-कुबेरचन्द्र गौतम
वीरगंज, १६ कार्तिक । नेकपा माओवादी -मातृका यादव) समूहका कार्यकर्ताहरुद्वारा वीरगंज भन्सारका प्रमुख केवलप्रसाद भण्डारी निर्घर्ाापमा कुटिन पुगेका छन् ।
सिंगापुरबाट ल्याइएको १४ वटा तेल ट्याकंरमा रहेको पेट्रोलियम पदार्थ फर्निस आयलको नाममा डिजेल भित्र्याउन खोजिएको भनि गत कार्तिक ११ गते वीरगंज भन्सार यार्डमा राखिएको टयांकरमाथि अनुसन्धान गर्नुपर्ने मांग राख्दै नेकपा माओवादी -मातृका समूह)ले भन्सार कार्यालयमा निवेदन दिएका थिए ।
प्रमुख भण्डारीले सिंगापुरबाट ल्याइएको ९ वटा ट्याकंरको स्याम्पल परीक्षणको लागि पठाएको र ५ वटा ट्याकंर भारतबाट आएको भन्दै छाडेपछि आज माओवादी कार्यकर्ताले भन्सार प्रमुखलाई कुटपिट गरेको हो ।
सो घटनामा नेकपा माओवादीका डिसिएम धु्रव यादवलाई सशस्त्र प्रहरीले पक्राउ गरी हिरासतमा लिएको छ ।
Comments
Post a Comment