Skip to main content

माओवादी नेतृत्वमा सरकार बन्दै बन्दैन- गच्छेदार

काठमाडौं, असार २२। उपप्रधान एवं भौतिक योजना तथा निर्माणमन्त्री विजयकुमार गच्छेदारले एकीकृत नेकपा माओवादी नेतृत्वमासरकार बन्नै नसक्ने ठोकुवा गरेका छन्। रिपोर्र्टर्स क्लब नेपालको साक्षात्कारमा बोल्दै माओवादी देश चलाउन असफल प्रमाणित भइसकेकाले उसको नेतृत्वमा सरकार बन्नु असम्भव भइसकेको बताए।
माओवादी नेतृत्वमा सरकार बन्दै बन्दैन, मधेशी जनअधिकार फोरम संसदीय दलका नेता समेत रहेका गच्छेदारले भने, माओवादीले देश चलाउन सक्दै सक्दैन। आफ्नो नेतृत्वमा सरकार बनाउछु भनेर माओवादीले जनतालाई भ्रम छरिरहेको आरोप लगाए। सरकार चलाउन नसकेर राजीनामा दिएपछि राष्ट्रि्य सरकार बनाउछु भन्दै हिड्नुलाई दिवासपना भने। जनतालाई झूट बोलेर अलमलाउन खोजेको आरोप लगाउदै भने, कतिञ्जेल जनतालाई झूट बोलेर भ्रममा पार्न खोज्नुहुन्छ, जिम्मेवार नेता भएर त्यसो नगर्नुहोस्।
रिपोर्र्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाको सभापतित्वमा सम्पन्न साक्षात्कारमा बोल्दै गच्छेदारले वर्तमान सरकारनै राष्ट्रि्य सरकार भएको दाबी गरे। उनले भने, २२ दलको र्समर्थन रहेको दल राष्ट्रि्य सरकार हो। माओवादीलाई पनि सरकारका सहभागी हुन आग्रह गर्दै आफ्नो नेतृत्वमा सरकार बन्ने सपना नदेख्न भने। वर्तमान सरकार पूरा अवधी टिकेर संविधान निर्माण र शान्ति प्रक्रियालाई तार्किक निष्कर्षा पुर्याउन सफल हुने बताए। माधवकुमार नेपालको नेतृत्वको सरकारलाई कसैले ढाल्न नसक्ने उनको दाबी थियो। माओवादीले डेढ महिनामा सरकार ढाल्छु भन्नुलाई हास्यास्पद भने। उनले भने, दुइ हप्ता बित्यो, चार हप्तापछि माओवादीले कति झूट बोल्छ भन्ने प्रमाणित हुन्छ।
मधेशी जनअधिकार फोरमको एकताको ढोका अध्यक्ष उपेन्द्र यादवले थुनिसकेकाले मिल्ने कुनै सम्भावना नरहेको बताए। उनले भने, अब मेरो नेतृत्वमा फोरम राष्ट्रि्य पार्टर्ीी रुपमा स्थापित हुन्छ। यादवले फोरमलाई संकुचित बनाएर निरंकुश शैली अपनाएको भन्दै लोकतान्त्रिक र सामूहिक नेतृत्वमा चल्ने पार्टर्ीीनाउने बताए। आफ्नो नेतृत्वको फोरममा सबै क्षेत्र, समुदाय, जाति अटाउने उनको भनाई थियो। संयुक्त लोकतान्त्रिक मधेशी मोर्चासंग विगत सरकारले गरेको सहमति पूरा गराउने विषयमा आफूहरु सक्रियतापर्ूवक लाग्ने बताए। एक मधेश एक प्रदेशको मुद्या छाड्नुहुन्छ भन्ने प्रश्नमा उनले भने, स्वायत्त मधेश प्रदेशको मुद्या छाड्दैनौं। नेपाली कांग्रेससंग आफूहरुको पार्टर्ीीकताको सम्भावना नरहेको बताए।
दलाई लामालाई केही मधेशवादी दलका सभासदले भेटेकोबारे सोधिएको प्रश्नमा उनले भने, उनीहरु हामीसम्वद्ध होइनन्। नेपाली भूमि चीन र भारतविरुद्ध प्रयोग भएकाम सह्य नहुने प्रष्ट पारे। चीन र भारत असल मित्र भएकाले उनीहरुविरुद्ध गतिविधि गर्नेमाथि कडा कारबाही गर्नुपर्ने बताए। छिमेकी राष्ट्र्हरुसँग सुमधुर सम्बन्ध बनाएर अगाडि बढ्नुपर्नेमा उनको जोड थियो।  

