Skip to main content

माओवादी सरकार बने सदन अवरुद्ध गरेर ढाल्छौं - उपप्रधानमन्त्री

सुरज भण्डारी, बुटवल, कात्तिक १०। उपप्रधानमन्त्री विजयकुमार गच्छदारले संसद अवरोध गरेर सरकार परिवर्तन गरेमा मधेशवादी दलहरुले फेरि सदन अवरुद्ध गरेर माओवादी नेतृत्वको सरकार ढाल्ने चेतावनी दिएका छन्। आज रिपोर्र्टर्स क्लब नेपाल लुम्बिनी शाखाको साक्षात्कारमा बोल्दै उनले इंटको जवाफ पत्थरले दिने भन्दै सदन अवरोध गरेर सरकार गिराउन खोजे त्यस्तै गर्ने चेतावनी दिएका हुन्।
मधेशी जनअधिकार फोरमका अध्यष समेत रहेका गच्छेदारले भने,' सदन अवरोध गरेर सरकार गिराउन माओवादीले खोजेको भए उसको नेतृत्वमा सरकार बने त्यो सरकारलाई ढाल्न मधेशवादी दलहरुले संसद अवरोध गर्नेछन्।' विधि सम्वद्ध रुपमा संसदमा वहुमत प्राप्त गरी वनेको सरकारविरुद्ध संसद अवरोध गरेर सरकार गठन गर्न माओवादीले चाहेको भए अव संसद र्घर्ेन मधेशवादी सभासदहरु समेत पछि नहट्ने बताए। संसदमा रहेका मधेशी सभासद्हरु एक भै अव वन्ने सरकारलाई समेत राजिनामा दिन लगाउने चेतावनी दिए। अलोकतान्त्रिक ढंगवाट सरकार परिवर्तन गरिए त्यो सरकारलाई कुनै पनि हालतमा टिक्न नदिइने स्पष्ट पार्दै मधेश समेत ठप्प पार्ने चेतावनी दिए।
लोकतान्त्रिक विधिवाट समस्या समाधान गर्न माओवादी इच्छुक नदेखिएको आरोप लगाउँदै भने,'संसद र्घर्ेन हामीले समेत जानेका छौं।' संविधानसभानै निकास निकाल्न माओवादीले नचाहेको बताउँदै जनतामाझ जनमत संग्रहमार्फ निकास खोज्न सकिने उल्लेख गरे।
आफ्नो ३५/४० वर्षो अनुभवले धेरै कुरा सिकाएको बताउँदै उपप्रधानमन्त्री गच्छदारले अहिलेको समस्या समाधान गर्न आफूसँग ३ विकल्प रहेको र त्यो विकल्प २/३ दिनभित्रै र्सार्वजनिक गर्ने उल्लेख गरे। २२ दलको संसदमा ६० प्रतिशत उपस्थिति रहेको वर्तमान सरकारको विरुद्ध ३९ प्रतिशत उपस्थिति रहेको एकिकृत माओवादीले वहुमत छ भन्नु हास्यास्पद विषय भएको बताउँदै उपप्रधानमन्त्री गच्छदारले अहिलेको सरकारनै राष्ट्रिय सरकार भएको जिकिर गरे। बहुमतलाई वन्धक वनाएर माओवादीले कस्तो लोकतन्त्र खोजेको हो भन्दै अगाडि भने,' माओवादीले गरेको नागरिक सर्वोच्चता सरकारमा नेतृत्वको माग गरेपछि उदाङगो वनेको छ।' अध्यक्ष गच्छदारले राष्ट्रपति कदमवारे कुनै विचार विमर्श नगरिने उल्लेख गरे।
माओवादी आन्दोलनले सरकारलाई कुनै फरक नपर्ने बताउँदै संसद घेरेर माओवादीले वजेट पारित हुन नदिदा जनसेनादेखि लिएर समग्र राष्ट्रलाई घाटा पुगेकाले अव अर्को विकल्प अपनाइने बताए। ठूला दलहरुको दम्भका कारण मुलुक संकटमा परिरहेको बताउँदै ठूला दलले हंहकारी पन त्याग्नुपर्ने सुरुवात माओवादीवाट नै हुनुपर्नेमा उहाँले जोड दिनुभयो। संविधान नवने सम्पर्ूण्ा दोष माओवादीले लिनुपर्ने उल्लेख गर्दै उपप्रधानमन्त्री गच्छदारले सबैको र्समर्थन प्राप्त सरकारले शान्ति सुरक्षा समेत सुदृढ पारेको बताए।
कार्यक्रम रिपोर्र्टर्स क्लब नेपालका अंचल अध्यक्ष प्रकाश खनालको अध्यक्षता र सचिव सुरज भण्डारीको संचालनमा भएको थियो।

