Skip to main content

आरोप र प्रत्यारोपबीच अपराध सम्बन्धि समाचार संप्रेषण गर्दा.......

जितेन्द्र साह-
मैंले राजधानीको सामाखुशी क्षेत्रका गुण्डा समूहका नाइके दिनेश अधिकारी ' चरी' लाई एसएमएस पठाएर दर्ुइ लाख रुपैया“ लिएको समाचार केहि सञ्चारमाध्यमले प्रकाशित र प्रसारित गर्‍यो। तर, रोचक पक्ष के छ भने अरुलाई आचार सहिंता सिकाउने पत्रपत्रिकाले यस बारेमा मेरो प्रतिक्रिया समेत लिन आवश्यक ठानेनन। उनीहरु आ-आफ्नै तालले जे मन लाग्यौं, त्यही लेखे।
एक टिभी च्यानलकी पत्रकारले औपचारिकता पूरा गर्नलाई मलाई यस बारेमा पर्ूव जानकारी नदिई झुक्याएर अन्तवार्ता लिन समेत पछि परिनन्। उनले मस“ग फोन सर्म्पर्क गर्दा के बारेमा सोध्ने समेत जानकारी दिन मानिनन्। उनलाई भेट्नुअघि र क्यामरा चालु गर्नुअघि एउटा विषयमा सोध्ने भनेर घुमाई फिर्राई चरीकै बारेमा सोधिन्। उनको मस“ग समग्र व्यवहार यस्तो थियो, मानौ म सुरक्षा निकाय र सरकारद्धारा घोषित ' मोस्ट वान्टेड' अपराधी हु“ वा कूनै भूमिगत संगठनको फरार सदस्य।
मेरो बारेमा यसरी लेखियो, मानौंकी म लाखौ रुपैया“ भ्रष्टाचार गरेर राजधानीमा आरामदायी जीवन बिताउने पत्रकार हु। कान्तिपुर पब्लिकेशन्समा एक दशक र पत्रकारिता क्षेत्रमा बिताएको डेढ दशकको अवधिमा आफ्नो कमाईले एउटा मोटरसाइकल, एउटा डेस्क टप कम्प्युटर, डिजिटल क्यामरा र पेन ड्राइभ समेत किन्न नसकेको यस श्रमजीवी पत्रकारमाथि औंला उठाउनु र केहि लेख्नु अघिसम्म कसैले सामान्य सोधपुछ समेत गरेनन्।
हुन त लामो समयदेखि अपराध क्षेत्रको समाचार संकलन गर्दा सामना गर्नुपर्ने यस्ता झुठो आरोप प्रत्यारोपबाट म अभ्यस्त भइसकेको छु। त्यही भएर मलाई यस बारेमा कुनै गुनासो वा दुःखेसो छैन। तर, उनीहरुले समाचार लेख्दा ' कमन सेन्स' को समेत प्रयोग गरेको देखिएन।
सबैले नबिर्सने तर्क के छ भने एक अपहरणकारी र ठगले समेत कोहिस“ग रकम माग्दा वा वार्गेनिङ गर्दा आफ्नो व्यक्तिगत मोबाइल वा घरको फोन प्रयोग गर्दैन। किनकी उनीहरुको नियत प्रमाण नछाडि रकम असुल्ने हुन्छ। उसले प्रमाण नछोड्नलाई सिसा लगाएका कसैले नचिन्ने र्सार्वजनिक टेलिफोन बुथ, कार्ड फोन, नम्बर डिस्प्ले नहुने मोबाइल, दर्ता नगरिएका फोन वा मध्यस्थकर्ताको सहारा लिन्छ। उस“ग रकम लिने नियत राखेको भए मैंले पनि त्यस्तै गर्थे।
एउटा दलाल वा ब्ल्याक मेलरले आफ्नै मोबाइलबाट एसएमएस पठाएर रकम माग्ने पट मर्ुखता पक्कै गर्दैन। त्यो पनि एउटा नभएर एकपछि अर्को गर्दै लगातार १० वटा पठाएको एसएमएसलाई ध्यानले पढ्ने हो भन्ने सत्य आफै बोल्छ। यतिका लामो समयदेखि अपराध क्षेत्रमा समाचार लेख्दै आएका एक जिम्मेबार पत्रकारले ' ब्ल्याकमेलिङ र घुस लिने' नियतले, त्यो पनि एउटा गुण्डालाई आफ्नै मोबाइल प्रयोग गरेर रकम माग्छन् भनेर विश्वास गर्नु आग्रह वा पर्ूवाग्रह नभै के हो त - मैंले नगद रकम लिएर उसको मुद्दा मिलाएको भन्ने सत्य मान्ने हो भने चरीलाई प्रहरी र अदालतले कारागार किन पठायो त -
यो वर्षखोज मूलक सूचना सम्प्रेषणमा भिन्न शैली अपनाई सत्य तथ्य पता लगाएर श्रृंखलावद्ध रुपमा आपराधिक समूह बारे समाचार लेखेको हुनाले यस खालको षडयन्त्रमूलक गतिविधि हुनसक्ने बारे सचेत भएकोले म अलिकति पनि विचलति भइन्।
