वीरगंज, २२ असार । अज्ञात समूहले वीरगंजका एक व्यापारीको घरमा सकेट बम राखेपछि प्रहरी र सेनाले डिस्पोज गरेको छ।
आज आदर्शनगर, राष्ट्रबैंक नजिकै रहेको सञ्जय जैसवालको घरमा अज्ञात समूहले बम राखेपछि जैसवालले प्रहरीलाई खबर गरेको थियो। नेपाली सेना कालीजंग गणको बम डिस्पोजल टोलीले सो बम निष्त्रिmय गरेको थियो।
जनतान्त्रिक तराइ मुक्ति मोर्चाका तुफान सिंहले स्थानीय केही संचारकर्मीलाई टेलिफोनमार्फ आफूले बम राखेको स्वीकार गरेका छन्।
Comments
Post a Comment