रौतहट १० भदा । जग्गा सम्बन्धी दुइ पक्षबीच झडप हुंदा दुइजना घाइते भएका छन् भने प्रहरीले हवाइ फायर गरेर घटनालाइ नियन्त्रणमा लिनुको साथै दशजनालाइ पक्राउ गरेको छ।
आज बिहान मानपुर विसुनपुरुवा-९ बस्ने राम प्रवेश यादव किशोर यादव विगु यादव र भदई यादव बीच झडप हुंदा वर्ष ४० को कान्तिपुर यादव गम्भीर घाइते भएका छन् भने विसुनपुर-८ बस्ने १८ वर्षीय अमित राय सामान्य घाइते भएका छन्।
घटनालाइ नियन्त्रणमा लिन प्रहरीले एक राउन्ड हवाइ फायर गर्नुको साथै दश जनालाइ पक्राउ गरेको मध्य Ôेत्र प्रहरी कार्यालय हेटौडाले जनाएको छ।
Comments
Post a Comment