Skip to main content

गढीमाइ मेला संचालक समितिमा भांडभैलो र भ्रष्टाचार


बरियारपुर, १० मंसिर । पंचवर्षीय विश्व प्रसिद्ध गढीमाई मेला व्यवस्थित रुपमा संचालन गर्न बनेको श्री गढीमाइ मेला मूल समिति विवाद, गूटगत स्वार्थ र भ्रष्टाचारपरस्त गतिविधिका कारण दर्शनार्थीहरुको सर्वोत्तम हितका लागि उपयोगी बन्न नसकेको कुरा बाहिर आएको छ।
विशेषगरी नेपाल तथा भारतका गढीमाईप्रति अपार श्रद्धा भएका नरनारीहरु पंचवर्षीय गढीमाई मेला भर्न असंख्य रुपमा पुगे पनि मेला मूल समिति नै भांडभैलोको खाल्डोमा जाकिन पुगेबाट मेला समितिले उल्लेखनीय, प्रसंशनीय र लोकप्रिय हुने कुनै गतिविधि गर्न सकेन भनि टिप्पणी गर्ने प्रशस्त उदाहरणहरु छन्।
श्री गढीमाइ मेला मूल समितिमा रहेका पदाधिकारी, सदस्यहरुका बीचमा मेला संचालनका विषयमा सहमति सहकार्य र एकता देखा परेन। श्री गढीमाई मेला मूल समितिका वैधानिक अध्यक्ष एनेकपा माओवादी बाराका चर्चित नेता एवं संविधानसभा सभासद्, स्थानीय बासिन्दा शिवचन्द्र कुशवाहा ँजमिन’ रहे पनि अवैधानिक रुपमा एनेकपा माओवादी भोजपुरा राज्य बारा, पर्सर्ाा रौतहटका सचिव एवं शिक्ष्ँक तथा स्थानीयवासी रामबाबु यादवले गढीमाइ मेला मूल समिति अवैधानिक तरिकाले समानान्तर रुपमा संचालन गरी मूल समितिको नीति र निर्ण्र्ााविपरित गतिविधि गरिरहेको थाहा हुन आएको छ।
गढीमाइ मन्दिर संचालन तथा विकास समितिका अध्यक्ष रामचन्द्र साहको समेत सहयोग पाएका रामबाबु यादवले नक्कली रसिद छपाएर जथाभावीसंग कर असूल गरेको पाइएको छ। रामबाबु यादव र शिवचन्द्र कुशवाहा दुवै माओवादी कार्यकर्ता भएर पनि उनीहरुमा व्यक्तिगत स्वार्थका कारण मेलमिलाप हुन नसक्दा मेलाको व्यवस्थापनका निकै कमी कमजोरी र भ्रष्टाचार मौलाउन भएको नाम नबताउने र्सतमा दुवैको क्रियाकलाप नजिकबाट नियालीरहेका स्थानीय एक माओवादी कार्यकर्ताले बताए।
वैधानिक रुपमा श्री गढीमाइ मेला मूल समितिको कार्यालय बरियारपुरस्थित श्री गढीमाइ महेन्द्र उच्च माध्यमिक विद्यालयमा रहेको छ र सो कार्यालयमा लगभग सवै संचारमाध्यमका प्रतिनिधि पुगेर मेला संचालनका बारेमा आवश्यक जानकारी लिएका थिए।
मेला मूल समितिका अध्यक्ष शिवचन्द्र कुशवाहा र सदस्य रामबाबु यादवबीचको चर्को अन्तरविरोध र गूटगत स्वार्थका कारण पंचवर्षीय मेलाबाट संकलन हुने ठूलो धनराशी डुबेको छ।
पंचवर्षीय श्री गढीमाइ मेलाको मुख्य पूजाको दिन सप्तमी तिथिका दिन नेपाल तथा भारतका दर्शनार्थीहरुले गढीमाईको भाकल स्वरुप ब्रम्हबाबा स्थानमा करिब १५ हजार रांगा महाबलिका रुपमा काटिने भएको छ।
सुरुका दिनमा मेला मूल समितिले प्रति रांगा रु २ हजारको दरले ठेक्का लगाउने तयारी गरिरहेको अवस्थामा मूल समितिमा गूट, फूट र लूटको अवस्था कायम हुंदा प्रतिगोटा रांगा छाला र मासुसहित रु ५ सयमा ठेक्का दिइएको छ। यस ठेक्का प्रकरण ठूलो घोटाला भएको छ। यो घोटाला कस्ले कसरी गर्‍यो भन्ने कुराको भण्डाफोर हुने मूल समितिका एक सदस्यले बताएका छन्।
मेला मूल समितिका अध्यक्ष शिवचन्द्र कुशवाहाले यस वर्षो मेलाबाट अनुमानित १२ करोड संकलन हुने आधार भए पनि आपसी फूट र असहयोगका कारण ३ करोड भन्दा बढी आम्दानी हुन नसक्ने बताउनुभएको छ। गढीमाइ क्ष्ँेत्रको विकासको लागि आफूले नेपाल सरकारबाट ठूलो बजेट रकम निकासा गराइ गुणस्तरीय कार्य गराइएको र स्थानीय जनताहरुले पनि आफूलाई बसी विश्वास गरेकोमा एउटै पार्टर्ीी विगतको आप\mना सहयोगीहरुले अन्तिम समयमा आएर आफूलाई असहयोग गरी मेलाबाट हुने आम्दानीको बाटोमा अवरोध पुर्‍याएको बताउनुभएको छ।
मेला समितिको आम्दानी, खर्च र समानान्तर समितिबाट उठाइएको रकमका बारेमा पब्लिक अडिट हुनुपर्ने कुरामा अध्यक्ष कुशवाहाले जोड दिनुभएको छ।
मेला मूल समितिले बोका, रांगा कर, जग्गा कर, मनोरन्जन कर, सवारी पार्किङ कर आदि लगाएको
छ।
समानान्तर समिति संचालन गरी मेलाबाट कर उठाउंदै आएका रामबाबु यादवको मोबाइल नं. ९८५५०४५०२९ मा सर्म्पर्क गर्न खोज्दा हुन सकेन।

