Skip to main content

शैक्षीक तालिम केन्द्र बारा लथालिंग

कलैया, २२ असार। बाराको कलैया नजिक रहेको शैक्षकि तालिम केन्द्र लथालिंग अवस्थामा पुगेको छ। 
दातृ राष्ट्रहरूको सहयोगमा सरकारी विद्यालयहरूमा दरबन्दी भएका सबै शिक्षकहरूलाई आवश्यक शैक्षकि तालिम दिने उद्देश्यले नेपाल अधिराज्यको ९ स्थानमा ँक’ श्रेणीको शैक्षकि तालिम केन्द्र एक दशक अघि स्थापना भएको थियो। 
१० वर्षअघि करिब ७ विघाको क्षेत्रफलमा १७ वटा आधुनिक भवन निर्माण गरी स्थापना भएको शैक्षकि तालिम केन्द्र बाराको वर्तमान अवस्था अत्यन्तै जर्ीण्ा बनिसकेको छ । तालिम केन्द्रको सभाहलमा वषर्ातको पानी जम्न पुगेको छ। भवनका झ्यालहरूका शिसाहरू सबै फुटेका छन् । कम्पाउण्ड वाल भत्किएको छ। तालिम केन्द्रको हाताभित्र रोपिएको सिसौका रूखहरू स्थानीय बासिन्दाले काटेर लगेका छन्। सफाइको अभावमा १७ वटा भवन रहेको क्षेत्रमा घांसको जंगल छ। भवनमा गरिएको रंगरोगन सबै उडेर गएका छन्। खानेपानीको ट्याकीबाट पानी आपर्ूर्ति बन्द छ। 
विगतको वर्षा एकै रातमा शैक्षकि तालिम कैन्द्रको भवनबाट ३० वटा पंखा हराएका थिए। तालिम केन्द्रमा तालिम लिइरहेका एक शिक्षकको गत वर्षतराइका सशस्त्र भूमिगत संगठनले हत्या गरेको 
थियो। 
तालिम केन्द्रसंगै जिल्ला शिक्षा कार्यालय बाराको नयां भवन छ । पटक-पटक सशस्त्र व्रि्रोहीले बम विस्फोट गराएपछि जिल्ला शिक्षा कार्यालय त्यहांबाट अन्यत्र भाडाको घरमा सरेको छ। सो भवनबाट कार्यालय सरेपछि रेखदेखको अभावमा पर्ूण्ा जर्ीण्ा अवस्थामा पुगेको छ। 
नारायणी अंचलका पांच जिल्ला बारा, पर्सा, रौतहट, मकवानपुर, चितवन र बागमती अंचलको धादिङ जिल्लाका सम्पर्ूण्ा सरकारी प्राथमिक विद्यालय, निम्न माध्यमिक विद्यालय र माध्यमिक विद्यालयमा दरबन्दी रहेका शिक्षकहरूलाई सैद्धान्तिक र प्राक्टिस तालिम गराउने शैक्षकि तालिम केन्द्र बाराले आर्थिक वर्ष२०६५/६६ मा प्राथमिक विद्यालय तहका ८२४ जना र माध्यमिक विद्यालय तहका २१ जनालाई ३ महिने तालिम संचालन गरेको छ। 
शैक्षकि तालिम केन्द्रका वरिष्ठ प्रशिक्ष्ँक शिवकुमार सापकोटा जेठ देखि एनइसिडीमा काजमा रहनु भएकोले केन्द्रको निमित्त वरिष्ठ प्रशिक्ष्ँकमा जटेश्वर सिंह रहनुभएको छ। ५ जना प्रशिक्ष्ँकको दरबन्दी रहे पनि अहिले केन्द्र प्रशिक्षक विहिन बनेको छ। 
तालिम केन्द्रमा वर्षो ३ चरणमा ३ महिने तालिम शिक्षकहरूलाई दिइने र महिला र पुरूष शिक्षकको लागि बेग्लाबेग्लै होस्टेल छ । तालिम केन्द्र गाउंभन्दा बाहिर एकलाशमा अपायक स्थानमा भएकोले तालिम लिन आएका शिक्षकहरू रातको समयमा अति डराउने गरेको एक स्रोतले बताएको छ। 

