वीरगंज, १५ असार । धनुषामा प्रहरी गस्ती टोली र अपराधी समूहबीच भिडन्त हुंदा एकजनाको घटनास्थलमै मृत्यु भएको छ।
गए राति भुमही पटेरवा-९ नजिकै गस्ती गरिरहेको प्रहरीमाथि एक्कासी अपराधी समूहले गोली प्रहार गर्दा प्रहरीले जवाफी कारबाहीको क्रममा ३० राउण्ड गोली प्रहार गरेपछि एक अपराधीको घटनास्थलमै मृत्यु भएको प्राप्त जानकारीमा उल्लेख छ।
मृतकको नाम, थर खुल्न नसके पनि घटनास्थलबाट कटुवा पेस्तोल-१, सुतलीबम र साइलेन्ट किलरको प्याड फेला परेको मध्य क्षेत्र प्रहरी कार्यालय हेटौडाले जनाएको छ।
Comments
Post a Comment