वीरगंज २१ असार/ वीरगंज उपमहानगरपालिका वडा नं. १९ मा दुइ समुदायबीच सार्वजनिक पोखरीको विवाद हुंदा गोली, अश्रुग्यांस तथा लाठीफाटा चल्दा केही घाइते भएका छन् ।
स्कुलको सार्वजनिक पोखरीमा माटो भरेर मुस्लिम समुदायले धार्मिक कार्य गर्दा पांच दिन अघि हिन्दूहरुले स्कूलको पोखरीमा अतिक्रमण गर्न नमिल्ने भनेर विवाद भएको थियो। विवाद बढेपछि आज दुइ समुदायका एघार-एघार जना बसेका थिए। त्यसमा टुंगो लाग्न नसक्दा विवाद भएको थियो। स्थिति नियन्त्रणमा लिन घटनास्थल पुगेको प्रहरीले हवाइ फायर गर्नुका साथै अश्रु ग्यांस तथा लाठिभाटा चलाएको थियो।
अहिले विवाद बढ्न नदिन दुवै पक्षका व्यक्तिहरुलाइ जिल्ला प्रशासन कार्यालय पर्सामा बोलाएर प्रमुख जिल्ला अधिकारीले वार्ताद्वारा सहमति बनाउने प्रयास गरिरहेका छन्। घटनास्थलमा ठुलो संख्यामा जनपद र शसस्त्र प्रहरी परिचालन गरिएको छ।

Comments
Post a Comment