Skip to main content

फुर्सदमा बाइकिङको यात्रा

भक्तपुर, १० कार्तिक। बिदाको दिन घर मै बस्न युवाहरुको मन हुदैन। उनीहरु
यताउताका डाडाँकाडा जान चाहन्छन्। आधुनिक पुस्ताहरु बाइक मार्गको खोजी
रहेका हुन्छन्। हरीत समूह श्रीकृष्ण सितिखुले गत सनिवार आप\mना
साथीहरुलाई करीब २५ किलोमिटर बाइक यात्रा गराएका छन्। भक्तपुरको दक्षिण
भागमा बाइक यात्रा केन्दि्रत रहेको छ। यस यात्राको मार्गमा केही धार्मिक
क्षेत्रहरु पनि समेटिएको छ। बाइकिङको क्रममा यी क्षेत्रहरुलाई आराम गर्न
बिसौनी बनाइएको थियो।
यात्रा सिद्धपोखरीबाट सुरु भएर भक्तपुर दरवारमा प्रबेश गरेको थियो।
बिहान दश बजे अघि सम्म मात्र सवारीसाधनहरुले भक्तपुर दरवार गेटबाट प्रबेश
पाउछन्। यो क्षेत्र बिश्व सम्पदा सुचीमा समाबेश गरिएको स्मारक हो। धेरै
पटक भक्तपुर आएका तर पहिलो पटक बाइकबाट दरवारमा भित्र पस्दा रमाइलो अनुभव
भएको पाटनका राजन महर्जनले सुनाए। बाइक यात्रा दरवारमा केही क्षणको
बिश्राम पछि हनुमानघाट हुदै अगाडि बढेको थियो। हनुमानघाट पुग्न अघि
भक्तपुर सहरबाट बग्ने ढलनिकास बगेको मस्जिदमा भने दर्ुगन्धको कारण मस्जिद
हर्ेन उनीहरुको धोको पुरा भएन। यो स्थान धार्मिक सहिष्णुताको लागि अनुपम
उदाहरण हुन सक्दछ। यहाँ हिन्दुको हनुमानघाट, बौद्धको मुनिबिहार,
मुश्लिमको जामे मश्जिद करीब सय मिटरको दुरी भित्र हर्ेन सकिन्छ।
हनुमानघाटबाट बाइक यात्रा अरनिको राजमार्ग हुदै बाचामारी, जोरपाटी,
नलिचोक पुगे पछि, यात्राको अर्को बिश्राम स्थल १०८ फिट अग्लो शिवको
मर्ुर्तिमा पुगे। त्यहाँबाट सहर बजारको दृष्याबलोकन पछि यात्रा पलासे
हुदै यात्रा साँगा भन्ज्याङ पुगेको थियो। साँगाबाट दक्षिण मोडेर, अर्को
गन्तब्य पुग्न करीब आधा घण्टा लाग्दछ। आशापुर पुग्नुको उदेश्य, त्यहाँ
रहेका आशापुरेश्वर महादेबलाई आफ्नो भाकल सुनाउन मात्र हैन नजिकैको
त्रिबेणी नुहाउन पनि हो। त्यहाँको कन्चन पानीमा स्नान गरीवरी महादेबको
पुजा पछि भने यात्रीहरुले नजिकैको संगीता लामाको पसलमा अर्डर गरेको
गुन्द्रक र ढिडो खाए। आशापुर तामाङको बस्ती भएकोले तामाङ खानाको स्वाद नै
मिठो हुने कुरा श्रीकृष्ण सितिखुले सुनाए।
आशापुरबाट अव अर्को गन्तब्य पाटी भन्ज्याङ पुग्न बाइकबाट करीब २० मिनेट
समय लाग्छ। दुबैतिर अग्ला पहाडको बिचमा रहेको बाटोमा बाइक पहिलो पटक
गुडाएको अनुभव राजनले गरे। पाटीभन्ज्याङमा पुगे पछि भने बाटोको बनौट
बिल्कुल फरक छ। दक्षिणतिर अग्ला पहाड र उतर तर्फगहिरो खाल्डोमा बाइक
गुडाउन भने साहस गरेनन्। अलिकति तलमाथि भएमा ज्यान जोखिम पर्ने देखेर
उनीहरु डराएका हुन। यस्तो बाटो भने करीब ३०० मिटर मात्र रहेको छ। बाइक
नगुडाइकन यो बाटो पार गर्न १० मिनेट समय लाग्दछ।
यो दुरी तय गरे पछि पुग्ने स्थान घायम्पे डाँडा हो। यहाँ फराकिलो कच्ची
बाटो बनेको छ। यो बाटो भक्तपुर बाट काभ्रे र ललितपुर जाने बैकल्पिक
मार्गको रुपमा रहेको छ। यहाँबाट भने जंगलको बिचको यात्रा संगै संगै
चराचुरुङीको चिरबिर आवाज सुन्न पाइन्छ। रानीकोट सम्म बनको रमाइलो बाताबरण
पछि काभ्रे र ललितपुरको सिमानामा पुगिन्छ। पश्चिमको बाटो हुदै यात्रा
लाँकुरी भन्ज्याङ, लामाटार, गुण्डु, कटुन्जे र सल्लाघारी हुदै पुन
सिद्धपोखरी पुगे पछि एक दिने बाइक यात्रा टुङगिन्छ।- रविन राचलिका हरीत
समूह भक्तपुर

