भक्तपुर, १० कार्तिक। अहिले भक्तपुरका गल्ली र चोकहरुमा बिदेसी पर्यटकरु
भित्रिएका छन्। यहाँ आउने अधिकाँस पर्यटकहरुले स्थानीय उत्पादनहरुमा चासो
देखाउने गर्दछन्। यहाँ कालो टोपी, काष्ठकला, धौ र सागको माला बिदेसीहरुको
लागि आकर्शक बस्तु भएका छन्। गत आइतवार हल्याण्डबाट आएका पर्यटक
अर्ल्वर्ट ब्राउनको परिवार वाँचु टोलमा आइपुगे। उनीहरुले त्यँाहाका
घरहरुमा झुन्ड्याइएका सागका मालाहरुको अभिरुचि पर्ुबक अवलोकन गरे।
उनीहरुले माला आफ्नो घरमा लान रुचि देखाए। तर सागको माला बिक्री नगर्ने
बताए पछि भने उनीहरु निरास भए। बिदेसीहरुलाई गल्ली देखाउन ल्याएका गाइड
अमर लामाले सरकारी क्षेत्रबाट स्थानीय उत्पादनको प्रचार नगरेको दुख
ब्यक्त गरे। सागको मालाको ब्यापार गर्न सरकारी सहयोग भए यसको ब्यबसायको
रुपमा अंगाल्न आफु तयार भएको स्थनीयबासी चन्द्रदेबी ध्वजुले सुनाए।
आफना आफन्तहरुको लागि कोसेलीको रुपमा कहिल्यैे नदेखेको सागको माला लग्ने
चाहना पुरा नभए पछि उनीहरु दत्तात्रयको काष्ठकला बजारमा लागे। त्यहाँ
उनीहरुले कलाकारहरुले बनाएका काष्ठकलाका सामाग्रीहरु खरिद गरे। दत्रात्रय
मन्दिर स्वयमा एउटै रुखले बनेको मानिन्छ। यहाँ रहेको संग्राहलयमा
भक्तपुरका बिभिन्न स्थानबाट संकलन गरिएका प्राचिन काष्ठकलाहरु
पर््रदर्शनको लागि राखिएका छन्। पुजारी मठ पनि काष्ठकलाका अनुपम
नमुनाहरुले सुसज्जित छन्। यस मठमा बिश्वप्रसिद्ध मयुरझ्यालको मर्ुर्ति
रहेको छ। यसै मठमा रहेको तँफोस्वँ झ्याल पनि दर्शननीय रहेको छ।
माटोको सामाग्रीहरुको लागि सुजमारीको कुम्ह टोल प्रख्यात छ। यहाँ दही
बनाउनको लागि माटोको कटारो तयार पारिन्छ। भोजमा जाँड रक्सी राख्नको लागि
प्रयोग गरिने माटोको सली, सोमा आदि यहाँ बन्ने गरेको छ। माटोको सामानहरु
प्रयोग कम हुन थाले पछि यहाका प्रजापतिहरु पुख्र्यौली पेशाबाट पलायन भएका
छन्। माटोको सामान बनाउन छोडेर होटेल सञ्चालनतिर लागेका ज्ञानेन्द्र
प्रजापतिले भने आफ्ना ग्राहकहरुलाई माटोको भाडाँमा खाना पस्कने र बनाउने
ब्यबस्था मिलाएका छन्। पुरानो परम्पराको अवशेष कायम होस भनेर उनले यस्तो
सेवा सुरु गरेको बताए।
भादगाउँको कालो टोपी गछे टोलका श्रेष्ठहरुले बनाउने गर्दछन्। यहाँ सिधै
बिदेसी ग्राहक त्यति जादैनन्। तर बजार भरी भने कालो टोपीको माग रहेको
भादगाउले टोपीका उद्यमी मीरा श्रेष्ठले जानकारी गराए। एजेन्टहरुले भने
सिधै बिदेसी बजार सम्म कालो टोपीको निर्यात गर्दै आएका छन्। कालो टोपीको
स्थानीय बजारमा प्रति गोटा घटीमा १२० रहेको छ। बिदेस पुगे पछि भने यसको
मुल्य घटीमा १० डलर हुने बताइन्छ।
बिदेस निर्यात नहुने तर धेरै बिदेसीको चासो रहेको स्थानीय उत्पादन धौ
हो। लालाछेका सबै जसो घरमा धौ बन्ने गरेको छ। प्याकिङको ब्यबस्था गर्न
नसक्दा धौलाई अन्तराष्ट्रिय बजारमा पठाउन नसकेको धौ ब्यबसायी राजु सैजुले
जानकारी गराए।
सरकारी बेवास्ताको कारण भने माग बमोजिम यहाँ उत्पादन भएका बस्तुहरु
बिदेश निर्यात गर्न सकिनएको छैन। साना उद्यमीहरुको मात्र लगानी भएको
कारण, उनीहरुले आफैले बजार खोज्न नसकेको हुदा चाहेको मुल्य समेत पाइरहेका
छैनन्। तर बीचका बिभिन्न तहका एजेन्टहरुले भने बढी नाफा कमाउने गरेका
छन्।- रविन राचलिका हरीत समूह भक्तपुर

Comments
Post a Comment