Skip to main content

स्वास्थ्य मन्त्रालयको गलत निर्णयका कारण चीनस्थित मेडिकल विश्व विद्यालयमा अध्ययनरत नेपाली विद्यार्थीहरूलाइ ठूलो मर्का

वीरगंज, १५ असार। नेपाल सरकार स्वास्थ्य मन्त्रालयको अव्यवहारिक र गलत निर्णयका कारण छिमेकी राष्ट्र चीनस्थित मेडिकल विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थीहरूलाई ठूलो मर्का परेकोमा पीडित अभिभावकहरूले निर्णय फिर्ता लिनका लागि चर्को दबाब दिइरहेका छन्। 
चीनस्थित मेडिकल विश्व विद्यालयमा अध्ययनरत नेपाली विद्यार्थीहरूले एक वर्षस्वदेशकै अस्पतालहरूमा प्रि-इण्टरनलसीप गर्न पाउने साविकको नीतिमा स्वास्थ्य मन्त्री गिरिराजमणि पोखरेलले रोक लगाउने निर्णय गरेपछि चीनमा एमबीबीएसमा अध्ययन गरीरहेका झण्डै डेढसय विद्यार्थीहरू प्रत्येकलाई थप ५ लाख आर्थिक व्यय भार पर्न गएको छ। जुन २३, २००९ सम्ममा स्वास्थ्य मन्त्रालयले आप\mनो निर्णय सच्याएन भने विद्यार्थीहरूले चीनका अस्पतालहरूमा नै अनिवार्य रूपमा प्रिइण्टरनलसिप -प्राक्टिस) गर्नुपर्ने हुन्छ। 
प्रिइण्टरनलसीप सम्बन्धी सरकारी गलत नीतिको विरोध गर्दै प्रेस विज्ञप्ति जारी गर्ने ४७ जना सभासद्मध्येका बारा निवासी उमाकान्त चौधरी अहिले स्वास्थ्य मन्त्री भएका छन्। विद्यार्थीको अभिभावकहरुले मन्त्री चौधरीलाई भेटेर निर्णय बदर गर्ने कुरा उठाउंदा उनले निर्णय बदर गर्न आनाकानी गर्दै मन्त्रालयबाट बाहिरिएकोमा अभिभावकहरूले मन्त्रीको दोहोरो मापदण्ड र चरित्रप्रति तीब्र आक्रोश व्यक्त गरेका छन्। 
४ वर्षो एमबीबीएसको थ्योरी पूरा गरी एक वर्षप्रिइण्टरनलसीप गर्नुपर्ने ७ जना महिला विद्यार्थी वीरगंज नगरकै छन्। स्थानीय एमाले नेता चिरन्जिवी आचार्य, इन्जिनियर रामचन्द्र मिश्र, महाप्रबन्धक रमेशकुमार भट्टराइ, केशव गिरी लगायतका छोरीहरू चीनस्थित विभिन्न मेडिकल विश्व विद्यालयमा अध्ययन गरी हाल स्वदेशमा नै प्रिइण्टरनलसीपको व्यवस्थाको पर्खाइमा छन्। चीनको मेडिकल विश्वविद्यालयमा वाषिर्क ४ हजार डलर ब्यहोरेर आप\mना छोराछोरी पढाइरहेका नेपालका अभिभावकहरूलाई सरकारको अव्यहारिक नीतिका कारण एक वर्षा लागि करिब ४ हजार डलर थप व्यय गर्नुपर्ने बाध्यता आएको छ। 
शिक्षा मन्त्रालयले ँनो अब्जेक्सन र्सर्टिफिकेट’ दिएकै कारण चीनमा मेडिकलमा अध्ययन गर्न गएका नेपाली विद्यार्थीहरू स्वदेशमा प्रिइण्टरनलसीप गर्न नपाउंदा निकै मर्का पर्ने देखिन्छ। चीन र नेपालको वातावरण फरक भएकोले रोग, औषधिमा निकै अन्तर छ। भाषागत समस्या आप\mनो ठाउंमा छंदैछ। चीनमा पढ्न गएका एमएमबीएसका विद्यार्थीहरूले डाक्टर बनेर आखिर नेपालमा नै सेवा गर्ने हुन्। उनीहरूलाई प्रिइण्टरनलसीपको सुविधा, सहुलियत सरकारले नदिनु भनेको मर्ूखता हो भनि एक अभिभावकले बताएका छन्। 
नेपालका अस्पतालहरूमा विदेशबाट डाक्टरी पढेर आएका विद्यार्थीहरूले प्रिइण्टरनलसीप गर्दा कुनै पनि शुल्क बुझाउन नपर्ने पर्ूवको नीतिलाई खारेज गरी पर्ूवमन्त्री गिरिराजमणी पोखरेलले वीर अस्पताल लगायत सरकारी अस्पतालमा प्रिइण्टरनलसीप गराउंदा एक वर्षो ७२ हजार लिने निर्णय गरेका छन्। 
चीनमा मेडिकल विषय पढीरहेका नेपाली विद्यार्थीहरूलाई स्वदेशमा प्रिइण्टरनलसीप गर्न नपाउने सरकारी निर्णय गराउन नेपालस्थित मेडिकल कलेजका डाइरेक्टरहरूले मोटो रकम पर्ूवमन्त्री गिरिराजमणी पोखरेललाई बुझाएको चर्चा छ। नेपालस्थित निजी क्षेत्रको कुनै पनि मेडिकल कलेजलाई भारतको मेडिकल काउन्सिलले मान्यता नदिएबाट भारतीय विद्यार्थीहरू नेपालको मेडिकल कलेजमा अध्ययन गर्न नगन्य रुपमा आउने गरेका छन्। नेपाल मेडिकल काउन्सिलले मेडिकल कलेज र अध्ययनरत विद्यार्थीहरूलाई पर्न गएको मर्काप्रति कुनै चिन्ता र चासो लिएको पाइदैन। एक सूत्रले चीनमा मेडिकल अध्ययन गर्न नेपाली विद्यार्थीहरू नजाउन् भनेर भारतको दबाब र व्यक्तिगत स्वार्थमा स्वास्थ्यमन्त्रीले गलत निर्णय गरेको जानकारी गराएको छ।

