काठमाडौं, २८ कात्तिक। नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले पर्साका प्रमुख जिल्ला अधिकारी दुर्गाप्रसाद भण्डारीमाथि कृषि राज्यमन्त्री करिमा बेगमले गरेको आक्रमणलाई विकृत मानसिकताको उपज भने। घटनाको भर्त्सना गर्दै भने, 'मैंले उहांलाई चिन्दा त्यस्तो लाग्नुहुन्न थियो, तर विकृत हुनुहुदोरहेछ।'
उनले दलहरुबीच नयां सरकार गठनबारे छलफल हुने बताएका छन्। आज रिपोर्र्टर्स क्लब नेपालको साक्षात्कारमा बोल्दै राष्ट्रिय सहमति निर्माणका लागि नयां सरकार गठनबारे पनि छलफल गर्न सकिने बताएका हुन्।
'सहमतिका लागि नयां सरकार गठनबारे पनि छलफल गर्न सकिन्छ,' खनालले भने,' नयां सरकार वा वर्तमान सरकारबारे सबै दलहरुको भेलाले तय गर्नेछ।' वर्तमान सरकारमै माओवादी समावेश भई सहमति निकाल्नेबारे पनि छलफल हुने बताए। संविधान निर्माण र शान्ति प्रक्रिया तार्किक निष्कर्षा पुर्याउनुपर्ने विषयलाई केन्द्रमा राखेर छलफल गरिने बताए। भावी प्रधानमन्त्री बन्न कसरत गर्नुभएको छ नि भन्ने प्रश्नमा उनले भने,'मैंले त्यस्तो कुनै कसरत गरेको छैन।' प्रधानमन्त्री बन्नका लागि गोप्य छलफल कहीं कतै नगरेको स्पष्ट पारे। आफू सबैलाई मान्य हुने सहमतिको पक्षमा रहेको स्पष्ट पारे।

Comments
Post a Comment