Skip to main content

उच्चायुक्तको कार्यालयद्वारा भेदभाव र आर्थिक, सामाजिक तथा साँस्कृतिक अधिकारसम्बन्धी

काठमाडौँ, भदौ १०। उच्चायुक्तको कार्यालय…नेपालले आज "आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारसम्बन्धी प्रायः सोधिने प्रश्नहरू" नामक नेपाली पुस्तिका सार्वजनिक गर्‍यो। उच्चायुक्तको कार्यालय…नेपालले आफ्ना कामका सन्दर्भमा सामना गर्नुपरेका आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारको प्रकृति र उपभोगबारेका केही साझा प्रश्नहरूको उत्तर दिन उच्चायुक्तको कार्यालयले यो पुस्तिका तयार पारेको हो। यस पुस्तिकाले विशेषगरी पर्याप्त जीवनस्तरसँग सम्बन्धित प्रश्नहरूको जवाफ दिन्छ।
गहिरोसँग जरा हालेर बसेको भेदभाव, सीमान्तीकरण, बहिष्करण तथा लोकतत्रीकरणको अभाव द्वन्द्वका मूल कारणहरूमध्ये हुन् भन्ने कुरा व्यापक रूपमा स्वीकारिएको छ। नेपालमा शान्ति प्रक्रिया सफल हुनका लागि खाना, स्वास्थ्य, शिक्षा र आवासजस्ता मानिसहरूका आधारभूत आवश्यकता र अर्को अर्थमा भन्नुपर्दा आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारहरू प्राप्त हुनु आवश्यक छ।
यसै वर्षको अन्त्यतिर उच्चायुक्तको कार्यालय नेपालले मानवअधिकारबारे जनचेतना जगाउने केही सामग्रीहरू तयार पार्दैछ। दुई महिनाअघि सार्वजनिक एउटा सामग्री जाहेरी दर्खास्तसम्बन्धी चित्र पाठ थियो, जसले समानताको एउटा महत्त्वपूर्ण पक्षका रूपमा रहेको न्यायमा पहुँचसम्बन्धी कार्यविधिलाई प्रस्ट्याएको छ। यो पुस्तिका दोस्रो सामग्री हो। यी दुवै सामग्री व्यापक रूपमा पढिनेछन् भन्ने उच्चायुक्तको कार्यालयले अपेक्षा गरेको छ।
आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारसम्बन्धी प्राय सोधिने प्रश्नहरूको विमोचन समारोहमा भेदभाव र यसको प्रभावलाई दर्शाउने रङ्गमञ्चीय प्रस्तुति एवं नेपाल बी ब्वाइ एन्ड बी गर्ल्स तथा यौन अल्पसङ्ख्यकहरूको प्रतिनिधित्व गर्ने कलाकारहरूद्वारा विभिन्न समुदायहरूले भोग्नुपरेको भेदभाव तथा शिक्षा, स्वास्थ्य सेवा, रोजगारी तथा अन्य कुराहरू प्राप्त गर्ने व्यक्तहरूको अधिकारमा यसले कस्तो प्रभाव पारेको छ भन्नेसम्बन्धी नृत्य प्रदर्शनी गरिएको थियो।
"आर्थिक,सामाजिक तथा सांस्कृतिक अधिकार र भेदभावबारे सहज पहुँच पाइने जानकारी उपलब्ध गराउनाले साझेदारहरूलाई द्वन्द्वका मूल कारणलाई सम्बोधन गर्न तथा अन्ततोगत्वा दिगो शान्तिमा योगदान पुर्‍याउने आशा गरिएको छ", संयुक्त राष्ट्रसङ्‍घीय मानवअधिकार उच्चायुक्तका नेपालस्थित प्रतिनिधि रिचर्ड बेनेटले भन्नुभयो।

