Skip to main content

सरकारले कर्डाईका साथ नियन्त्रण गर्छ

काठमाडौं, कात्तिक १६। सूचना तथा संचारमन्त्री शंकर पोखरेलले माओवादीले शान्ति सम्झौता भंग गर्ने अभ्रि्रायले नाकाबन्दी र स्वायत्त राज्य घोषणा गर्न लागेको भन्दै सरकारले कर्डाईका साथ प्रस्तुत हुने बताएका छन्। आज रिपोर्र्टर्स क्लब नेपालको साक्षात्कारमा बोल्दै कुनै हालतमा नाकाबन्दी र स्वायत्त राज्य घोषणा हुन नदिने बताउदै सरकार चुप लागेर नबस्ने स्पष्ट पारे।
'उपत्यका नाकाबन्दी र स्वायत्त राज्य घोषणा शान्ति सम्झौता र अन्तरिम संविधान विपरित हो,' सरकारका प्रवक्ता समेत रहेका मन्त्री पोखरेलले भने,'सरकार संविधानको रक्षा र शान्ति सुरक्षाका लागि आवश्यक कदम चाल्न पछि पर्दैन।' सरकारले माओवादी कदमलाई कसरी नियन्त्रणमा लिन्छ भन्ने संचारकर्मीको प्रश्नमा आवश्यक तयारी भइसकेको बताए। सरकारले संविधानको रक्षाका लागि चाल्ने कदमबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवारी माओवादीले लिनुपर्ने बताए। माओवादीले नाकाबन्दी र स्वायत्त राज्य घोषणा गर्नुपर्ूव आन्दोलन फिर्ता लिइसक्ने विश्वास व्यक्त गरे। फिर्ता नलिई जर्बजस्ती अगाडि बढ्न खोजे अराजक गतिविधि रोक्न वाध्य हुने स्पष्ट पारे।
रिपोर्र्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाको सभापतिमा सम्पन्न साक्षात्कारमा माओवादी आन्दोलनलाई शिविरका अयोग्य लडाकु र वाइसिएल दस्ताको सडक सहभागिताको संज्ञा दिए। आन्दोलनका नाममा गरिएका पछिल्ला गतिविधि नियन्त्रणका लागि सरकार आवश्यक परे शक्ति प्रयोग गर्न वाध्य हुने बताए। 'माओवादीले भनेको आन्दोलन शिविरका अयोग्य लडाकु र वाइसिएलको अराजक गतिविधि हो,' सरकारका प्रवक्ता समेत रहेका मन्त्री पोखरेलले भने,'अराजक गतिविधि रोक्न सरकार शक्ति प्रयोग गर्न समेत पछि पर्दैन।'
माओवादीले निर्वाचित सरकारलाई जर्बजस्ती हटाउन खोजेको भन्दै यसले उसको अलोकतान्त्रिक छवि उजागर भएको बताए। अलोकतान्त्रिक ढंगबाट गतिविधि संचालन गर्नु भनेको शान्ति सम्झौता भंग गर्न खोज्नु हो भन्दै उनले अगाडि भने,'सरकार शान्ति सम्झौता भंग गर्न खोज्नेमाथि कर्डाईका साथ प्रस्तुत हुन्छ।'

