Skip to main content

मेजर तोरण बहादुर सिंहलाइ पदोन्नति नगर्न हयुम्यान राइटको सरकारसंग आग्रह

वीरगंज, २२ असार । मानवअधिकार हनन् घटनाका आरोपित तोरण बहादुर सिंहको पदोन्नति नगर्न हयुमान राइटले सरकारसंग आग्रह गरेको छ। 
आज राइटका अध्यक्ष सुशील प्याकुरेलले एक प्रेस विज्ञप्ति जारी गरी नेपाली सेनाका मेजर जनरल तोरण बहादुर सिंहलाई पदोन्नतीको लागि रक्षा मन्त्रालयबाट मन्त्री परिषद्को बैठकमा प्रस्ताव लैजान लागेको खबरप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ।
विज्ञप्तिमा तत्कालिन शाही नेपाली सेनाको नेतृत्वमा सुुरक्षा निकायको परिचालन पछि तोरण बहादुर सिंहको कमाण्डमा रहेको महाराजगंज स्थित भैरवनाथ व्यारेकको यतना तथा वेपत्ता पार्ने कार्यमा संलग्न रहेको राष्ट्रिय मानवअधिकार आयोग, मानवअधिकार संघ संस्थाहरु तथा संयूक्त राष्ट्रसंघीय मानवअधिकार उच्च आयूक्तको नेपाल स्थित कार्यालयले समेत आफनो प्रतिवेदनमा उल्लेख गरेका छन्। सुरक्षा निकायद्वारा भए गरिएका मानवअधिकार उलंघनका  विषयमा "कमाण्ड रेस्पोन्सिविलिटि"  प्रणाली अनुसार कमाण्डमा रहेका व्यक्तिहरुलाई जिम्मेवार बनाईने अन्तराष्ट्रिय कानुन एवं प्रचलनमा स्पष्ट व्यवस्था गरिएको छ। जस अनुसार मेजर जनरल तोरण बहादुर सिंह लाई पनि उनको कमाण्डमा रहेको व्यारेकमा भएका मानवअधिकार हनन्का विषयमा जिम्मेवार बनाउनु पर्ने बरेमा समय-समयमा आवाज उठ्दै आएको छ। यसै पर्रि्रेक्षमा संयूक्त राष्ट्र संघमा सैनिक सल्लाहाकारमा उनको नियूक्तिको लागि सिफारिस गरिएकोमा संयूक्त राष्ट्र संघद्वारा "कमाण्ड रेस्पान्सिविलिटि" सिद्धान्त अनुसार जिम्मेवार व्यक्तिलाई संयूक्त राष्ट्र संघीय शान्ति नियोगमा जिम्मेवारी नदिने नीति अनुरुप सरकारलाई उनको उम्मेदवारी फिर्ता गर्न भनिएको थियो।
प्रधानमन्त्री भएपछिका आफना वक्तव्यहरुमा माधव कुमार नेपालले बारम्बार दण्डहिनताको कारण देश अराजकतर्फजांदै गरेकोले यसको सम्बोधन गर्नु आफनो प्राथमिकता भएको दोहोर्‍याएको तर्फप्रधानमन्त्री एवं रक्षा मन्त्रीको ध्यानाकर्षा गराउंदै तोरण बहादुर सिंहको पदोन्नति गर्नु भन्दा अघि उनको कमाण्डमा रहेको १० औं व्रि्रेड अन्तरगतको व्यारेक हरुमा भएका मानअवधिकार हनन्का घटनाहरुको विश्वसनीय छानविन गरी दोषी किटान गरी कारवाहीको माग गर्दै दण्डहिनतालाई प्राथमिकता दिने काममा सरकारको संलग्नता बन्द गर्न जोडदार मांग विज्ञप्तिमार्तफ गरिएको छ।

