वीरगंज, २६ कार्तिक । विभिन्न मांग राख्दै आन्दोलनमा उत्रिएका जिडी फर्मास्यूटिकल्सका कर्मचारी मजदूरले तीनदेखि सो उद्योगमा धर्ना दिइ सम्पुर्ण उत्पादन ठप्प पारेका छन्।
आज तेश्रँे दिन पनि वीरगंज उपमहानगरपालिका वडा नं. १३ स्थित जिडी फर्मास्यूटिकल्स प्रालिका कर्मचारी, मजदूरले मूलगेटमा धर्ना दिइ अनिश्चितकालीन हडताल गरेका छन्।
उद्योगमा कार्यरत मजदूर कर्मचारीसहित पचास जनाले स्थायी नियुक्तिको मांग गर्दै औषधि उत्पादन ठप्प पारेका हुन्। मांग पूरा नभए आमरण अनसनमा बस्ने कर्मचारीले बताए। वीरगंजको पुरानो मध्येको एक यो औषधि उद्योगमा सबै कर्मचारीहरुलाई स्थायी नियुक्ति दिएर संचयकोष समेत कट्टा हुंदै आएको छ।
Comments
Post a Comment