Skip to main content

उत्सर्ग प्रकाशनमा घोषणा सभा

काठमाडौं, १० भदौं । उत्सर्ग प्रकाशन प्रा।लि अन्तर्गत गठित अखिल नेपाल
साचार तथा छापखाना प्रकाशन मजदुर संघ उत्सर्ग राजधानी इकाई प्रा।लिको
घोषणा सभा मंगलबार सम्पन्न भएको छ । प्रकाशन गृहको मेल गेटमै सम्पन्न
उक्त सभाले कैलास रोकाको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति घोषणा गर् यो

सभाले मजदुर कर्मचारी एवं श्रमजिवी पत्रकारहरुका साझा माग पुरा गराउन
संघर्षको घोषण पनि गरेको छ । जवर्जस्त करारपत्र भिराउने व्यवस्थापन
पक्षको रवैया सम्पूर्ण श्रमजीवी कर्मचारी एवं मजदुरहरुलाई शोषण गर्ने
शैलीको निरन्तरता भएको ठहर गर्दै भेलाले त्यसको विकल्प संघर्ष बाहेक अरु
हुनै नसक्ने बताएको छ । साथै श्रमजिवी पत्रकार कर्मचारी एवं मजदुरहरुको
अधिकारका लागि संघर्ष जारी राख्ने प्रतिवद्धता पनि सभाले व्यक्त गरेको छ
। सभामा संगठनका पदाधिकारीहरुले सामुहिक रुपमा मजदुर आन्दोलनलाई निणार्यक
बनाएरै छाड्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।सभाको उद्घाटन गर्दै अखिल
नेपाल टे्रड युनियन महासंघ ललितपुर जिल्ला समन्वय समिति सदस्य एवं
माओवादी नेवा राज्य समिति सदस्य रुपक गुरुङले राजधानी दैनिकमा कार्यरत
श्रमजिवी पत्रकार एवं सम्पूर्ण कर्मचारीहरुले शुरु गरेको आन्दोलनप्रति
पार्टी र महासंघको पूर्ण समर्थन र साथ रहने प्रतिवद्धता व्यक्त गरे
।क्रान्तिकारी पत्रकार संघ राजधानी शाखाका कार्यबहाक अध्यक्ष डुण्डुराज
डिआर आचार्यले श्रमजिवी पत्रकारहरुले आपुनो हकअधिकार र पेशागत सुरक्षाका
लागि संघर्षरत रहन आग्रह गरेका थिए । ुश्रमजिवी पत्रकारहरुलाई फुटाउने र
पुन राज गर्ने व्यवस्थापन पक्षको शैलीले सम्पूर्ण श्रमजीवी पत्रकार एवं
कर्मचारीहरुलाई आक्रोशित बनाएको छु उनले भने । उनैको साचालन र कमिटीका
अध्यक्ष रोकाको अध्यक्षमा सम्पन्न सो सभामा मजदुर नेताहरु चन्द्रशेखर
अधिकारी मिलन बुढाथोकीले पनि शुभकामना व्यक्त गरेका थिए ।
५ भदांैमा श्रम तथा यातायात मन्त्रालय अन्तर्गत बाग्मती अाचलको श्रम
कार्यालयले प्रमाणपत्र उपलब्ध गराएपछि सो संगठनले बैधानिकता पाइसकेको छ ।
दर्ता नंम्बर २६३९ भएको प्रतिष्ठानको टे्रड यूनियनको दर्ता प्रमाणपत्र
श्रम तथा यातायात व्यवस्था मन्त्रालय श्रम विभाग अन्तर्गत बाग्मति अाचलको
श्रम कार्यालयले ५ भदौंमा उपलब्ध गराएको हो ।टे्रेड युनियन ऐन २०४९
संशोधनसमेत को दफा ३ को उपदफा ३ बमोजिम गरिएको उक्त प्रतिष्ठानलाई टे्रड
युनियन नियमावली २०५७ को नियम ४ र १४ बमोजिम श्रम कार्यालयले दर्ताको
प्रमाणपत्र उपलब्ध गराएको हो । संघमा कैलास रोक्काको अध्यक्षतामा ११
सदस्यीय कार्यसमिति छ भने उत्सर्गका प्रकाशन प्रा।लिमा कार्यरत कर्मचारी
तथा मजदुरहरु त्यसका साधारण सदस्य छन् ।यसैबीच राजधानी दैनिक सहकर्मी
दवाव समुहले मंगलबार नै एक ज्ञापनपत्र बुझाएको छ । मजदुरहरु र
कर्मचारीहरुको आन्दोलनप्रति पूर्ण ऐक्यवद्धता जनाउँदै समुहकातर्फबाट
जन्मदेव जैसीले सो ज्ञापनपत्र व्यवस्थापनसमक्ष बुझाएका हुन् । समुहमा
सम्पादन मार्केटिङ प्रेस सुरक्षालगायतका विभागको प्रतिनिधित्व गर्छ
।ज्ञापनपत्रमा पत्रकारसम्बन्धी ऐन २०५१ पहिलो संशोधन २०६४ लागु भइसकेकोको
स्थितिमा अझैपनि स्थापना कालदेखि काम गर्दै आएका पत्रकार कर्मचारी एवं
मजदुरहरुलाई जवर्जस्ती करारपत्र थम्याइएकोप्रति भत्स्रना एवं निन्दा
गरिएको छ । समुहले श्रम ऐन र श्रमजिवीसम्बन्धी पत्रकार ऐन अनुरुप
नियुक्तिपत्र सेवा सुविधान दिन माग पनि गरेको छ । साथै कर्मचारीका
मागप्रति व्यवस्थापन पक्ष गम्भीर नभए कडा संघर्षका कार्यक्रम घोषणा गर्न
बाध्य हुने चेतावनी पनि दिइएको छ । नेपाल पत्रकार महासंघ क्रान्तिकारी
पत्रकार संघ नेपाल प्रेस युनियन प्रेस चौतारी नेपालअखिल नेपाल टे्रड
युनियन महासंघ र सो दैनिकका प्रधानसम्पादकलाई ज्ञापनपत्र बोधार्थ गरिएको
छ ।