Comments

Popular posts from this blog

माओवादी विरुद्ध खडकाको अभियान

वीरगंज, २१ माघ। दाङ जिल्ला निवासी खुमबहादुर खडका नेपाली कांग्रेस पार्टर्ीी दोश्रो पुस्ताका नेता हुन्। नेपाली कांग्रेसको सरकारमा गृहमन्त्री समेत भइसकेका खुमबहादुर खडकासंग भारत र नेपालका बदमाश, पेशेवर अपराधीहरु अत्यन्तै झुम्मिने गर्दछन्। आफना सहयोगी र्समर्थक अपराधीहरुलाई उनी पैसा दिएर खुशी पार्ने र संरक्षण दिएर कारबाहीबाट सुरक्ष्ँित तुल्याउंछन्, यो उनको जन्मजात शोख हो, राजनीति कला कौशल हो। माओवादी सशस्त्र जनयुद्ध चरमोत्कर्षा पुगेपछि उनको राजनीति भविष्य चौपट भयो। प्रधानमन्त्री बन्ने महत्वाकांक्षा शून्य बन्यो। चर्चामा आए अनुसार हिजोआज उनी राजनीतिमा बहुरिन थालेका छन्। यसै अर्न्तर्गत देश दौडाहामा हिंडिरहेका छन्। विशेषगरी खुमबहादुर खडकाले आफनो राजनीति भ्रमणको थलो तर्राई मधेशलाई रोजेका छन्। खडकाको झडकाले कांग्रेसलाई नयां दिशामा डोर्‍याउन सक्ने कतिपय राजनीति षडयन्त्रकारी, अवसरवादी र बेइमानहरुको अनुमान पनि छ। खुमबहादुरको चलनचल्तीको अर्को नाम हो- खुन बहादुर। आफनो विपक्षीलाई समाप्त नै पार्नुपर्छ भन्ने उनको सिद्धान्त मात्र होइन, विगतमा देखापरेको व्यवहार पनि हो। माओवादीको हतियारको चु...

भक्तपुरमा ब्यबहारीक शैक्षिक भ्रमण

भक्तपुर , ९ कार्तिक । दशैं र तिहार सकिएको। बिद्यालयमा पढ्ने बिद्यार्थीहरुले दशैं तिहारमा दिक्षिणा र भैलो देउसी खेलेर केही रकम जम्मा गरेका छन्। यही रकमको सही सदुपयोग होस भनेर बिद्यालयहरुले शैक्षिक भ्रमणका कार्यक्रमहरु आयोजना गर्ने गर्दछन्। दशैं तिहार पछि दर्ुइ महिनामा नेपालका , धेरैजसो बिद्यालयहरले बिद्यार्थीहरुलाई शैक्षिक भ्रमण गराउने गर्दछन्। भक्तपुरमा केन्दि्रत शैक्षिक भ्रमण गराउदै आएका हरीत समूहका श्रीकृष्ण सितिखुलाई अवको एक ड्डेढ महिना सम्म बिद्यार्थीहरुलाई भक्तपुर देखाउदैमा फर्ुसद नहुने भएको छ। बिभिन्न बिद्यालयहरुले उनलाई आफ्ना बिद्यार्थीलाई भक्तपुर देखाउन अनुरोध गरिसकेका छन्।यो बेला प्राकृतिक रुपमा पनि , गर्मी मौसम सकेर जाडो याम शुरु हुने भएकोले भ्रमण जानको लागि उपयुक्त समय हो। भक्तपुर शहर पनि नेपालका प्रमुख शैक्षिक पर्यटकीय गन्तब्य मध्ये एक हो। बाह्रौ शताब्दी देखि चौधौ शताब्दीसम्म नेपाल उपत्यकाको राजधानी रहेको यस प्राचिन नगरको भ्रमण गर्नको लागि हरीत समूहले ...

पाकिस्तानमा आत्मघाती विस्फोटन, १२ प्रहरीको मृत्यु

काठमाडौं १४ भदौ। पाकिस्तानको स्वात उपत्यकामा रहेको एउटा प्रहरी चौकीमा आत्मघाती विष्फोट हुँदा कम्तीमा १२ प्रहरीको मृत्यु भएको छ। प्रहरीमा भर्ना हुन आवेदन गर्न लाम लागिरहेका बेला विष्फोट भएको हो। तालिवान विद्रोहीको हातबाट स्वात उपत्यका आफ्नो हातमा लिएको दाबी पाकिस्तानी सेनाले गरिरहेका बेला यो ठूलो आक्रमण भएको हो।