सर्लाही, २२ असार । अज्ञात समूहले धारिलो प्रहार गरी एक व्यक्तिको हत्या गर्नुको साथै एक किशोरलाइ गम्भीर घाइते बनाएको छ भने घटनास्थलबाट प्रहरीले एकजनालाइ पक्राउ गरेको छ।
आज बिहान ३ बजे इश्वरपुर-४ पोखरी टोल बस्ने वर्ष ४० को फेकु भन्ने रामचन्द्र महत्तो र निजको छोरा १७ वर्षीय छोरा लालबाबु महत्तोलाइ घरको आंगनमा सुतिरहेको अवस्थामा अज्ञात समूहले घाटीमा धारिलो हतियार प्रहार गरी फरार भएका थिए।
रामचन्द्रको घटनास्थलमा नै मृत्यु भएको छ भने निजको छोरा गम्भीर घाइते भएपछि उनको जनकपुर्रतर्फ उपचारको लागि पठाइएको मध्य क्षेत्र प्रहरी कार्यालय हेटौडाले जनाएको छ।
घटनामा संलग्न रहेको आशंकामा प्रहरीले इश्वरपुर ६ बस्ने बर्ष ५५ को विलास साहलाइ पक्राउ गरी आवश्यक अनुसन्धान गरिरहेको छ।
Comments
Post a Comment