Skip to main content

वीरगंजका ट्राफिक प्रहरी यसरी ड्युटी गर्छन्

तस्बिर खिंच्ने पत्रकारलाई तह लगाउने धम्की दिन्छन्

वीरगंज, १३ माघ। नागरिकको सुरक्ष्ँाका लागि घण्टाघरमा खटिएका प्रहरी एवं
सवारी ट्राफिक व्यवस्थापनका लागि गोजीमा दुवै हात हाली ड्युटी गरिरहेका
वीरगंज, घण्टाघरस्थित ट्राफिक प्रहरी जवान योगनारायण साहको तस्बिर लिएका
संचारकर्मी अमित अग्रवाललाई आज साह लगायत संगै रहेका एक नेपाल प्रहरीका
हवल्दारले तथानाम गालीगलौज गर्दै धम्की दिएका छन्।
अनुशासन विहिन अवस्थामा ड्युटी गरिरहेका ट्राफिक प्रहरी साहको तस्बिर
खिंच्दा पत्रकार अग्रवाललाई नजिक बोलाई तस्बिर किन खिंचेको, म लोकल हुं,
तंलाई ठिक पारिदिन्छु भनि तथानाम गरेका थिए।
पत्रकार अग्रवालले तपाई कहां डिउटी गर्दै हुनुहुन्छ भनि प्रश्न गर्दा म
भारतमा डिउटी गर्दैछु, तैले भारतको पत्रिकामा या नेपालको पत्रिकामा मेरो
तस्बिर छापेर मेरो केही बिग्रिदैन, तंलाई ठिक पार्छर्ुुनि धम्की दिएको
संचारकर्मी अग्रवालले बताएका छन्।
सो बखत घटनास्थलमा ड्युटीमा खटिएका ट्राफिक प्रहरी साह आफूले लगाएको
पैन्टको दुबै खल्तीमा हात हाली ठि· उभिएका थिए भने सवारीसाधनलाई
व्यवस्थित संचालन गर्नको लागि सशस्त्र प्रहरी लागिपरेका थिए। यस घटनाको
विषयमा तत्कालै संचारकर्मी अग्रवालले जिल्ला प्रहरी कार्यालयका प्रहरी
उपरीक्षक राजेन्द्र श्रेष्ठ र ट्राफिक प्रहरी निरीक्षक एकनारायण
कोइरालालाई जानकारी गराउंदा कारबाही गर्ने आश्वासन मात्रै दिनुभएको छ।

Comments

Popular posts from this blog

माओवादी विरुद्ध खडकाको अभियान

वीरगंज, २१ माघ। दाङ जिल्ला निवासी खुमबहादुर खडका नेपाली कांग्रेस पार्टर्ीी दोश्रो पुस्ताका नेता हुन्। नेपाली कांग्रेसको सरकारमा गृहमन्त्री समेत भइसकेका खुमबहादुर खडकासंग भारत र नेपालका बदमाश, पेशेवर अपराधीहरु अत्यन्तै झुम्मिने गर्दछन्। आफना सहयोगी र्समर्थक अपराधीहरुलाई उनी पैसा दिएर खुशी पार्ने र संरक्षण दिएर कारबाहीबाट सुरक्ष्ँित तुल्याउंछन्, यो उनको जन्मजात शोख हो, राजनीति कला कौशल हो। माओवादी सशस्त्र जनयुद्ध चरमोत्कर्षा पुगेपछि उनको राजनीति भविष्य चौपट भयो। प्रधानमन्त्री बन्ने महत्वाकांक्षा शून्य बन्यो। चर्चामा आए अनुसार हिजोआज उनी राजनीतिमा बहुरिन थालेका छन्। यसै अर्न्तर्गत देश दौडाहामा हिंडिरहेका छन्। विशेषगरी खुमबहादुर खडकाले आफनो राजनीति भ्रमणको थलो तर्राई मधेशलाई रोजेका छन्। खडकाको झडकाले कांग्रेसलाई नयां दिशामा डोर्‍याउन सक्ने कतिपय राजनीति षडयन्त्रकारी, अवसरवादी र बेइमानहरुको अनुमान पनि छ। खुमबहादुरको चलनचल्तीको अर्को नाम हो- खुन बहादुर। आफनो विपक्षीलाई समाप्त नै पार्नुपर्छ भन्ने उनको सिद्धान्त मात्र होइन, विगतमा देखापरेको व्यवहार पनि हो। माओवादीको हतियारको चु...

भक्तपुरमा ब्यबहारीक शैक्षिक भ्रमण

भक्तपुर , ९ कार्तिक । दशैं र तिहार सकिएको। बिद्यालयमा पढ्ने बिद्यार्थीहरुले दशैं तिहारमा दिक्षिणा र भैलो देउसी खेलेर केही रकम जम्मा गरेका छन्। यही रकमको सही सदुपयोग होस भनेर बिद्यालयहरुले शैक्षिक भ्रमणका कार्यक्रमहरु आयोजना गर्ने गर्दछन्। दशैं तिहार पछि दर्ुइ महिनामा नेपालका , धेरैजसो बिद्यालयहरले बिद्यार्थीहरुलाई शैक्षिक भ्रमण गराउने गर्दछन्। भक्तपुरमा केन्दि्रत शैक्षिक भ्रमण गराउदै आएका हरीत समूहका श्रीकृष्ण सितिखुलाई अवको एक ड्डेढ महिना सम्म बिद्यार्थीहरुलाई भक्तपुर देखाउदैमा फर्ुसद नहुने भएको छ। बिभिन्न बिद्यालयहरुले उनलाई आफ्ना बिद्यार्थीलाई भक्तपुर देखाउन अनुरोध गरिसकेका छन्।यो बेला प्राकृतिक रुपमा पनि , गर्मी मौसम सकेर जाडो याम शुरु हुने भएकोले भ्रमण जानको लागि उपयुक्त समय हो। भक्तपुर शहर पनि नेपालका प्रमुख शैक्षिक पर्यटकीय गन्तब्य मध्ये एक हो। बाह्रौ शताब्दी देखि चौधौ शताब्दीसम्म नेपाल उपत्यकाको राजधानी रहेको यस प्राचिन नगरको भ्रमण गर्नको लागि हरीत समूहले ...

पाकिस्तानमा आत्मघाती विस्फोटन, १२ प्रहरीको मृत्यु

काठमाडौं १४ भदौ। पाकिस्तानको स्वात उपत्यकामा रहेको एउटा प्रहरी चौकीमा आत्मघाती विष्फोट हुँदा कम्तीमा १२ प्रहरीको मृत्यु भएको छ। प्रहरीमा भर्ना हुन आवेदन गर्न लाम लागिरहेका बेला विष्फोट भएको हो। तालिवान विद्रोहीको हातबाट स्वात उपत्यका आफ्नो हातमा लिएको दाबी पाकिस्तानी सेनाले गरिरहेका बेला यो ठूलो आक्रमण भएको हो।