रहेको पाइन्छ।
खुला सिमाना, बेरोकटोक तस्करी, लाखौं राजस्व चुहावट जस्ता समस्याले जेलिएको वीरगंज नगरलाई मर्ुदा शान्तिसरह रहेको महसुस गर्ने पर्साका प्रजिअ भण्डारीले जागिर मात्र खाएको उद्देश्य पर्ूर्ति गर्नुले जिल्लावासी लगायत नगरवासीको समस्या समाधान हुने देखिदैन। तर्सथ दिनहुं झेल्नुपर्ने महंगी, कालाबजारी, कृत्रिम अभावको समस्या निदान गर्न प्रजिअलाई दबाब दिनुका साथै नागरिक समाज स्वतस्फर्ूत रूपमा उठ्न नितान्त जरुरी रहेको छ।

Comments

Popular posts from this blog

माओवादी विरुद्ध खडकाको अभियान

वीरगंज, २१ माघ। दाङ जिल्ला निवासी खुमबहादुर खडका नेपाली कांग्रेस पार्टर्ीी दोश्रो पुस्ताका नेता हुन्। नेपाली कांग्रेसको सरकारमा गृहमन्त्री समेत भइसकेका खुमबहादुर खडकासंग भारत र नेपालका बदमाश, पेशेवर अपराधीहरु अत्यन्तै झुम्मिने गर्दछन्। आफना सहयोगी र्समर्थक अपराधीहरुलाई उनी पैसा दिएर खुशी पार्ने र संरक्षण दिएर कारबाहीबाट सुरक्ष्ँित तुल्याउंछन्, यो उनको जन्मजात शोख हो, राजनीति कला कौशल हो। माओवादी सशस्त्र जनयुद्ध चरमोत्कर्षा पुगेपछि उनको राजनीति भविष्य चौपट भयो। प्रधानमन्त्री बन्ने महत्वाकांक्षा शून्य बन्यो। चर्चामा आए अनुसार हिजोआज उनी राजनीतिमा बहुरिन थालेका छन्। यसै अर्न्तर्गत देश दौडाहामा हिंडिरहेका छन्। विशेषगरी खुमबहादुर खडकाले आफनो राजनीति भ्रमणको थलो तर्राई मधेशलाई रोजेका छन्। खडकाको झडकाले कांग्रेसलाई नयां दिशामा डोर्‍याउन सक्ने कतिपय राजनीति षडयन्त्रकारी, अवसरवादी र बेइमानहरुको अनुमान पनि छ। खुमबहादुरको चलनचल्तीको अर्को नाम हो- खुन बहादुर। आफनो विपक्षीलाई समाप्त नै पार्नुपर्छ भन्ने उनको सिद्धान्त मात्र होइन, विगतमा देखापरेको व्यवहार पनि हो। माओवादीको हतियारको चु...

भक्तपुरमा ब्यबहारीक शैक्षिक भ्रमण

भक्तपुर , ९ कार्तिक । दशैं र तिहार सकिएको। बिद्यालयमा पढ्ने बिद्यार्थीहरुले दशैं तिहारमा दिक्षिणा र भैलो देउसी खेलेर केही रकम जम्मा गरेका छन्। यही रकमको सही सदुपयोग होस भनेर बिद्यालयहरुले शैक्षिक भ्रमणका कार्यक्रमहरु आयोजना गर्ने गर्दछन्। दशैं तिहार पछि दर्ुइ महिनामा नेपालका , धेरैजसो बिद्यालयहरले बिद्यार्थीहरुलाई शैक्षिक भ्रमण गराउने गर्दछन्। भक्तपुरमा केन्दि्रत शैक्षिक भ्रमण गराउदै आएका हरीत समूहका श्रीकृष्ण सितिखुलाई अवको एक ड्डेढ महिना सम्म बिद्यार्थीहरुलाई भक्तपुर देखाउदैमा फर्ुसद नहुने भएको छ। बिभिन्न बिद्यालयहरुले उनलाई आफ्ना बिद्यार्थीलाई भक्तपुर देखाउन अनुरोध गरिसकेका छन्।यो बेला प्राकृतिक रुपमा पनि , गर्मी मौसम सकेर जाडो याम शुरु हुने भएकोले भ्रमण जानको लागि उपयुक्त समय हो। भक्तपुर शहर पनि नेपालका प्रमुख शैक्षिक पर्यटकीय गन्तब्य मध्ये एक हो। बाह्रौ शताब्दी देखि चौधौ शताब्दीसम्म नेपाल उपत्यकाको राजधानी रहेको यस प्राचिन नगरको भ्रमण गर्नको लागि हरीत समूहले ...

पाकिस्तानमा आत्मघाती विस्फोटन, १२ प्रहरीको मृत्यु

काठमाडौं १४ भदौ। पाकिस्तानको स्वात उपत्यकामा रहेको एउटा प्रहरी चौकीमा आत्मघाती विष्फोट हुँदा कम्तीमा १२ प्रहरीको मृत्यु भएको छ। प्रहरीमा भर्ना हुन आवेदन गर्न लाम लागिरहेका बेला विष्फोट भएको हो। तालिवान विद्रोहीको हातबाट स्वात उपत्यका आफ्नो हातमा लिएको दाबी पाकिस्तानी सेनाले गरिरहेका बेला यो ठूलो आक्रमण भएको हो।