Skip to main content

दुर्घटनाको व्यापक वृद्धि

वीरगंज, १५ असार ।  बीरगन्ज-पथलैया सडकखण्ड बारा, जितपुर-३ नजिकै  ट्रकको ठक्करबाट एक बालकको मृत्यु भएको छ। आज बिहान ना३ख ६१३० नं.को ट्रकको ठक्करबाट जितपुर-३ बस्ने श्याम देव राउतको छोरा १२ वर्षीय छोरा अजय राउतको घटनास्थलमा नै मृत्यु भएको हो। घटनापछि मृतकका परिवारजनले क्षतिपूर्तिको मांग गर्दै सडक अवरुद्ध गरेका थिए। 
आज बिहान बाराको गढीमाई चोक नजिकै ना२ख ७१४० नं.को भैंसी बोकेको ट्रक र ना३ख ९१९८ नं.को रात्री बस एक आपसमा ठोक्किदा चारजना घाइते भएका छन्। 
आज बिहान रौतहटको सखुवा-१ नजिकै ना४ख ९४ नं.को बस रोडबाट दाहिने खेतमा पल्टिदा ७ जना यात्रु घाइते भएका छन् भने ४ जनाको अवस्था गम्भीर रहेको छ । मकवानपुरको रातोमाटे नजिकै बिहान ना१ज १८९७ नं.को टाटासुमो पल्टिंदा चालक सहित ५ जना घाइते भएका छन् ।
आज बिहान चुरियामाइ नजिकै को१ख ३६८ नं.को औषधि बोकेको ट्रक बे्रक फेल भई पल्टिंए पनि कुनै मानवीय क्षति भएको छैन।
मकवानपुर को मनहरी-७  नजिकै आज बिहान ना३ख ५५५७ नं.को बस र ना३ख ४८०२ नं.को बस एक आपसमा ठोक्किदा व्रि्रीराखेको बा१क ४५४० नं.को ट्रक, ग१क ४४६ नं.को ट्रक र बा१ख २८३३ नं.को ट्यांकर समेत ३ जना यात्रु सामान्य घाइते भएका छन्।
आज बिहान महोत्तरीको रामगोपालपुर-३ नजिकै मेकानिक प्रकाश मण्डलले चलाएको ज२प २६२९ नं.को मोटरसाइकलको ठक्करबाट १६ वर्षीया पुनम मण्डललाई ठक्कर दिइ गम्भीर घाइते बनाएको छ।
लगातार बन्द रहेको बर्दिवास जलेश्वर सडकखण्ड आजदेखि सुचारु भएको छ। नागरिक समाजको अनुरोधमा पार्टर्ीी्रतिनिधी र प्र.जि.अ.संग छलफल गर्ने सहमतिमा सो सडक सुचारु भएको हो। 
ना३ख २५६१ नं.को बस बा१ख ५६८२ नं.को बस आज विहान नुवाकोटको खानीगाउं-५ नजिकै ठोक्किदा १४ जना घाइते भएका छन्। घाइते हुनेहरुमा गणेशस्थान-६ बस्ने बर्ष१९ को अर्चना तामाङ, वालकुमारी-१ बस्ने लक्ष्मी शाह लगायत १२ जना रहेको मध्य क्षेत्र प्रहरी कार्यालय हेटौडाले जनाएको छ।