हल्लै हल्लामा चर्केको मेरो स्थापित छवि र चरित्र धुम्ल्याउने प्रयास स्वरुप भएको यो विवाद बारे महानगरीय प्रहरी आयुक्त कार्यालयका प्रमुख एआईजी कल्याणकुमार तिमिल्सिनाले तत्कालै गराएको अनुसन्धानमा चरिस“ग रकम नलिएको र चरीले स्वयं यसलाई अस्वीकार गरिसकेको हुनाले मैंले यो विषयलाई तुल दिई रहन लायक ठानिन र मौन भएर बसे। तर, धेरै मित्रहरुले मेरो यो मौनतालाई नकारँत्मक रुपमा लिए र सत्यताको अर्को पाटो नबुझि मलाई शंकाको दृष्टिकोणले हेरे।
मैंले पत्रकारिता क्षेत्रमा बिताएको अवधि, दिएको योगदान र त्यागस“गै मेरो आर्थिक, सामाजिक र पारिवारीकस्थिति हर्ेदा समेत मैंले पेशामा आ“च आउनेे गतिविधि नगरेको स्वतः पुष्टि हुन आउ“छ। मेरो जीवनशैली र व्यक्तिगत सम्पति जा“च बुझ गर्दा पनि यस बारेमा र्छलङ्गै हुन्छ।
अपराध क्षेत्रको पनि फरक खालको समाचार संप्रेषण गर्दा मैंले सत्य, तथ्य र वास्तविकतासम्म पुग्नलाई अपनाउने तरिकाका कारणले मोबाइलमा गरिएको कुराकानी र पठाइएको एसएमएसले भ्रामक सन्देश दिन पुगेको हो। तर, सिक्काको दर्ुइटा पाटो झैं यस विषयलाई केलाउन आवश्यक छ। नत्र, कसैले पनि अपराध क्षेत्रको समाचार संप्रेषण गर्ने जोखिम मोल्दैन।
म कान्तिपुरको पत्रकार हु“ भन्दै परिचय दिंदा आपराधिक समूह र अवैध कार्यमा लागेकाले कहिल्यै पनि सत्य भन्दैनन्। उनीहरुको बारेमा जान्न उनीहरुकै स्तरमा झर्नु पर्ने र अनेक सुत्रहरु अपनाउनु पर्ने हुन्छ। मैंले यसअघि भेष बदलेर र परिचय लुकाई काठमाडौका डन, गुण्डा, यौन व्यवसायी, हतियार बेच्ने गिरोह,लागू औषध व्यवसायी र मसाज पार्लरमा लुकाएर राखिएका स-सानो बालबालिका पता लगाउने जोखिमपर्ूण्ा रुपमा सूचना संकलन गरेको छु।
मैंले उनीहरुको नजिक पुगेर विस्तृत सूचना संकलगन गर्न राता रात त्यस्ता गिरोहहरुस“ग हिंडने, सुत्ने, बस्ने, आफ्नै मोबाइलमा कुरा गर्ने र झुक्याउने खालका एसएमएस समेत पठाउने गरेको छु। यहि वर्षराजधानीमा खुलेआम हतियार बेचविखनको समाचार लेख्दा यसको कारोबारमा संलग्नलाई भेट्न बालाजु र कलंकी पुगेको थिए“। मैंले हतियार क्रेता भएर उनीहरुस“ग धेरै पटक गरेको कुराकानी र एसएमएस रर्ेकर्ड हर्ेर्ने हो भने त मेरो उनीहरुस“ग ठूलै सम्वद्ध देखिन्छ। मेरा शत्रु र विरोधीहरुले त्यो कल रर्ेकर्ड र एसएमएस पाउने हो भन्ने आफ्नो पत्रिकाको सबै पृष्ठ मेरै समाचार लेखेर भर्नेछन्।
ठमेलको मसाज पार्लरमा यौन व्यवसायकालागि लुकाएर राखिएका बालिका पता लगाउन म स्वयं भारतीय ग्राहक बनेर डिल गरेको छु। उनीहरुले मलाई ग्राहक ठानेर माग बमोजिम साना बालिका भेला गरेपछि मेरै सूचनामा प्रहरीले छापा मारेर उद्धार गरेको थुप्रै उदाहरणहरु छन्। यो बारेमा त्यतिबेला निरन्तर कान्तिपुरमा समाचार प्रकाशित भएको छ। तर, त्यो अघि यौनका दलाल र मसाज सञ्चालिकास“गको मेरो मोबाइल कुराकानी सुन्ने हो भन्ने म त ठूलै ग्राहक वा दलाल भएको भ्रम पर्न सक्छ। कतिपय स्थितिमा नजिकिएर सबै बुरा बुझनलाई मसाज र यौन अखडाकी सञ्चालिकास“ग लभको अभिनय समेत गरेको छु।
यसरी विभिन्न शैली अपनाएर ल्याएको सत्य सूचना बारेमा श्रृंखलावद्ध रुपमा कान्तिपुरमा वर्षरि प्रकाशित समाचार यहा“हरुले हेरे र्छलङ हुन्छ। चरिले आत्मर्सपर्मण गरेलगतै कान्तिपुरमा आएको समाचार पढदा पनि त्यतिखेरको वास्तविकता र्छलङ हुन्छ।