Comments

Popular posts from this blog

माओवादी विरुद्ध खडकाको अभियान

वीरगंज, २१ माघ। दाङ जिल्ला निवासी खुमबहादुर खडका नेपाली कांग्रेस पार्टर्ीी दोश्रो पुस्ताका नेता हुन्। नेपाली कांग्रेसको सरकारमा गृहमन्त्री समेत भइसकेका खुमबहादुर खडकासंग भारत र नेपालका बदमाश, पेशेवर अपराधीहरु अत्यन्तै झुम्मिने गर्दछन्। आफना सहयोगी र्समर्थक अपराधीहरुलाई उनी पैसा दिएर खुशी पार्ने र संरक्षण दिएर कारबाहीबाट सुरक्ष्ँित तुल्याउंछन्, यो उनको जन्मजात शोख हो, राजनीति कला कौशल हो। माओवादी सशस्त्र जनयुद्ध चरमोत्कर्षा पुगेपछि उनको राजनीति भविष्य चौपट भयो। प्रधानमन्त्री बन्ने महत्वाकांक्षा शून्य बन्यो। चर्चामा आए अनुसार हिजोआज उनी राजनीतिमा बहुरिन थालेका छन्। यसै अर्न्तर्गत देश दौडाहामा हिंडिरहेका छन्। विशेषगरी खुमबहादुर खडकाले आफनो राजनीति भ्रमणको थलो तर्राई मधेशलाई रोजेका छन्। खडकाको झडकाले कांग्रेसलाई नयां दिशामा डोर्‍याउन सक्ने कतिपय राजनीति षडयन्त्रकारी, अवसरवादी र बेइमानहरुको अनुमान पनि छ। खुमबहादुरको चलनचल्तीको अर्को नाम हो- खुन बहादुर। आफनो विपक्षीलाई समाप्त नै पार्नुपर्छ भन्ने उनको सिद्धान्त मात्र होइन, विगतमा देखापरेको व्यवहार पनि हो। माओवादीको हतियारको चु...

भक्तपुरमा ब्यबहारीक शैक्षिक भ्रमण

भक्तपुर , ९ कार्तिक । दशैं र तिहार सकिएको। बिद्यालयमा पढ्ने बिद्यार्थीहरुले दशैं तिहारमा दिक्षिणा र भैलो देउसी खेलेर केही रकम जम्मा गरेका छन्। यही रकमको सही सदुपयोग होस भनेर बिद्यालयहरुले शैक्षिक भ्रमणका कार्यक्रमहरु आयोजना गर्ने गर्दछन्। दशैं तिहार पछि दर्ुइ महिनामा नेपालका , धेरैजसो बिद्यालयहरले बिद्यार्थीहरुलाई शैक्षिक भ्रमण गराउने गर्दछन्। भक्तपुरमा केन्दि्रत शैक्षिक भ्रमण गराउदै आएका हरीत समूहका श्रीकृष्ण सितिखुलाई अवको एक ड्डेढ महिना सम्म बिद्यार्थीहरुलाई भक्तपुर देखाउदैमा फर्ुसद नहुने भएको छ। बिभिन्न बिद्यालयहरुले उनलाई आफ्ना बिद्यार्थीलाई भक्तपुर देखाउन अनुरोध गरिसकेका छन्।यो बेला प्राकृतिक रुपमा पनि , गर्मी मौसम सकेर जाडो याम शुरु हुने भएकोले भ्रमण जानको लागि उपयुक्त समय हो। भक्तपुर शहर पनि नेपालका प्रमुख शैक्षिक पर्यटकीय गन्तब्य मध्ये एक हो। बाह्रौ शताब्दी देखि चौधौ शताब्दीसम्म नेपाल उपत्यकाको राजधानी रहेको यस प्राचिन नगरको भ्रमण गर्नको लागि हरीत समूहले ...

पाकिस्तानमा आत्मघाती विस्फोटन, १२ प्रहरीको मृत्यु

काठमाडौं १४ भदौ। पाकिस्तानको स्वात उपत्यकामा रहेको एउटा प्रहरी चौकीमा आत्मघाती विष्फोट हुँदा कम्तीमा १२ प्रहरीको मृत्यु भएको छ। प्रहरीमा भर्ना हुन आवेदन गर्न लाम लागिरहेका बेला विष्फोट भएको हो। तालिवान विद्रोहीको हातबाट स्वात उपत्यका आफ्नो हातमा लिएको दाबी पाकिस्तानी सेनाले गरिरहेका बेला यो ठूलो आक्रमण भएको हो।