Comments

Popular posts from this blog

माओवादी विरुद्ध खडकाको अभियान

वीरगंज, २१ माघ। दाङ जिल्ला निवासी खुमबहादुर खडका नेपाली कांग्रेस पार्टर्ीी दोश्रो पुस्ताका नेता हुन्। नेपाली कांग्रेसको सरकारमा गृहमन्त्री समेत भइसकेका खुमबहादुर खडकासंग भारत र नेपालका बदमाश, पेशेवर अपराधीहरु अत्यन्तै झुम्मिने गर्दछन्। आफना सहयोगी र्समर्थक अपराधीहरुलाई उनी पैसा दिएर खुशी पार्ने र संरक्षण दिएर कारबाहीबाट सुरक्ष्ँित तुल्याउंछन्, यो उनको जन्मजात शोख हो, राजनीति कला कौशल हो। माओवादी सशस्त्र जनयुद्ध चरमोत्कर्षा पुगेपछि उनको राजनीति भविष्य चौपट भयो। प्रधानमन्त्री बन्ने महत्वाकांक्षा शून्य बन्यो। चर्चामा आए अनुसार हिजोआज उनी राजनीतिमा बहुरिन थालेका छन्। यसै अर्न्तर्गत देश दौडाहामा हिंडिरहेका छन्। विशेषगरी खुमबहादुर खडकाले आफनो राजनीति भ्रमणको थलो तर्राई मधेशलाई रोजेका छन्। खडकाको झडकाले कांग्रेसलाई नयां दिशामा डोर्‍याउन सक्ने कतिपय राजनीति षडयन्त्रकारी, अवसरवादी र बेइमानहरुको अनुमान पनि छ। खुमबहादुरको चलनचल्तीको अर्को नाम हो- खुन बहादुर। आफनो विपक्षीलाई समाप्त नै पार्नुपर्छ भन्ने उनको सिद्धान्त मात्र होइन, विगतमा देखापरेको व्यवहार पनि हो। माओवादीको हतियारको चु...

भक्तपुरमा ब्यबहारीक शैक्षिक भ्रमण

भक्तपुर , ९ कार्तिक । दशैं र तिहार सकिएको। बिद्यालयमा पढ्ने बिद्यार्थीहरुले दशैं तिहारमा दिक्षिणा र भैलो देउसी खेलेर केही रकम जम्मा गरेका छन्। यही रकमको सही सदुपयोग होस भनेर बिद्यालयहरुले शैक्षिक भ्रमणका कार्यक्रमहरु आयोजना गर्ने गर्दछन्। दशैं तिहार पछि दर्ुइ महिनामा नेपालका , धेरैजसो बिद्यालयहरले बिद्यार्थीहरुलाई शैक्षिक भ्रमण गराउने गर्दछन्। भक्तपुरमा केन्दि्रत शैक्षिक भ्रमण गराउदै आएका हरीत समूहका श्रीकृष्ण सितिखुलाई अवको एक ड्डेढ महिना सम्म बिद्यार्थीहरुलाई भक्तपुर देखाउदैमा फर्ुसद नहुने भएको छ। बिभिन्न बिद्यालयहरुले उनलाई आफ्ना बिद्यार्थीलाई भक्तपुर देखाउन अनुरोध गरिसकेका छन्।यो बेला प्राकृतिक रुपमा पनि , गर्मी मौसम सकेर जाडो याम शुरु हुने भएकोले भ्रमण जानको लागि उपयुक्त समय हो। भक्तपुर शहर पनि नेपालका प्रमुख शैक्षिक पर्यटकीय गन्तब्य मध्ये एक हो। बाह्रौ शताब्दी देखि चौधौ शताब्दीसम्म नेपाल उपत्यकाको राजधानी रहेको यस प्राचिन नगरको भ्रमण गर्नको लागि हरीत समूहले ...

पाकिस्तानमा आत्मघाती विस्फोटन, १२ प्रहरीको मृत्यु

काठमाडौं १४ भदौ। पाकिस्तानको स्वात उपत्यकामा रहेको एउटा प्रहरी चौकीमा आत्मघाती विष्फोट हुँदा कम्तीमा १२ प्रहरीको मृत्यु भएको छ। प्रहरीमा भर्ना हुन आवेदन गर्न लाम लागिरहेका बेला विष्फोट भएको हो। तालिवान विद्रोहीको हातबाट स्वात उपत्यका आफ्नो हातमा लिएको दाबी पाकिस्तानी सेनाले गरिरहेका बेला यो ठूलो आक्रमण भएको हो।