महोत्तरी, २७ असार । पूर्व- पश्चिम महेन्द्र राजमार्गको महोत्तरीमा बेग्लाबेग्लै सडक दुर्घटना हुंदा ७ जना घाइते भएका छन्।
आज बिहान माइस्थान-६ नजिकै राजमार्गमा आज बिहान ना.३ ख ५०७८ नंं.को बस एक्कासी पुलको जालीमा ठोक्कीदा ५ जना घाइते भएका छन् ।
घाइतेमध्ये उदयपुर गाइघाट ३ बस्ने बर्ष१८ की प्रमिला थापाको अवस्था गम्भीर छ भने अन्य चारजना व्यक्ति सामान्य घाइते भएका छन्। घाइतेहरुको बर्दिवास मेडिकलमा उपचार भइरहेको छ ।
आज बिहान लक्ष्मीनिया-५ नजिकै ना.३ ख ७०६ नं.को बस र ज.१त २४६७ नं.को ट्रयाक्टर एक आपसमा ठोक्किदा २ जना सामान्य घाइते भएका छन्। उनीहरुको पनि बर्दिवास अस्पतालमा उपचार भइरहेको छ भने बस, ट्रयाक्टर र दुवै चालक प्रहरी नियन्त्रणमा रहेको छ।
Comments
Post a Comment