Skip to main content

नेपाललाई हटाएमा संविधान बन्न नसक्ने

काठमाडौं, मंसिर १०। नेकपा एमाले स्थायी समिति सदस्य भरतमोहन अधिकारीले प्रधानमन्त्री माधवकुमार नेपाललाई हटाएमा संविधान बन्न नसक्ने जिकिर गरेका छन्। आज रिपोर्र्टर्स क्लब नेपालको साक्षात्कारमा बोल्दै सरकार बनाउने र ढलाउने खेल भए देशमा दर्ुघटना हुने बताए।
'माधवकुमार नेपाललाई हटाएमा संविधान बन्नसक्दैन,' अधिकारीले भने,'यही सरकारले संविधान निर्माण र शान्ति प्रक्रिया तार्किक निष्कर्षा पुर्‍याउनर्ुपर्छ।' सहमतिका लागि एकीकृत नेकपा माओवादी वर्तमान सरकारमा आउनुपर्ने बताए। देशले शान्ति प्रक्रियाका लागि स्पष्ट रोडम्याप खोजेको भन्दै दलहरुले यही सरकारलाई निरन्तरता दिएर अगाडि बढ्नुपर्ने बताए।
एकीकृत नेकपा माओवादी स्थायी समिति सदस्य देव गुरुङले तेस्रो जनआन्दोलनको चेतावनी दिए। उनले भने,'आन्दोलनले संसदीय पार्टर्ीीको हालत देखाइदिनेछ।' आन्दोलनमा दमन गर्न खोजे कडा कदम चाल्ने बताए।
तत्काल सहमति नभए देशको अस्मितानै खतरामा पर्ने बताए। देशलाई जोगाउन सबैले आ आफ्नो आग्रह पर्ूवाग्रह छाड्नुपर्ने बताए। उनले भने,'देश जोगाउने हो भने तत्काल सहमति बनाउनर्ुपर्छ।' राष्ट्रपति डा.रामवरण यादवले नागरिक सर्वोच्चतालाई कुल्चेको भन्दै सहमतिका लागि गल्ती सच्चाउनुपर्ने बताए। कू गर्ने अभ्यास गर्दा अहिलको अवस्था आएको बताए।
मधेशी जनअधिकार फोरम नेपाल लोकतान्त्रिकका प्रवक्ता जीतेन्द्र देवले आफ्ना दलका अध्यक्ष विजयकुमार गच्छेदारलाई प्रधानमन्त्री बनाउनुपर्ने बताए। गच्छेदार प्रधानमन्त्री बने सहमतिको नयां अध्याय शुरु हुने दाबी गर्दै भने,'लोकतन्त्रप्रति प्रतिवद्ध, निडर, लामो राजनीतिक अनुभव भएको, मधेशको जनजाति विजयकुमार गच्छेदारलाई प्रधानमन्त्री बनाएमा सहमति बन्नसक्छ।' माओवादीको नेतृत्वको सरकार असम्भव रहेको भन्दै सकेसम्म यही सरकारमा माओवादीलाई सहभागी हुन आग्रह गरे। माधवकुमार नेपाल हदैसम्म लचिलो र सरल व्यक्तित्व भएकाले आफ्नो दलले र्समर्थन जारी राख्ने बताए। माधव नेपाल अरु दलका लागि स्वीकार्य हुदै नभएमा गच्छेदार उत्तम विकल्प हुने उनको भनाई थियो।

