-रमन गिरी-
पोखरा १० भदौ । गिद्ध संरक्षण दिवसको अवसरमा पोखरामा लोपहुन लागेका बिभिन्न प्रजातिका गिद्धको फोटो प्रर्दशन गरिने भएको छ।
गिद्धको संरक्षण गर्ने उद्देश्यले स्थापित एनिमल राइटसको आयोजना तथा नेपाल पत्रकार महासँघ कास्कीको सहयोगमा पोखरामा गिद्धको फोटो प्रदर्शन गर्न लागिएको हो । प्रदर्शनी भदौ २० गते पोखराको उद्योग बाणिज्य सँघको हलमा हुनेछ। प्रदर्शनीमा पोखराका पत्रकार कृष्णमणि बरालले पोखरा र आसपासका क्षेत्रमा खिचेका बिभिन्न पोजका ५५ वटा फोटो राखिने छ।
त्यस्तै चितवनमा रहेको गिद्ध रेष्टुरेण्टमा रहेका गिद्धका फोटो पनि राखिने नेपाल पत्रकार महासंघ कास्की सदस्य रमन गिरीले बताउनुभयो।
नेपालमा लोपोन्मुख सानो खैरो गिद्ध खैरो सुँन प्रजातीका गिद्ध लोपोन्मुख रहेका छन् । दक्षिण एसियामा पाइने गिद्ध मध्ये नेपालमा ८ प्रजातिका गिद्धहरु पाइने पत्रकार कृष्णमणि बरालले जानकारी दिनुभयो।

Comments
Post a Comment