Comments

Popular posts from this blog

माओवादी विरुद्ध खडकाको अभियान

वीरगंज, २१ माघ। दाङ जिल्ला निवासी खुमबहादुर खडका नेपाली कांग्रेस पार्टर्ीी दोश्रो पुस्ताका नेता हुन्। नेपाली कांग्रेसको सरकारमा गृहमन्त्री समेत भइसकेका खुमबहादुर खडकासंग भारत र नेपालका बदमाश, पेशेवर अपराधीहरु अत्यन्तै झुम्मिने गर्दछन्। आफना सहयोगी र्समर्थक अपराधीहरुलाई उनी पैसा दिएर खुशी पार्ने र संरक्षण दिएर कारबाहीबाट सुरक्ष्ँित तुल्याउंछन्, यो उनको जन्मजात शोख हो, राजनीति कला कौशल हो। माओवादी सशस्त्र जनयुद्ध चरमोत्कर्षा पुगेपछि उनको राजनीति भविष्य चौपट भयो। प्रधानमन्त्री बन्ने महत्वाकांक्षा शून्य बन्यो। चर्चामा आए अनुसार हिजोआज उनी राजनीतिमा बहुरिन थालेका छन्। यसै अर्न्तर्गत देश दौडाहामा हिंडिरहेका छन्। विशेषगरी खुमबहादुर खडकाले आफनो राजनीति भ्रमणको थलो तर्राई मधेशलाई रोजेका छन्। खडकाको झडकाले कांग्रेसलाई नयां दिशामा डोर्‍याउन सक्ने कतिपय राजनीति षडयन्त्रकारी, अवसरवादी र बेइमानहरुको अनुमान पनि छ। खुमबहादुरको चलनचल्तीको अर्को नाम हो- खुन बहादुर। आफनो विपक्षीलाई समाप्त नै पार्नुपर्छ भन्ने उनको सिद्धान्त मात्र होइन, विगतमा देखापरेको व्यवहार पनि हो। माओवादीको हतियारको चु...

भक्तपुरमा ब्यबहारीक शैक्षिक भ्रमण

भक्तपुर , ९ कार्तिक । दशैं र तिहार सकिएको। बिद्यालयमा पढ्ने बिद्यार्थीहरुले दशैं तिहारमा दिक्षिणा र भैलो देउसी खेलेर केही रकम जम्मा गरेका छन्। यही रकमको सही सदुपयोग होस भनेर बिद्यालयहरुले शैक्षिक भ्रमणका कार्यक्रमहरु आयोजना गर्ने गर्दछन्। दशैं तिहार पछि दर्ुइ महिनामा नेपालका , धेरैजसो बिद्यालयहरले बिद्यार्थीहरुलाई शैक्षिक भ्रमण गराउने गर्दछन्। भक्तपुरमा केन्दि्रत शैक्षिक भ्रमण गराउदै आएका हरीत समूहका श्रीकृष्ण सितिखुलाई अवको एक ड्डेढ महिना सम्म बिद्यार्थीहरुलाई भक्तपुर देखाउदैमा फर्ुसद नहुने भएको छ। बिभिन्न बिद्यालयहरुले उनलाई आफ्ना बिद्यार्थीलाई भक्तपुर देखाउन अनुरोध गरिसकेका छन्।यो बेला प्राकृतिक रुपमा पनि , गर्मी मौसम सकेर जाडो याम शुरु हुने भएकोले भ्रमण जानको लागि उपयुक्त समय हो। भक्तपुर शहर पनि नेपालका प्रमुख शैक्षिक पर्यटकीय गन्तब्य मध्ये एक हो। बाह्रौ शताब्दी देखि चौधौ शताब्दीसम्म नेपाल उपत्यकाको राजधानी रहेको यस प्राचिन नगरको भ्रमण गर्नको लागि हरीत समूहले ...

पाकिस्तानमा आत्मघाती विस्फोटन, १२ प्रहरीको मृत्यु

काठमाडौं १४ भदौ। पाकिस्तानको स्वात उपत्यकामा रहेको एउटा प्रहरी चौकीमा आत्मघाती विष्फोट हुँदा कम्तीमा १२ प्रहरीको मृत्यु भएको छ। प्रहरीमा भर्ना हुन आवेदन गर्न लाम लागिरहेका बेला विष्फोट भएको हो। तालिवान विद्रोहीको हातबाट स्वात उपत्यका आफ्नो हातमा लिएको दाबी पाकिस्तानी सेनाले गरिरहेका बेला यो ठूलो आक्रमण भएको हो।