नुवाकोट, २७ असार । चटयाङ र पहिरोमा परी नुवाकोटमा दुइजनाको मृत्यु भएको छ।
आज बिहान नुवाकोटको आमुटार बस्ने बलराम भण्डारीको १६ वर्षीय छोरा रामकुमार भण्डारीको पहिरोमा परी मृत्यु भएको हो।
खेतमा पानी लगाउन गएको बेला पहिरो खसेर गम्भीर घाइते भएका उनको उपचारको क्रममा बाटोमा नै मृत्यु भएको प्राप्त जानकारीमा उल्लेख छ।
यसैगरी गएराति रालुका देवी-२ बस्ने मुलजित तामाङको चट्याङमा परी मृत्यु भएको छ।
Comments
Post a Comment