Skip to main content

परीक्षाफलले शिक्षामा नयां उत्साह जगायो - शिक्षाविद

काठमाडौं, असार १५। परिक्षा नियन्त्रक वीरेन्द्रकुमार झाले परिक्षा प्रणालीमा व्यापक सुधारको आवश्यकता औल्याएका छन्। रिपोर्र्टर्स क्लब नेपालको साक्षात्कारमा बोल्दै परम्परागत शैलीमै परिक्षा प्रणाली अपनाइदा थेग्नै कठिन हुनेगरी समस्याहरु आएको बताए।
परीक्षा प्रणालीमा व्यापक सुधार आवश्यक छ, झाले भने, केही सुधारका कार्यक्रम ल्याएका छौं, त्यतिले मात्र पुग्दैन। परिक्षा प्रणालीको हालको संरचनाले बढ्दो परिक्षार्थी र चुनौतीको सामना गरिरहननसक्ने बताए। ३० हजारले एसएलसी दिदा र तीन लाख भन्दा बढीले एसएलसी परिक्षामा सहभागिता जनाउदाको संरचना उही हुनुले कमजोरीहरु देखिएको उल्लेख गरे। देश संघीयतामा जान लागेकाले एसएलसी परिक्षा प्रणालीलाई तदअनुरुप बदल्दै लानुपर्नेमा जोड दिए।
रिपोर्र्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाको सभापतित्वमा सम्पन्न साक्षात्कारमा परीक्षा नियन्त्रक झाले उल्लेख्य मात्रामा परिक्षार्थी उत्तर्ीण्ा हुनुलाई सकारात्मक भने। उत्तरपुस्तिकाहरुमा समस्या आएको, विद्यालयबाट प्रयोगात्मक नतिजा समेत नआउने समस्या देखिएको उल्लेख गरे। विद्यार्थीहरुलाई पांच अंक ग्रेस दिएर उत्तर्ीण्ाहरुमा चार प्रतिशत वृद्धि भएको खुलाए।
त्रिभुवन विश्वविद्यालयका पर्ूव उपकुलपति केदारभक्त माथेमाले एसएलसी परिक्षाफलले आशा जगाएको बताए। विगतमा धेरै विद्यार्थीहरु असफल हुने परम्पराले निराशा बढाउने गरेको उल्लेख गर्दै भने, यसपटकबाट आशा जगाउने काम भएको छ। परिक्षालाई अनुसन्धानको विषय बनाएर आगामी वर्षरुमा शिक्षाको गुणस्तर वृद्धिमा काम गर्नुपर्नेमा जोड दिए। लोडसेडिड., बन्द हडतालका बाबजुद पनि परिक्षाफल राम्रो आएकाले आफू उत्साही भएको बताए। बोर्ड र टप टेन प्रथा हटाउनुलाई सकारात्मक रुपमा लिनुपर्ने बताए। प्रतिष्पर्धा गराउने अन्य शैलीहरु उल्लेख गर्नुपर्नेमा जोड दिए।
उच्च माध्यमिक विद्यालय संघका अध्यक्ष उमेश श्रेष्ठले एसएलसीमा परिक्षार्थीहरु बढी उत्तर्ीण्ा हुनुलाई सकारात्मक भने। उत्तर्ीण्ा विद्यार्थीका लागि पढ्ने उच्चमाविका बारेमा चिन्ता लिनुपर्ने बताए। श्रेष्ठले भने, लाखौं विद्यार्थी उत्तर्ीण्ा भएका छन्, उनीहरु कहाँ पढ्ने भन्ने विषयमा केन्द्रित हुनर्ुपर्छ। उच्च माविको संख्या बढाउनेतर्फकुनै काम नभएको भन्दै असन्तुष्टि व्यक्त गरे। सरकारले शिक्षामा लगानी गर्ने र निजी क्षेत्रलाई प्रोत्साहित गर्ने भूमिका निभाइरहेको बताए। एसएलसीमा बोर्ड प्रणाली हटाएर अनियमितताको सम्भावना हटेको बताए। आउदा दिनमा एसएलसीको नजिता स्तर प्रणाली अपनाएर प्रकाशित गर्नुपर्ने सुझाव दिए।
एन प्याब्सनका अध्यक्ष गीता राणाले एसएलसीको नतिजाले शैक्षिक क्षेत्रको विकासको अवस्था देखिएको बताइन्। शिक्षामा गुणस्तर वृद्धिमा लाग्नुपर्ने बताइन्। उनले भनिन्, शिक्षामा लगानी वृद्धि गरी निजी क्षेत्रलाई उत्साही बनाउने काम हुनर्ुपर्छ। टप टेन हटाएर अस्वस्थ प्रतिष्पर्धा अन्त भएको बताइन्। विद्यार्थीहरु विशिष्ट श्रेणीका लागि जोड दिएर पठनपाठनमा लागेबाट गुणतस्तर बढेको बताइन्।
शिक्षाविद तिर्थ खनियांले बढी प्रतिशत उत्तर्ीण्ा भएबाट शिक्षामा लगानीको राम्रो प्रतिफल आएको बताए। टप टेन नराख्दा विद्यार्थीहरुमाथि अन्याय भएको बताए। परिक्षा नियन्त्रण कार्यालयले पांच अंक ग्रेस दिएको भन्दै आलोचना गरे। उनले भने, ग्रेस दिने काम प्राज्ञिक अभ्यासभित्र पर्दैन। शिक्षाको हालको अवस्थालाई विश्लेषण गरी भावी कार्यक्रम तयार गर्नुपर्ने बताए।
शिक्षा मन्त्रालयका सहसचिव लक्ष्मीप्रसाद खत्रीले सरकार गुणात्मक शिक्षाको विकासमा केन्द्रित भएको बताए। एसएलसीको परिणामले धेरै आशा जगाएको उल्लेख गर्दै भने, विद्यार्थीहरुलाई शुरुको अवस्थाबाटै गुणस्तरीय शिक्षा दिन सरकार केन्द्रित हुन्छ। पाठ्यक्रमहरु आवश्यकता अनुसार परिवर्तन गर्दै लाग्नुपर्ने आवश्यकता महशुश गरिएको बताए।
अभिभावक संघका अध्यक्ष शुप्रभात भण्डारीले ६८ प्रतिशत विद्यार्थी उत्तर्ीण्ा हुदैमा उत्साही हुनुनपर्ने बताए। बांकी ३२ प्रतिशत विद्यार्थी अनुत्तर्ीण्ा हुनुको जिम्मेवारी सरकारले लिनुपर्ने बताउदै भने, ३२ प्रतिशत किन अनुत्तर्ीण्ा भए भन्ने मुख्य सवाल हो। परिक्षा प्रणाली पुरातनवादी भएकाले काम नलाग्ने भइसकेको बताए। विद्यार्थीहरुको उत्तरपुस्तिका पर्ुनजाँच हुनुपर्नेमा उनको जोड थियो।