मैंले यस बारेमा सुरुमै सहकर्मिहरुलाई भन्दा योजना तुहिने हुनाले गोप्य रुपमा यस्ता धेरै सूचना संकलन गरेको छु जसका बारेमा नेपालका सुरक्षा निकायले राम्रैस“ग जानकारी राख्छ। चरिले आत्मर्समर्पण गर्नुअघि उस“ग मैंले भेटेको र अन्तवार्ता लिएको बारेमा कार्यालयमा पर्ूव जानकारी गराएर मौखिक रुपमा धेरै कुरा स्पष्ट गरिसकेको थिए। तर, मैंले कुनै पनि खालको आर्थिक लाभ लिने र संस्थाको मर्यादामा आ“च आउने काम नगरेको हुनाले म ढुक्क भएर बसे।
मैंले रकम मागेको झैं झुठो एसएमएस पठाएर अभिनय गरेको थाहा पाएपछि चरि र उसका समूहले आफ्नो बारे थप सूचना बाहिर नजाओस भनेर सर्म्पर्क तोडेका थिए। मैंले समाचार मार्फ सम्पर्ूण्ा नालीबेली बाहिर ल्याउन र अपराधको कटघरासम्म पुरयाउन प्रयास गरेको उसले समेत थाहा पाइसकेको हुनाले मैंले यस बारेमा धेरै गन्थन मन्थन गर्नु पर्दैन। उस“ग मेरो कुनै खालको व्यक्तिगत, व्यावसायिक र अनैतिक सा“गगाठ नभएको प्रहरीले खुलाइ सकेको हुनाले मैंले यस बारेमा धेरै भनिरहनु पर्दैन।
मैंले चरिलाई सरेन्डर गर्नुभन्दा अघि दर्ुइ पटक र सरेन्डर गरिसकेपछि हनुमान ढोका प्रहरी कार्यालयमा एक पटक भेटेको छु। उसले स्वयं पनि मलाई ' दाइले हरेक टि्रक अपनाएर मेरो आपराधिक नालीबेली बाहिर ल्याएपनि मैंले गरेको सम्पर्ूण्ा अपराधी स्वीकारेर सुध्रि नया“ जीव जीउने छु' भन्ने भनेका छन्।
मेरो बारेमा सञ्चारमाध्यम, फेस बुक र इमेल प्रयोग गरेर पहिलो पटक प्रोपोगण्डा भएतापनि योअघि श्रीषा कार्की आत्महत्या बारे समाचार लेख्दा जनआस्था साप्ताहिकले र ठमेलका मसाज पार्लरमा स-साना बालिकालाई यौन व्यवसायमा लगाएको बारे स्थलगत रिपोर्टिङ गर्दा केहि पत्रपत्रिकाहरुले मोटो रकम लिएको, यौन शोषण गरेको र आफै यौन कार्यमा लिप्त भएको समेत समाचार लेखिसकेका छन्। मैंले चिन्दै नचिनेका जुवा घरका सञ्चालकहरुबाट रकम लिएको भ्रामक समाचार समेत धेरैले लेखे।
आपराधिक समूहले यौन अखडाका सञ्चालक, सञ्चालिका र मसाजका केटीलाई समेत प्रयोग गरेर मेरो बारेमा स्थानीय पत्रपत्रिकामा झुठो खबर संप्रेषण गरेको थुप्रै घटनाहरु छन्। आपराधिक समूहका नाइकेहरु र अवैध धन्दामा लागेकाले मलाई जबरजस्ती दिएको नगद रकम फर्काएका थुप्रै घट्ना बारे अपराध सम्बन्धि समाचार संप्रेषण गर्ने अधिकांश सहकर्मिलाई थाहा छ। एक डनले मेरो एकाउन्ट नम्बर पता लगाएर त्यसमा रकम हालेर मलाई बदनाम गर्न समेत पछि परेनन्। तर, उनलाई मैंले अब आइन्दा त्यस्ता नगर्नु होला भन्ने सख्त चेतावनी दिएर रकम फर्काए“।
म यस्तो हल्लाको पछि लागेर कहिल्यै पनि समय बर्बाद गर्न चाहिन। किनकी चरित्र हत्या गर्नेले रकम खर्चेर नक्कली पात्र खडा गरेर पनि आरोप लगाउने गरेका थुप्रै घट्नाहरु मैंले अनूभूति गरिसकेको छु। सत्यको सद्यैं जीत हुने विश्वासकासाथ अहिलेसम्म म आफ्नो कर्म क्षेत्रमा सक्रिय छु। पाठकले पा“च मिनटमा पढेर सकाउने यस प्रकारका समाचारकालागि सूचना संकलन गर्दा पा“चौ महिना लाग्ने गरेको पीडा संवाददाता र सम्पादक बाहेक अरुले बुझदैनन्। -अचभबतष्खझष्लमद्दज्ञ२gmबष्।अिom