Comments

Popular posts from this blog

माओवादी विरुद्ध खडकाको अभियान

वीरगंज, २१ माघ। दाङ जिल्ला निवासी खुमबहादुर खडका नेपाली कांग्रेस पार्टर्ीी दोश्रो पुस्ताका नेता हुन्। नेपाली कांग्रेसको सरकारमा गृहमन्त्री समेत भइसकेका खुमबहादुर खडकासंग भारत र नेपालका बदमाश, पेशेवर अपराधीहरु अत्यन्तै झुम्मिने गर्दछन्। आफना सहयोगी र्समर्थक अपराधीहरुलाई उनी पैसा दिएर खुशी पार्ने र संरक्षण दिएर कारबाहीबाट सुरक्ष्ँित तुल्याउंछन्, यो उनको जन्मजात शोख हो, राजनीति कला कौशल हो। माओवादी सशस्त्र जनयुद्ध चरमोत्कर्षा पुगेपछि उनको राजनीति भविष्य चौपट भयो। प्रधानमन्त्री बन्ने महत्वाकांक्षा शून्य बन्यो। चर्चामा आए अनुसार हिजोआज उनी राजनीतिमा बहुरिन थालेका छन्। यसै अर्न्तर्गत देश दौडाहामा हिंडिरहेका छन्। विशेषगरी खुमबहादुर खडकाले आफनो राजनीति भ्रमणको थलो तर्राई मधेशलाई रोजेका छन्। खडकाको झडकाले कांग्रेसलाई नयां दिशामा डोर्‍याउन सक्ने कतिपय राजनीति षडयन्त्रकारी, अवसरवादी र बेइमानहरुको अनुमान पनि छ। खुमबहादुरको चलनचल्तीको अर्को नाम हो- खुन बहादुर। आफनो विपक्षीलाई समाप्त नै पार्नुपर्छ भन्ने उनको सिद्धान्त मात्र होइन, विगतमा देखापरेको व्यवहार पनि हो। माओवादीको हतियारको चु...

भक्तपुरमा ब्यबहारीक शैक्षिक भ्रमण

भक्तपुर , ९ कार्तिक । दशैं र तिहार सकिएको। बिद्यालयमा पढ्ने बिद्यार्थीहरुले दशैं तिहारमा दिक्षिणा र भैलो देउसी खेलेर केही रकम जम्मा गरेका छन्। यही रकमको सही सदुपयोग होस भनेर बिद्यालयहरुले शैक्षिक भ्रमणका कार्यक्रमहरु आयोजना गर्ने गर्दछन्। दशैं तिहार पछि दर्ुइ महिनामा नेपालका , धेरैजसो बिद्यालयहरले बिद्यार्थीहरुलाई शैक्षिक भ्रमण गराउने गर्दछन्। भक्तपुरमा केन्दि्रत शैक्षिक भ्रमण गराउदै आएका हरीत समूहका श्रीकृष्ण सितिखुलाई अवको एक ड्डेढ महिना सम्म बिद्यार्थीहरुलाई भक्तपुर देखाउदैमा फर्ुसद नहुने भएको छ। बिभिन्न बिद्यालयहरुले उनलाई आफ्ना बिद्यार्थीलाई भक्तपुर देखाउन अनुरोध गरिसकेका छन्।यो बेला प्राकृतिक रुपमा पनि , गर्मी मौसम सकेर जाडो याम शुरु हुने भएकोले भ्रमण जानको लागि उपयुक्त समय हो। भक्तपुर शहर पनि नेपालका प्रमुख शैक्षिक पर्यटकीय गन्तब्य मध्ये एक हो। बाह्रौ शताब्दी देखि चौधौ शताब्दीसम्म नेपाल उपत्यकाको राजधानी रहेको यस प्राचिन नगरको भ्रमण गर्नको लागि हरीत समूहले ...

पाकिस्तानमा आत्मघाती विस्फोटन, १२ प्रहरीको मृत्यु

काठमाडौं १४ भदौ। पाकिस्तानको स्वात उपत्यकामा रहेको एउटा प्रहरी चौकीमा आत्मघाती विष्फोट हुँदा कम्तीमा १२ प्रहरीको मृत्यु भएको छ। प्रहरीमा भर्ना हुन आवेदन गर्न लाम लागिरहेका बेला विष्फोट भएको हो। तालिवान विद्रोहीको हातबाट स्वात उपत्यका आफ्नो हातमा लिएको दाबी पाकिस्तानी सेनाले गरिरहेका बेला यो ठूलो आक्रमण भएको हो।