वीरगंज, १३ साउन । संचारकर्मीमाथि हातपात एवं दुव्र्यवहार गर्ने व्यक्तिलाइ प्रहरीले पक्राउ गरेपछि वीरगंज-१९ नगवाका स्थानीयवासीले निर्दोषलाइ पक्राउ गरेको भन्दै प्रदर्शन गर्नुको साथै वीरगंजको बाइपासमा चक्काजाम गरेका छन्।
आज बिहानैदेखि वीरगंज, नगवाका स्थानीयवासीले प्रदर्शन गर्दै सो स्थानमा चक्काजाम गरेका छन्। उनीहरुले निर्दोषलाइ प्रहरीले पक्राउ गरेको आरोप समेत लगाएका छन्।
गत साउन १० गते वीरगंज-१९ रजतजयन्तीचोकमा दुइ भारतीय एल.पि.ग्यांस टयाकंरमा आगलागी भएपछि समाचार संकलन गर्न पुगेका नेपाल टेलिभिजनका पर्सा संवाददाता भूषण यादवमाथि दुर्व्यवहार एवं हातपात गर्ने वीरगंज-१९ नगवा निवासी नागेन्द्र यादवलाई प्रहरीले पक्राउ गरेको थियो।
टयांकर चालकले खाना पकाउन लाग्दा स्टोभ पडकीइ दुइ टयांकरमा आगलागी हुंदा सो क्षेत्र केहीबेर तनावग्रस्त भएको थियो भने सोही क्रममा संचारकर्मी यादवमाथि हातपात भएको प्रहरीले जनाएको छ।

Comments
Post a Comment