Comments

Popular posts from this blog

भक्तपुरमा ब्यबहारीक शैक्षिक भ्रमण

भक्तपुर , ९ कार्तिक । दशैं र तिहार सकिएको। बिद्यालयमा पढ्ने बिद्यार्थीहरुले दशैं तिहारमा दिक्षिणा र भैलो देउसी खेलेर केही रकम जम्मा गरेका छन्। यही रकमको सही सदुपयोग होस भनेर बिद्यालयहरुले शैक्षिक भ्रमणका कार्यक्रमहरु आयोजना गर्ने गर्दछन्। दशैं तिहार पछि दर्ुइ महिनामा नेपालका , धेरैजसो बिद्यालयहरले बिद्यार्थीहरुलाई शैक्षिक भ्रमण गराउने गर्दछन्। भक्तपुरमा केन्दि्रत शैक्षिक भ्रमण गराउदै आएका हरीत समूहका श्रीकृष्ण सितिखुलाई अवको एक ड्डेढ महिना सम्म बिद्यार्थीहरुलाई भक्तपुर देखाउदैमा फर्ुसद नहुने भएको छ। बिभिन्न बिद्यालयहरुले उनलाई आफ्ना बिद्यार्थीलाई भक्तपुर देखाउन अनुरोध गरिसकेका छन्।यो बेला प्राकृतिक रुपमा पनि , गर्मी मौसम सकेर जाडो याम शुरु हुने भएकोले भ्रमण जानको लागि उपयुक्त समय हो। भक्तपुर शहर पनि नेपालका प्रमुख शैक्षिक पर्यटकीय गन्तब्य मध्ये एक हो। बाह्रौ शताब्दी देखि चौधौ शताब्दीसम्म नेपाल उपत्यकाको राजधानी रहेको यस प्राचिन नगरको भ्रमण गर्नको लागि हरीत समूहले

