Skip to main content

वीरगंजमा खुलेआम व्यापक तस्करी

वीरगंज, १३ माघ। शान्ति-सुरक्ष्ँाको ब्रि्रदो अवस्थाका कारण भारतीय
अपराधीहरुले क्रिडास्थल बनाएको वीरगंज नगरमा अहिले गृह प्रशासन मातहत
रहेका निकाय प्रमुखहरुको सम्झौतायुक्त चरित्रका कारण लागू औषध
ब्राउनसुगर, गांजा एवं भारतीय जाली नोटका कारोबारी जुवा-तास, खुलेआम
तस्करीले व्यापक छुट पाएको छ।
अपराध नियन्त्रणका नाममा खटाएको घुमुवा प्रहरी, सुराकी कर्मचारीले
तस्करहरुसंग सम्बन्ध कायम गरी नजराना रकम संकलन गर्ने गरेबाटै यस नगरमा
सामाजिक अपराधले प्रश्रय पाएको नाम र्सार्वजनिक नगर्ने शर्तमा एक घुमुवा
प्रहरीले बताएका छन्। वीरगंजको इनर्वा गाउं नाकालाई समानान्तर भन्सार
कायम गर्राई सो ठाउंका प्रहरी इन्चार्जलाई पोका गन्ती एवं मासिक रुपमा
नजराना चर्ढाई तस्करीको सामान वीरगंज भित्र्याउने गरेका तस्करहरुले
खाद्यान्न लगायत विलासिताका सामान, मोटरपार्टस भित्र्याइरहेको एक तस्कर
सूत्रबाट बुझिन आएको छ।
सो नाकाबाट हाल तस्करी गरिरहेका सातवटा तस्कर समूहका तस्करहरुले पर्साका
प्रजिअ, अञ्चल प्रहरी कार्यालय वीरगंजका वरिष्ठ प्रहरी उपरीक्षक, सशस्त्र
प्रहरी उपरीक्षक, जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षकलाई सोही
घुमुवा प्रहरीहरु मार्फ नजरानाको भाग पुर्‍याउने व्यवस्था मिलाएको तस्कर
सूत्रको दाबी छ।
वीरगंजका आधा दर्जनभन्दा बढी नाकाबाट तस्करीको सामान भित्रिरहेको
अवस्थामा दर्ुइ दिन अघि यस दैनिकको कार्यालय छेउबाटै सयौं साइकल कपडाको
गांठ, मोटरपार्टस तस्करहरुले गन्तव्य लादै गरेको तस्बिर खिंची जिल्ला
प्रहरी कार्यालय, पर्साका प्रहरी उपरीक्षक राजेन्द्रमान श्रेष्ठलाई
नियन्त्रणका लागि टेलिफोनमार्फ जानकारी गराउंदा समेत कुनै पहल नगरेको
पाइयो।
त्यसैगरी आज पनि सोही ठाउंबाट तस्करहरुले साइकलमा तस्करीको सामान
ओसारिरहेको अवस्थामा अञ्चल प्रहरी कार्यालय वीरगंजका वरिष्ठ प्रहरी
उपरीक्षक केशव अधिकारीलाई टेलिफोनमार्फ सो ठाउंबाट तस्करीको सामान भित्रन
नदिन आग्रह गर्दा तत्काल जिल्लालाई आदेश दिएको बताउनुभए पनि घटनास्थलमा
कुनै प्रहरी सोधपुछ गर्न समेत नआएबाट वीरगंजमा भइरहेको खुलेआम तस्करीलाई
सुरक्ष्ँा निकायबाटै संरक्षण प्रदान गरिएको कुराले पुष्टि पाएको छ।
वीरगंज नगरमा अहिले सामाजिक अपराध, जुवा-तास, रंगदारी ट्याक्स, फिरौति,
चन्दा आतंक, लागूऔषध कारोबार, हत्या, हिंसा, अपहरणले व्यापकता पाउंदा
समेत सुरक्ष्ँा निकायबाट सो कार्यउपर नियन्त्रण गर्न नसक्नु पछाडि गृह
प्रशासन अर्न्तर्गत रहेका सुरक्ष्ँा निकाय प्रमुखहरुको सम्झौतायुक्त
चरित्र नै प्रमुख रहेको अडकल काट्न थालिएको छ।