Comments

Popular posts from this blog

माओवादी विरुद्ध खडकाको अभियान

वीरगंज, २१ माघ। दाङ जिल्ला निवासी खुमबहादुर खडका नेपाली कांग्रेस पार्टर्ीी दोश्रो पुस्ताका नेता हुन्। नेपाली कांग्रेसको सरकारमा गृहमन्त्री समेत भइसकेका खुमबहादुर खडकासंग भारत र नेपालका बदमाश, पेशेवर अपराधीहरु अत्यन्तै झुम्मिने गर्दछन्। आफना सहयोगी र्समर्थक अपराधीहरुलाई उनी पैसा दिएर खुशी पार्ने र संरक्षण दिएर कारबाहीबाट सुरक्ष्ँित तुल्याउंछन्, यो उनको जन्मजात शोख हो, राजनीति कला कौशल हो। माओवादी सशस्त्र जनयुद्ध चरमोत्कर्षा पुगेपछि उनको राजनीति भविष्य चौपट भयो। प्रधानमन्त्री बन्ने महत्वाकांक्षा शून्य बन्यो। चर्चामा आए अनुसार हिजोआज उनी राजनीतिमा बहुरिन थालेका छन्। यसै अर्न्तर्गत देश दौडाहामा हिंडिरहेका छन्। विशेषगरी खुमबहादुर खडकाले आफनो राजनीति भ्रमणको थलो तर्राई मधेशलाई रोजेका छन्। खडकाको झडकाले कांग्रेसलाई नयां दिशामा डोर्‍याउन सक्ने कतिपय राजनीति षडयन्त्रकारी, अवसरवादी र बेइमानहरुको अनुमान पनि छ। खुमबहादुरको चलनचल्तीको अर्को नाम हो- खुन बहादुर। आफनो विपक्षीलाई समाप्त नै पार्नुपर्छ भन्ने उनको सिद्धान्त मात्र होइन, विगतमा देखापरेको व्यवहार पनि हो। माओवादीको हतियारको चु...

भक्तपुरमा ब्यबहारीक शैक्षिक भ्रमण

भक्तपुर , ९ कार्तिक । दशैं र तिहार सकिएको। बिद्यालयमा पढ्ने बिद्यार्थीहरुले दशैं तिहारमा दिक्षिणा र भैलो देउसी खेलेर केही रकम जम्मा गरेका छन्। यही रकमको सही सदुपयोग होस भनेर बिद्यालयहरुले शैक्षिक भ्रमणका कार्यक्रमहरु आयोजना गर्ने गर्दछन्। दशैं तिहार पछि दर्ुइ महिनामा नेपालका , धेरैजसो बिद्यालयहरले बिद्यार्थीहरुलाई शैक्षिक भ्रमण गराउने गर्दछन्। भक्तपुरमा केन्दि्रत शैक्षिक भ्रमण गराउदै आएका हरीत समूहका श्रीकृष्ण सितिखुलाई अवको एक ड्डेढ महिना सम्म बिद्यार्थीहरुलाई भक्तपुर देखाउदैमा फर्ुसद नहुने भएको छ। बिभिन्न बिद्यालयहरुले उनलाई आफ्ना बिद्यार्थीलाई भक्तपुर देखाउन अनुरोध गरिसकेका छन्।यो बेला प्राकृतिक रुपमा पनि , गर्मी मौसम सकेर जाडो याम शुरु हुने भएकोले भ्रमण जानको लागि उपयुक्त समय हो। भक्तपुर शहर पनि नेपालका प्रमुख शैक्षिक पर्यटकीय गन्तब्य मध्ये एक हो। बाह्रौ शताब्दी देखि चौधौ शताब्दीसम्म नेपाल उपत्यकाको राजधानी रहेको यस प्राचिन नगरको भ्रमण गर्नको लागि हरीत समूहले ...

पाकिस्तानमा आत्मघाती विस्फोटन, १२ प्रहरीको मृत्यु

काठमाडौं १४ भदौ। पाकिस्तानको स्वात उपत्यकामा रहेको एउटा प्रहरी चौकीमा आत्मघाती विष्फोट हुँदा कम्तीमा १२ प्रहरीको मृत्यु भएको छ। प्रहरीमा भर्ना हुन आवेदन गर्न लाम लागिरहेका बेला विष्फोट भएको हो। तालिवान विद्रोहीको हातबाट स्वात उपत्यका आफ्नो हातमा लिएको दाबी पाकिस्तानी सेनाले गरिरहेका बेला यो ठूलो आक्रमण भएको हो।