Comments

Popular posts from this blog

माओवादी विरुद्ध खडकाको अभियान

वीरगंज, २१ माघ। दाङ जिल्ला निवासी खुमबहादुर खडका नेपाली कांग्रेस पार्टर्ीी दोश्रो पुस्ताका नेता हुन्। नेपाली कांग्रेसको सरकारमा गृहमन्त्री समेत भइसकेका खुमबहादुर खडकासंग भारत र नेपालका बदमाश, पेशेवर अपराधीहरु अत्यन्तै झुम्मिने गर्दछन्। आफना सहयोगी र्समर्थक अपराधीहरुलाई उनी पैसा दिएर खुशी पार्ने र संरक्षण दिएर कारबाहीबाट सुरक्ष्ँित तुल्याउंछन्, यो उनको जन्मजात शोख हो, राजनीति कला कौशल हो। माओवादी सशस्त्र जनयुद्ध चरमोत्कर्षा पुगेपछि उनको राजनीति भविष्य चौपट भयो। प्रधानमन्त्री बन्ने महत्वाकांक्षा शून्य बन्यो। चर्चामा आए अनुसार हिजोआज उनी राजनीतिमा बहुरिन थालेका छन्। यसै अर्न्तर्गत देश दौडाहामा हिंडिरहेका छन्। विशेषगरी खुमबहादुर खडकाले आफनो राजनीति भ्रमणको थलो तर्राई मधेशलाई रोजेका छन्। खडकाको झडकाले कांग्रेसलाई नयां दिशामा डोर्‍याउन सक्ने कतिपय राजनीति षडयन्त्रकारी, अवसरवादी र बेइमानहरुको अनुमान पनि छ। खुमबहादुरको चलनचल्तीको अर्को नाम हो- खुन बहादुर। आफनो विपक्षीलाई समाप्त नै पार्नुपर्छ भन्ने उनको सिद्धान्त मात्र होइन, विगतमा देखापरेको व्यवहार पनि हो। माओवादीको हतियारको चु...

भक्तपुरमा ब्यबहारीक शैक्षिक भ्रमण

भक्तपुर , ९ कार्तिक । दशैं र तिहार सकिएको। बिद्यालयमा पढ्ने बिद्यार्थीहरुले दशैं तिहारमा दिक्षिणा र भैलो देउसी खेलेर केही रकम जम्मा गरेका छन्। यही रकमको सही सदुपयोग होस भनेर बिद्यालयहरुले शैक्षिक भ्रमणका कार्यक्रमहरु आयोजना गर्ने गर्दछन्। दशैं तिहार पछि दर्ुइ महिनामा नेपालका , धेरैजसो बिद्यालयहरले बिद्यार्थीहरुलाई शैक्षिक भ्रमण गराउने गर्दछन्। भक्तपुरमा केन्दि्रत शैक्षिक भ्रमण गराउदै आएका हरीत समूहका श्रीकृष्ण सितिखुलाई अवको एक ड्डेढ महिना सम्म बिद्यार्थीहरुलाई भक्तपुर देखाउदैमा फर्ुसद नहुने भएको छ। बिभिन्न बिद्यालयहरुले उनलाई आफ्ना बिद्यार्थीलाई भक्तपुर देखाउन अनुरोध गरिसकेका छन्।यो बेला प्राकृतिक रुपमा पनि , गर्मी मौसम सकेर जाडो याम शुरु हुने भएकोले भ्रमण जानको लागि उपयुक्त समय हो। भक्तपुर शहर पनि नेपालका प्रमुख शैक्षिक पर्यटकीय गन्तब्य मध्ये एक हो। बाह्रौ शताब्दी देखि चौधौ शताब्दीसम्म नेपाल उपत्यकाको राजधानी रहेको यस प्राचिन नगरको भ्रमण गर्नको लागि हरीत समूहले ...

पाकिस्तानमा आत्मघाती विस्फोटन, १२ प्रहरीको मृत्यु

काठमाडौं १४ भदौ। पाकिस्तानको स्वात उपत्यकामा रहेको एउटा प्रहरी चौकीमा आत्मघाती विष्फोट हुँदा कम्तीमा १२ प्रहरीको मृत्यु भएको छ। प्रहरीमा भर्ना हुन आवेदन गर्न लाम लागिरहेका बेला विष्फोट भएको हो। तालिवान विद्रोहीको हातबाट स्वात उपत्यका आफ्नो हातमा लिएको दाबी पाकिस्तानी सेनाले गरिरहेका बेला यो ठूलो आक्रमण भएको हो।