Comments

Popular posts from this blog

माओवादी विरुद्ध खडकाको अभियान

वीरगंज, २१ माघ। दाङ जिल्ला निवासी खुमबहादुर खडका नेपाली कांग्रेस पार्टर्ीी दोश्रो पुस्ताका नेता हुन्। नेपाली कांग्रेसको सरकारमा गृहमन्त्री समेत भइसकेका खुमबहादुर खडकासंग भारत र नेपालका बदमाश, पेशेवर अपराधीहरु अत्यन्तै झुम्मिने गर्दछन्। आफना सहयोगी र्समर्थक अपराधीहरुलाई उनी पैसा दिएर खुशी पार्ने र संरक्षण दिएर कारबाहीबाट सुरक्ष्ँित तुल्याउंछन्, यो उनको जन्मजात शोख हो, राजनीति कला कौशल हो। माओवादी सशस्त्र जनयुद्ध चरमोत्कर्षा पुगेपछि उनको राजनीति भविष्य चौपट भयो। प्रधानमन्त्री बन्ने महत्वाकांक्षा शून्य बन्यो। चर्चामा आए अनुसार हिजोआज उनी राजनीतिमा बहुरिन थालेका छन्। यसै अर्न्तर्गत देश दौडाहामा हिंडिरहेका छन्। विशेषगरी खुमबहादुर खडकाले आफनो राजनीति भ्रमणको थलो तर्राई मधेशलाई रोजेका छन्। खडकाको झडकाले कांग्रेसलाई नयां दिशामा डोर्‍याउन सक्ने कतिपय राजनीति षडयन्त्रकारी, अवसरवादी र बेइमानहरुको अनुमान पनि छ। खुमबहादुरको चलनचल्तीको अर्को नाम हो- खुन बहादुर। आफनो विपक्षीलाई समाप्त नै पार्नुपर्छ भन्ने उनको सिद्धान्त मात्र होइन, विगतमा देखापरेको व्यवहार पनि हो। माओवादीको हतियारको चु...

भक्तपुरमा ब्यबहारीक शैक्षिक भ्रमण

भक्तपुर , ९ कार्तिक । दशैं र तिहार सकिएको। बिद्यालयमा पढ्ने बिद्यार्थीहरुले दशैं तिहारमा दिक्षिणा र भैलो देउसी खेलेर केही रकम जम्मा गरेका छन्। यही रकमको सही सदुपयोग होस भनेर बिद्यालयहरुले शैक्षिक भ्रमणका कार्यक्रमहरु आयोजना गर्ने गर्दछन्। दशैं तिहार पछि दर्ुइ महिनामा नेपालका , धेरैजसो बिद्यालयहरले बिद्यार्थीहरुलाई शैक्षिक भ्रमण गराउने गर्दछन्। भक्तपुरमा केन्दि्रत शैक्षिक भ्रमण गराउदै आएका हरीत समूहका श्रीकृष्ण सितिखुलाई अवको एक ड्डेढ महिना सम्म बिद्यार्थीहरुलाई भक्तपुर देखाउदैमा फर्ुसद नहुने भएको छ। बिभिन्न बिद्यालयहरुले उनलाई आफ्ना बिद्यार्थीलाई भक्तपुर देखाउन अनुरोध गरिसकेका छन्।यो बेला प्राकृतिक रुपमा पनि , गर्मी मौसम सकेर जाडो याम शुरु हुने भएकोले भ्रमण जानको लागि उपयुक्त समय हो। भक्तपुर शहर पनि नेपालका प्रमुख शैक्षिक पर्यटकीय गन्तब्य मध्ये एक हो। बाह्रौ शताब्दी देखि चौधौ शताब्दीसम्म नेपाल उपत्यकाको राजधानी रहेको यस प्राचिन नगरको भ्रमण गर्नको लागि हरीत समूहले ...

पाकिस्तानमा आत्मघाती विस्फोटन, १२ प्रहरीको मृत्यु

काठमाडौं १४ भदौ। पाकिस्तानको स्वात उपत्यकामा रहेको एउटा प्रहरी चौकीमा आत्मघाती विष्फोट हुँदा कम्तीमा १२ प्रहरीको मृत्यु भएको छ। प्रहरीमा भर्ना हुन आवेदन गर्न लाम लागिरहेका बेला विष्फोट भएको हो। तालिवान विद्रोहीको हातबाट स्वात उपत्यका आफ्नो हातमा लिएको दाबी पाकिस्तानी सेनाले गरिरहेका बेला यो ठूलो आक्रमण भएको हो।