Comments

Popular posts from this blog

माओवादी विरुद्ध खडकाको अभियान

वीरगंज, २१ माघ। दाङ जिल्ला निवासी खुमबहादुर खडका नेपाली कांग्रेस पार्टर्ीी दोश्रो पुस्ताका नेता हुन्। नेपाली कांग्रेसको सरकारमा गृहमन्त्री समेत भइसकेका खुमबहादुर खडकासंग भारत र नेपालका बदमाश, पेशेवर अपराधीहरु अत्यन्तै झुम्मिने गर्दछन्। आफना सहयोगी र्समर्थक अपराधीहरुलाई उनी पैसा दिएर खुशी पार्ने र संरक्षण दिएर कारबाहीबाट सुरक्ष्ँित तुल्याउंछन्, यो उनको जन्मजात शोख हो, राजनीति कला कौशल हो। माओवादी सशस्त्र जनयुद्ध चरमोत्कर्षा पुगेपछि उनको राजनीति भविष्य चौपट भयो। प्रधानमन्त्री बन्ने महत्वाकांक्षा शून्य बन्यो। चर्चामा आए अनुसार हिजोआज उनी राजनीतिमा बहुरिन थालेका छन्। यसै अर्न्तर्गत देश दौडाहामा हिंडिरहेका छन्। विशेषगरी खुमबहादुर खडकाले आफनो राजनीति भ्रमणको थलो तर्राई मधेशलाई रोजेका छन्। खडकाको झडकाले कांग्रेसलाई नयां दिशामा डोर्‍याउन सक्ने कतिपय राजनीति षडयन्त्रकारी, अवसरवादी र बेइमानहरुको अनुमान पनि छ। खुमबहादुरको चलनचल्तीको अर्को नाम हो- खुन बहादुर। आफनो विपक्षीलाई समाप्त नै पार्नुपर्छ भन्ने उनको सिद्धान्त मात्र होइन, विगतमा देखापरेको व्यवहार पनि हो। माओवादीको हतियारको चु...

भक्तपुरमा ब्यबहारीक शैक्षिक भ्रमण

भक्तपुर , ९ कार्तिक । दशैं र तिहार सकिएको। बिद्यालयमा पढ्ने बिद्यार्थीहरुले दशैं तिहारमा दिक्षिणा र भैलो देउसी खेलेर केही रकम जम्मा गरेका छन्। यही रकमको सही सदुपयोग होस भनेर बिद्यालयहरुले शैक्षिक भ्रमणका कार्यक्रमहरु आयोजना गर्ने गर्दछन्। दशैं तिहार पछि दर्ुइ महिनामा नेपालका , धेरैजसो बिद्यालयहरले बिद्यार्थीहरुलाई शैक्षिक भ्रमण गराउने गर्दछन्। भक्तपुरमा केन्दि्रत शैक्षिक भ्रमण गराउदै आएका हरीत समूहका श्रीकृष्ण सितिखुलाई अवको एक ड्डेढ महिना सम्म बिद्यार्थीहरुलाई भक्तपुर देखाउदैमा फर्ुसद नहुने भएको छ। बिभिन्न बिद्यालयहरुले उनलाई आफ्ना बिद्यार्थीलाई भक्तपुर देखाउन अनुरोध गरिसकेका छन्।यो बेला प्राकृतिक रुपमा पनि , गर्मी मौसम सकेर जाडो याम शुरु हुने भएकोले भ्रमण जानको लागि उपयुक्त समय हो। भक्तपुर शहर पनि नेपालका प्रमुख शैक्षिक पर्यटकीय गन्तब्य मध्ये एक हो। बाह्रौ शताब्दी देखि चौधौ शताब्दीसम्म नेपाल उपत्यकाको राजधानी रहेको यस प्राचिन नगरको भ्रमण गर्नको लागि हरीत समूहले ...

पाकिस्तानमा आत्मघाती विस्फोटन, १२ प्रहरीको मृत्यु

काठमाडौं १४ भदौ। पाकिस्तानको स्वात उपत्यकामा रहेको एउटा प्रहरी चौकीमा आत्मघाती विष्फोट हुँदा कम्तीमा १२ प्रहरीको मृत्यु भएको छ। प्रहरीमा भर्ना हुन आवेदन गर्न लाम लागिरहेका बेला विष्फोट भएको हो। तालिवान विद्रोहीको हातबाट स्वात उपत्यका आफ्नो हातमा लिएको दाबी पाकिस्तानी सेनाले गरिरहेका बेला यो ठूलो आक्रमण भएको हो।