वीरगंज, १३ साउन । कृषि प्रधान देशका ९० प्रतिशत जनता कृषिमा संलग्न भए पनि सरकार, प्रहरी, सेना, भन्सार तथा कृषि विकास कार्यालयले कृषकहरुको हकहितप्रति चिन्तित नभएकोमा मधेशी मधेशी जन अधिकार फोरम नेपालको भातृ संगठन मधेशी किसान फोरम नेपालले सरकारको ध्यानाकर्षण गरेको छ।
आज फोरम नेपालका किसान फांटका इन्चार्ज योगेन्द्र सहनीले जारी गरेको विज्ञप्तिमा सिमाना नजिकका कृषकहरुले चार-पांच किलो मल, खाद, बिउ वा अन्य घरायसी सामान ल्याउंदा पनि सिमाना भन्सार चौकी, प्रहरी, सशस्त्र प्रहरी र सेनाहरुले रोकटोक गरेकोमा आपत्ति प्रकट गर्दै किसानमाथि रोकछेक, पक्राउ, हस्तक्षेप नगर्न प्रहरी, सशस्त्र प्रहरी सेना वा भन्सारका कर्मचारीसंग अपिल गरेको छ।
विज्ञप्तिमा किसानमाथि अन्याय, अत्याचार, शोषण भएमा मधेशी किसान फोरम चुप लागेर नबस्ने चेतावनी दिदै जिल्ला कृषि विकास कार्यालयबाट कृषकले पाउने प्राविधिक सुविधा वा साधन स्रोतमा सुविधा, मल, खाद, बिउको सुविधामा कटौती गरेमा ती कार्यालयमा तालाबन्दी गरी अन्य कारबाही गर्ने समेत चेतावनी दिएको उल्लेख छ।

Comments
Post a Comment