Comments

Popular posts from this blog

माओवादी विरुद्ध खडकाको अभियान

वीरगंज, २१ माघ। दाङ जिल्ला निवासी खुमबहादुर खडका नेपाली कांग्रेस पार्टर्ीी दोश्रो पुस्ताका नेता हुन्। नेपाली कांग्रेसको सरकारमा गृहमन्त्री समेत भइसकेका खुमबहादुर खडकासंग भारत र नेपालका बदमाश, पेशेवर अपराधीहरु अत्यन्तै झुम्मिने गर्दछन्। आफना सहयोगी र्समर्थक अपराधीहरुलाई उनी पैसा दिएर खुशी पार्ने र संरक्षण दिएर कारबाहीबाट सुरक्ष्ँित तुल्याउंछन्, यो उनको जन्मजात शोख हो, राजनीति कला कौशल हो। माओवादी सशस्त्र जनयुद्ध चरमोत्कर्षा पुगेपछि उनको राजनीति भविष्य चौपट भयो। प्रधानमन्त्री बन्ने महत्वाकांक्षा शून्य बन्यो। चर्चामा आए अनुसार हिजोआज उनी राजनीतिमा बहुरिन थालेका छन्। यसै अर्न्तर्गत देश दौडाहामा हिंडिरहेका छन्। विशेषगरी खुमबहादुर खडकाले आफनो राजनीति भ्रमणको थलो तर्राई मधेशलाई रोजेका छन्। खडकाको झडकाले कांग्रेसलाई नयां दिशामा डोर्‍याउन सक्ने कतिपय राजनीति षडयन्त्रकारी, अवसरवादी र बेइमानहरुको अनुमान पनि छ। खुमबहादुरको चलनचल्तीको अर्को नाम हो- खुन बहादुर। आफनो विपक्षीलाई समाप्त नै पार्नुपर्छ भन्ने उनको सिद्धान्त मात्र होइन, विगतमा देखापरेको व्यवहार पनि हो। माओवादीको हतियारको चु...

भक्तपुरमा ब्यबहारीक शैक्षिक भ्रमण

भक्तपुर , ९ कार्तिक । दशैं र तिहार सकिएको। बिद्यालयमा पढ्ने बिद्यार्थीहरुले दशैं तिहारमा दिक्षिणा र भैलो देउसी खेलेर केही रकम जम्मा गरेका छन्। यही रकमको सही सदुपयोग होस भनेर बिद्यालयहरुले शैक्षिक भ्रमणका कार्यक्रमहरु आयोजना गर्ने गर्दछन्। दशैं तिहार पछि दर्ुइ महिनामा नेपालका , धेरैजसो बिद्यालयहरले बिद्यार्थीहरुलाई शैक्षिक भ्रमण गराउने गर्दछन्। भक्तपुरमा केन्दि्रत शैक्षिक भ्रमण गराउदै आएका हरीत समूहका श्रीकृष्ण सितिखुलाई अवको एक ड्डेढ महिना सम्म बिद्यार्थीहरुलाई भक्तपुर देखाउदैमा फर्ुसद नहुने भएको छ। बिभिन्न बिद्यालयहरुले उनलाई आफ्ना बिद्यार्थीलाई भक्तपुर देखाउन अनुरोध गरिसकेका छन्।यो बेला प्राकृतिक रुपमा पनि , गर्मी मौसम सकेर जाडो याम शुरु हुने भएकोले भ्रमण जानको लागि उपयुक्त समय हो। भक्तपुर शहर पनि नेपालका प्रमुख शैक्षिक पर्यटकीय गन्तब्य मध्ये एक हो। बाह्रौ शताब्दी देखि चौधौ शताब्दीसम्म नेपाल उपत्यकाको राजधानी रहेको यस प्राचिन नगरको भ्रमण गर्नको लागि हरीत समूहले ...

पाकिस्तानमा आत्मघाती विस्फोटन, १२ प्रहरीको मृत्यु

काठमाडौं १४ भदौ। पाकिस्तानको स्वात उपत्यकामा रहेको एउटा प्रहरी चौकीमा आत्मघाती विष्फोट हुँदा कम्तीमा १२ प्रहरीको मृत्यु भएको छ। प्रहरीमा भर्ना हुन आवेदन गर्न लाम लागिरहेका बेला विष्फोट भएको हो। तालिवान विद्रोहीको हातबाट स्वात उपत्यका आफ्नो हातमा लिएको दाबी पाकिस्तानी सेनाले गरिरहेका बेला यो ठूलो आक्रमण भएको हो।