फलोअप-
वीरगंज, २२ असार । हिन्दू र मुस्लिम समुदायबीच चर्किएको धार्मिक विवाद सहमतिमा टुंगिएको छ।
आज बिहान जिल्ला प्रशासन कार्यालय पर्सामा दुवै पक्षबीच भएको छलफलमा सहमति भएको हो।
दुवै पक्षले एक महिनासम्म कुनै काम नगर्ने र एक महिनापछि नगरपालिकाको प्रतिनिधी राखी दुवै पक्षबीच सहमति गर्राई निर्णय गर्ने सहमतिपछि सो विवाद टुंगिएको हो।
वीरगंज-१९ स्थित नेपाल राष्ट्रिय प्रा.वि. इनरुवा गाउंको नाममा रहेको जग्गामा हिन्दु समुदायले कन्या प्रा.वि.खोल्ने र मुस्लिम समुदायले मुक्तम बनाउने भन्ने बिषयमा हिजो विवाद भएपछि गोली, अश्रुग्यांस, लाठीफाटा चलेपछि केही बेर सो क्षेत्र तनावग्रस्त भएको थियो।
Comments
Post a Comment