Comments

Popular posts from this blog

माओवादी विरुद्ध खडकाको अभियान

वीरगंज, २१ माघ। दाङ जिल्ला निवासी खुमबहादुर खडका नेपाली कांग्रेस पार्टर्ीी दोश्रो पुस्ताका नेता हुन्। नेपाली कांग्रेसको सरकारमा गृहमन्त्री समेत भइसकेका खुमबहादुर खडकासंग भारत र नेपालका बदमाश, पेशेवर अपराधीहरु अत्यन्तै झुम्मिने गर्दछन्। आफना सहयोगी र्समर्थक अपराधीहरुलाई उनी पैसा दिएर खुशी पार्ने र संरक्षण दिएर कारबाहीबाट सुरक्ष्ँित तुल्याउंछन्, यो उनको जन्मजात शोख हो, राजनीति कला कौशल हो। माओवादी सशस्त्र जनयुद्ध चरमोत्कर्षा पुगेपछि उनको राजनीति भविष्य चौपट भयो। प्रधानमन्त्री बन्ने महत्वाकांक्षा शून्य बन्यो। चर्चामा आए अनुसार हिजोआज उनी राजनीतिमा बहुरिन थालेका छन्। यसै अर्न्तर्गत देश दौडाहामा हिंडिरहेका छन्। विशेषगरी खुमबहादुर खडकाले आफनो राजनीति भ्रमणको थलो तर्राई मधेशलाई रोजेका छन्। खडकाको झडकाले कांग्रेसलाई नयां दिशामा डोर्‍याउन सक्ने कतिपय राजनीति षडयन्त्रकारी, अवसरवादी र बेइमानहरुको अनुमान पनि छ। खुमबहादुरको चलनचल्तीको अर्को नाम हो- खुन बहादुर। आफनो विपक्षीलाई समाप्त नै पार्नुपर्छ भन्ने उनको सिद्धान्त मात्र होइन, विगतमा देखापरेको व्यवहार पनि हो। माओवादीको हतियारको चु...

भक्तपुरमा ब्यबहारीक शैक्षिक भ्रमण

भक्तपुर , ९ कार्तिक । दशैं र तिहार सकिएको। बिद्यालयमा पढ्ने बिद्यार्थीहरुले दशैं तिहारमा दिक्षिणा र भैलो देउसी खेलेर केही रकम जम्मा गरेका छन्। यही रकमको सही सदुपयोग होस भनेर बिद्यालयहरुले शैक्षिक भ्रमणका कार्यक्रमहरु आयोजना गर्ने गर्दछन्। दशैं तिहार पछि दर्ुइ महिनामा नेपालका , धेरैजसो बिद्यालयहरले बिद्यार्थीहरुलाई शैक्षिक भ्रमण गराउने गर्दछन्। भक्तपुरमा केन्दि्रत शैक्षिक भ्रमण गराउदै आएका हरीत समूहका श्रीकृष्ण सितिखुलाई अवको एक ड्डेढ महिना सम्म बिद्यार्थीहरुलाई भक्तपुर देखाउदैमा फर्ुसद नहुने भएको छ। बिभिन्न बिद्यालयहरुले उनलाई आफ्ना बिद्यार्थीलाई भक्तपुर देखाउन अनुरोध गरिसकेका छन्।यो बेला प्राकृतिक रुपमा पनि , गर्मी मौसम सकेर जाडो याम शुरु हुने भएकोले भ्रमण जानको लागि उपयुक्त समय हो। भक्तपुर शहर पनि नेपालका प्रमुख शैक्षिक पर्यटकीय गन्तब्य मध्ये एक हो। बाह्रौ शताब्दी देखि चौधौ शताब्दीसम्म नेपाल उपत्यकाको राजधानी रहेको यस प्राचिन नगरको भ्रमण गर्नको लागि हरीत समूहले ...

पाकिस्तानमा आत्मघाती विस्फोटन, १२ प्रहरीको मृत्यु

काठमाडौं १४ भदौ। पाकिस्तानको स्वात उपत्यकामा रहेको एउटा प्रहरी चौकीमा आत्मघाती विष्फोट हुँदा कम्तीमा १२ प्रहरीको मृत्यु भएको छ। प्रहरीमा भर्ना हुन आवेदन गर्न लाम लागिरहेका बेला विष्फोट भएको हो। तालिवान विद्रोहीको हातबाट स्वात उपत्यका आफ्नो हातमा लिएको दाबी पाकिस्तानी सेनाले गरिरहेका बेला यो ठूलो आक्रमण भएको हो।