Comments

Popular posts from this blog

माओवादी विरुद्ध खडकाको अभियान

वीरगंज, २१ माघ। दाङ जिल्ला निवासी खुमबहादुर खडका नेपाली कांग्रेस पार्टर्ीी दोश्रो पुस्ताका नेता हुन्। नेपाली कांग्रेसको सरकारमा गृहमन्त्री समेत भइसकेका खुमबहादुर खडकासंग भारत र नेपालका बदमाश, पेशेवर अपराधीहरु अत्यन्तै झुम्मिने गर्दछन्। आफना सहयोगी र्समर्थक अपराधीहरुलाई उनी पैसा दिएर खुशी पार्ने र संरक्षण दिएर कारबाहीबाट सुरक्ष्ँित तुल्याउंछन्, यो उनको जन्मजात शोख हो, राजनीति कला कौशल हो। माओवादी सशस्त्र जनयुद्ध चरमोत्कर्षा पुगेपछि उनको राजनीति भविष्य चौपट भयो। प्रधानमन्त्री बन्ने महत्वाकांक्षा शून्य बन्यो। चर्चामा आए अनुसार हिजोआज उनी राजनीतिमा बहुरिन थालेका छन्। यसै अर्न्तर्गत देश दौडाहामा हिंडिरहेका छन्। विशेषगरी खुमबहादुर खडकाले आफनो राजनीति भ्रमणको थलो तर्राई मधेशलाई रोजेका छन्। खडकाको झडकाले कांग्रेसलाई नयां दिशामा डोर्‍याउन सक्ने कतिपय राजनीति षडयन्त्रकारी, अवसरवादी र बेइमानहरुको अनुमान पनि छ। खुमबहादुरको चलनचल्तीको अर्को नाम हो- खुन बहादुर। आफनो विपक्षीलाई समाप्त नै पार्नुपर्छ भन्ने उनको सिद्धान्त मात्र होइन, विगतमा देखापरेको व्यवहार पनि हो। माओवादीको हतियारको चु...

भक्तपुरमा ब्यबहारीक शैक्षिक भ्रमण

भक्तपुर , ९ कार्तिक । दशैं र तिहार सकिएको। बिद्यालयमा पढ्ने बिद्यार्थीहरुले दशैं तिहारमा दिक्षिणा र भैलो देउसी खेलेर केही रकम जम्मा गरेका छन्। यही रकमको सही सदुपयोग होस भनेर बिद्यालयहरुले शैक्षिक भ्रमणका कार्यक्रमहरु आयोजना गर्ने गर्दछन्। दशैं तिहार पछि दर्ुइ महिनामा नेपालका , धेरैजसो बिद्यालयहरले बिद्यार्थीहरुलाई शैक्षिक भ्रमण गराउने गर्दछन्। भक्तपुरमा केन्दि्रत शैक्षिक भ्रमण गराउदै आएका हरीत समूहका श्रीकृष्ण सितिखुलाई अवको एक ड्डेढ महिना सम्म बिद्यार्थीहरुलाई भक्तपुर देखाउदैमा फर्ुसद नहुने भएको छ। बिभिन्न बिद्यालयहरुले उनलाई आफ्ना बिद्यार्थीलाई भक्तपुर देखाउन अनुरोध गरिसकेका छन्।यो बेला प्राकृतिक रुपमा पनि , गर्मी मौसम सकेर जाडो याम शुरु हुने भएकोले भ्रमण जानको लागि उपयुक्त समय हो। भक्तपुर शहर पनि नेपालका प्रमुख शैक्षिक पर्यटकीय गन्तब्य मध्ये एक हो। बाह्रौ शताब्दी देखि चौधौ शताब्दीसम्म नेपाल उपत्यकाको राजधानी रहेको यस प्राचिन नगरको भ्रमण गर्नको लागि हरीत समूहले ...

पाकिस्तानमा आत्मघाती विस्फोटन, १२ प्रहरीको मृत्यु

काठमाडौं १४ भदौ। पाकिस्तानको स्वात उपत्यकामा रहेको एउटा प्रहरी चौकीमा आत्मघाती विष्फोट हुँदा कम्तीमा १२ प्रहरीको मृत्यु भएको छ। प्रहरीमा भर्ना हुन आवेदन गर्न लाम लागिरहेका बेला विष्फोट भएको हो। तालिवान विद्रोहीको हातबाट स्वात उपत्यका आफ्नो हातमा लिएको दाबी पाकिस्तानी सेनाले गरिरहेका बेला यो ठूलो आक्रमण भएको हो।