Comments

Popular posts from this blog

माओवादी विरुद्ध खडकाको अभियान

वीरगंज, २१ माघ। दाङ जिल्ला निवासी खुमबहादुर खडका नेपाली कांग्रेस पार्टर्ीी दोश्रो पुस्ताका नेता हुन्। नेपाली कांग्रेसको सरकारमा गृहमन्त्री समेत भइसकेका खुमबहादुर खडकासंग भारत र नेपालका बदमाश, पेशेवर अपराधीहरु अत्यन्तै झुम्मिने गर्दछन्। आफना सहयोगी र्समर्थक अपराधीहरुलाई उनी पैसा दिएर खुशी पार्ने र संरक्षण दिएर कारबाहीबाट सुरक्ष्ँित तुल्याउंछन्, यो उनको जन्मजात शोख हो, राजनीति कला कौशल हो। माओवादी सशस्त्र जनयुद्ध चरमोत्कर्षा पुगेपछि उनको राजनीति भविष्य चौपट भयो। प्रधानमन्त्री बन्ने महत्वाकांक्षा शून्य बन्यो। चर्चामा आए अनुसार हिजोआज उनी राजनीतिमा बहुरिन थालेका छन्। यसै अर्न्तर्गत देश दौडाहामा हिंडिरहेका छन्। विशेषगरी खुमबहादुर खडकाले आफनो राजनीति भ्रमणको थलो तर्राई मधेशलाई रोजेका छन्। खडकाको झडकाले कांग्रेसलाई नयां दिशामा डोर्‍याउन सक्ने कतिपय राजनीति षडयन्त्रकारी, अवसरवादी र बेइमानहरुको अनुमान पनि छ। खुमबहादुरको चलनचल्तीको अर्को नाम हो- खुन बहादुर। आफनो विपक्षीलाई समाप्त नै पार्नुपर्छ भन्ने उनको सिद्धान्त मात्र होइन, विगतमा देखापरेको व्यवहार पनि हो। माओवादीको हतियारको चु...

भक्तपुरमा ब्यबहारीक शैक्षिक भ्रमण

भक्तपुर , ९ कार्तिक । दशैं र तिहार सकिएको। बिद्यालयमा पढ्ने बिद्यार्थीहरुले दशैं तिहारमा दिक्षिणा र भैलो देउसी खेलेर केही रकम जम्मा गरेका छन्। यही रकमको सही सदुपयोग होस भनेर बिद्यालयहरुले शैक्षिक भ्रमणका कार्यक्रमहरु आयोजना गर्ने गर्दछन्। दशैं तिहार पछि दर्ुइ महिनामा नेपालका , धेरैजसो बिद्यालयहरले बिद्यार्थीहरुलाई शैक्षिक भ्रमण गराउने गर्दछन्। भक्तपुरमा केन्दि्रत शैक्षिक भ्रमण गराउदै आएका हरीत समूहका श्रीकृष्ण सितिखुलाई अवको एक ड्डेढ महिना सम्म बिद्यार्थीहरुलाई भक्तपुर देखाउदैमा फर्ुसद नहुने भएको छ। बिभिन्न बिद्यालयहरुले उनलाई आफ्ना बिद्यार्थीलाई भक्तपुर देखाउन अनुरोध गरिसकेका छन्।यो बेला प्राकृतिक रुपमा पनि , गर्मी मौसम सकेर जाडो याम शुरु हुने भएकोले भ्रमण जानको लागि उपयुक्त समय हो। भक्तपुर शहर पनि नेपालका प्रमुख शैक्षिक पर्यटकीय गन्तब्य मध्ये एक हो। बाह्रौ शताब्दी देखि चौधौ शताब्दीसम्म नेपाल उपत्यकाको राजधानी रहेको यस प्राचिन नगरको भ्रमण गर्नको लागि हरीत समूहले ...

पाकिस्तानमा आत्मघाती विस्फोटन, १२ प्रहरीको मृत्यु

काठमाडौं १४ भदौ। पाकिस्तानको स्वात उपत्यकामा रहेको एउटा प्रहरी चौकीमा आत्मघाती विष्फोट हुँदा कम्तीमा १२ प्रहरीको मृत्यु भएको छ। प्रहरीमा भर्ना हुन आवेदन गर्न लाम लागिरहेका बेला विष्फोट भएको हो। तालिवान विद्रोहीको हातबाट स्वात उपत्यका आफ्नो हातमा लिएको दाबी पाकिस्तानी सेनाले गरिरहेका बेला यो ठूलो आक्रमण भएको हो।