होटल मालिकद्वारा बाल श्रमिक नराख्ने प्रतिबद्धता

खेम बोलखे हेटौडा, ९ फागुन । हेटौंडा-११ थानाभर्‍याङमा रहेको होटल बैशालीका मालिक शेखर मैनालीले आफ्नो होटलमा १४ वर्षमुनिका बालबालिकालाई काममा नलगाउने प्रतिवद्धता जनाउनु भएको छ । मकवानपुर जिल्लामा क्रियाशील अधिकारकर्मी र सरकारी निकायका प्रतिनिधिहरुस“गको छलफलमा उहाँले यस्तो प्रतिवद्धता जनाउनु भएको हो । विगतका दिनमा कानूनी प्रावधान थाहा नहुँदा उहा“ले बालश्रमिक राख्नु भएको थियो ।     सो होटलमा कार्यरत ६ जना बाल श्रमिकहरुलाई यही फागुन ४ गते अधिकारकर्मीहरुले उद्धार गरेका थिए । होटलमा कार्यरत उदयपुर कटारीका १४ वषर्ीय जीवन बुढाथोकी, १५ वषर्ीय प्रकाश मगर, १२ वषर्ीय रमेश मगर, हेटौंडा-१० न्यूरेनीका १४ वषर्ीय राजु परियार, बारा निजगढका १४ वषर्ीय मिनबहादुर मोक्तान र १६ वषर्ीय विकास र्राईलाई होटल मालिक मैनालीले घर फर्केर विद्यालय पढ्न र सिप सिक्नका लागि ५/५ हजारका दरले सहयोग गर्नु भएको छ । सहयोग रकम अधिकारकर्मीहरुको रोहवरमा जिल्ला बाल कल्याण समिति मकवानपुरका बाल अधिकार अधिकृत संगीता पौडेललाई हस्तान्तरण गरिएको छ ।     साथै,  बालबालिकाको हितका लागि हेटौंडा नगर पालिकाको तर्फाटपनि सहयोग गर्न सकिने समाज क

वीरगंजमा सुंगुर आतंक

वीरगंज ९ भदौ । वीरगंज उपमहानगरपालिकाका सरसफाइ कर्मचारी दलित जाति र अन्यले पालेको सुंगुरहरु दिनभर शहर चहारेर चर्ने गरेका छन्। प्रत्येक दिन एक पटक कुनै समयमा एकै साथ झन्डै १०० वटा जति काला रोग सार्ने सुंगुर वीरगंज-१३ को अशोक वाटिका घडीअर्वा टोलमा छिरेर आतंक मच्चाउने गरेका छन्। काला फोहरी सुंगुर पानी जमेको ठाउँमा पुग्ने फोहरको डंगुरमा चर्ने प्रत्येक घर चहारेर घरको ढोका अगाडिको माटो खोतलेर खाल्डो बनाउने गर्दै आएका छन्। छाडा छाडिएको सुंगुरलाई पक्राउ गरी कारबाही गर्ने दायित्व नगर प्रहरीको हो। नगरपालिकाका सरसपाुइ कर्मचारीहरुले नै सुंगुर पालेर सार्वजनिक सडकमा छाड्ने गरेकोमा कस्ले गर्ने कारबाही वीरगंजको विभिन्न वडामा पालिएको सुंगुर मेनरोड हुंदै प्रत्येक दिन एकपटक अशोक वाटिका र घडीअर्वामा चर्न पुग्दछन्। स्वाइन पुलु रोग चम्केको बेला सुंगुर आतंकले वडावासी सशंकित बन्दै गएका छन्।