Comments

Popular posts from this blog

माओवादी विरुद्ध खडकाको अभियान

वीरगंज, २१ माघ। दाङ जिल्ला निवासी खुमबहादुर खडका नेपाली कांग्रेस पार्टर्ीी दोश्रो पुस्ताका नेता हुन्। नेपाली कांग्रेसको सरकारमा गृहमन्त्री समेत भइसकेका खुमबहादुर खडकासंग भारत र नेपालका बदमाश, पेशेवर अपराधीहरु अत्यन्तै झुम्मिने गर्दछन्। आफना सहयोगी र्समर्थक अपराधीहरुलाई उनी पैसा दिएर खुशी पार्ने र संरक्षण दिएर कारबाहीबाट सुरक्ष्ँित तुल्याउंछन्, यो उनको जन्मजात शोख हो, राजनीति कला कौशल हो। माओवादी सशस्त्र जनयुद्ध चरमोत्कर्षा पुगेपछि उनको राजनीति भविष्य चौपट भयो। प्रधानमन्त्री बन्ने महत्वाकांक्षा शून्य बन्यो। चर्चामा आए अनुसार हिजोआज उनी राजनीतिमा बहुरिन थालेका छन्। यसै अर्न्तर्गत देश दौडाहामा हिंडिरहेका छन्। विशेषगरी खुमबहादुर खडकाले आफनो राजनीति भ्रमणको थलो तर्राई मधेशलाई रोजेका छन्। खडकाको झडकाले कांग्रेसलाई नयां दिशामा डोर्‍याउन सक्ने कतिपय राजनीति षडयन्त्रकारी, अवसरवादी र बेइमानहरुको अनुमान पनि छ। खुमबहादुरको चलनचल्तीको अर्को नाम हो- खुन बहादुर। आफनो विपक्षीलाई समाप्त नै पार्नुपर्छ भन्ने उनको सिद्धान्त मात्र होइन, विगतमा देखापरेको व्यवहार पनि हो। माओवादीको हतियारको चु...

भक्तपुरमा ब्यबहारीक शैक्षिक भ्रमण

भक्तपुर , ९ कार्तिक । दशैं र तिहार सकिएको। बिद्यालयमा पढ्ने बिद्यार्थीहरुले दशैं तिहारमा दिक्षिणा र भैलो देउसी खेलेर केही रकम जम्मा गरेका छन्। यही रकमको सही सदुपयोग होस भनेर बिद्यालयहरुले शैक्षिक भ्रमणका कार्यक्रमहरु आयोजना गर्ने गर्दछन्। दशैं तिहार पछि दर्ुइ महिनामा नेपालका , धेरैजसो बिद्यालयहरले बिद्यार्थीहरुलाई शैक्षिक भ्रमण गराउने गर्दछन्। भक्तपुरमा केन्दि्रत शैक्षिक भ्रमण गराउदै आएका हरीत समूहका श्रीकृष्ण सितिखुलाई अवको एक ड्डेढ महिना सम्म बिद्यार्थीहरुलाई भक्तपुर देखाउदैमा फर्ुसद नहुने भएको छ। बिभिन्न बिद्यालयहरुले उनलाई आफ्ना बिद्यार्थीलाई भक्तपुर देखाउन अनुरोध गरिसकेका छन्।यो बेला प्राकृतिक रुपमा पनि , गर्मी मौसम सकेर जाडो याम शुरु हुने भएकोले भ्रमण जानको लागि उपयुक्त समय हो। भक्तपुर शहर पनि नेपालका प्रमुख शैक्षिक पर्यटकीय गन्तब्य मध्ये एक हो। बाह्रौ शताब्दी देखि चौधौ शताब्दीसम्म नेपाल उपत्यकाको राजधानी रहेको यस प्राचिन नगरको भ्रमण गर्नको लागि हरीत समूहले ...

पाकिस्तानमा आत्मघाती विस्फोटन, १२ प्रहरीको मृत्यु

काठमाडौं १४ भदौ। पाकिस्तानको स्वात उपत्यकामा रहेको एउटा प्रहरी चौकीमा आत्मघाती विष्फोट हुँदा कम्तीमा १२ प्रहरीको मृत्यु भएको छ। प्रहरीमा भर्ना हुन आवेदन गर्न लाम लागिरहेका बेला विष्फोट भएको हो। तालिवान विद्रोहीको हातबाट स्वात उपत्यका आफ्नो हातमा लिएको दाबी पाकिस्तानी सेनाले गरिरहेका बेला यो ठूलो आक्रमण भएको हो।