Skip to main content

एसएसपीद्वारा गांजाको बिउ छर्ने र रोप्नेमाथि कडा कारबाही गर्ने निर्देशन



वीरगंज १० भदौ। नेपाल सरकारले उत्पादन ओसारपसार र बेचबिखन गर्न प्रतिबन्ध लगाएको गांजा पसा्र जिल्लामा प्रत्येक वर्ष लहलहाउने गर्दछ। पसा्र जिल्लामा गांजा राजनीतिले महत्वपूर्ण स्थान समेत ओगटदै आएको छ। दिनहुंजसो गांजाको ओसारपसार बिक्री वितरण र प्रहरीद्वारा छापामारी तथा बरामद हुने गरेको छ।

अंचल प्रहरी कार्यालय नारायणी वीरगंजका वरिष्ठ प्रहरी उपरीक्षँक टोपेन्द्रध्वज हमालले आपुनो मातहतका पांच जिल्ला बारा पसा्र रौतहट मकवानपुर र चितवनका सबै जिल्ला प्रहरी कार्यालय सबै इलाका प्रहरी कार्यालय प्रहरी चौकी र अस्थायी प्रहरी चौकीमा समेत परिपत्र पठाउन लगाइ गांजाको बिउ छर्ने र गांजाको बोट रोप्नेमाथि आवश्यक कानुनी कारबाही समयमा नै चलाउन कडा निर्देशन दिनुभएको जानकारीमा आएको छ।

एक स्रोतले बारा पसा्र मकवानपुर र रौटहट जिल्लामा व्यापक रुपमा गांजाको बिउ छर्ने कार्य कृषकहरुबाट भइरहेको जनाएको छ। गांंजाको बिउ भाद्र महिनामा छर्ने तयारी विरुवा खेतबारीमा असोज महिना भित्रमा रोप्ने र माघ महिनाभित्रमा तयारी अवैध गांजा काटेर आआफ्नो घरमा िभœयाइ मेशिनद्वारा प्रेस गरी बोरा र ड्रममा प्याक गरेर भारततर्फ चोरी निकासी गरिन्छ। गांजा कृषकहरुले गांजा नगदे बाली भएको र धान मकै खेती गर्दा १ हजार आम्दानी हुने खेतबारीमा गांजा रोप्दा १५ हजार आम्दानी हुने हुनाले जोखिम मोलेर अवैध गांजा खेती गरिने बताएका छन्। स्थानीय प्रहरी चौकी स्थानीय राजनीतिक दलका नेता कार्यकर्ता संचारकर्मीहरुलाई नगद नारायण बुझाएर अवैध गांजा खेतीको संरक्षँण बिगतका दिनहरुमा हुने गर्दथ्यो। गांजा खेतीका लागि प्रत्येक वर्ष भारतबाट विशेष अनुभवी मानिसहरु गांउघरमा भित्रिएर गांंजा खेती िभœयाएपछि फर्कने गर्दछन्। नारायणी अंचलका केही जिल्लामा प्रतिबन्धित गांजा र अफिम खेती गर्न नदिन निर्देशनको कार्यान्वयन गर्ने प्रहरी चौकी र इलाका प्रहरी कार्यालय अगाडि नै लहलहाएको विगत वर्षमा देखिएको थियो।

यस वर्ष पनि विगतको वर्षको जस्तै एसएसपीको निर्देशन निर्देशनका लागि निर्देशन मात्र हुने हो कि कार्यान्वयन गरिने हो त्यो एक महिनापछि छर्ल· हुन्छ। गांजा खेतीलाई संरक्षण गरेवापत विगतका दिनहरुमा प्रहरी संगठनमा पसा्र जिल्लाबाट मात्र २ करोड संकलन हुने गरेको एक प्रहरी स्रोतले बताएको छ। गांजा कृषक र प्रहरीबीच मध्यस्थता गर्ने दलालहरुको भूमिका पनि महत्वूर्ण हुन्छ। गांजाको बजार भारत भएकोले नेपाली कृषकले गांजा उत्पादन गरी भारत पठाएर आपुनो जीवनस्तर उठाइरहेका छन् भने हस्तक्षेप किन गर्ने भनी प्रश्न उठाउने पनि छन्।

Comments

Popular posts from this blog

माओवादी विरुद्ध खडकाको अभियान

वीरगंज, २१ माघ। दाङ जिल्ला निवासी खुमबहादुर खडका नेपाली कांग्रेस पार्टर्ीी दोश्रो पुस्ताका नेता हुन्। नेपाली कांग्रेसको सरकारमा गृहमन्त्री समेत भइसकेका खुमबहादुर खडकासंग भारत र नेपालका बदमाश, पेशेवर अपराधीहरु अत्यन्तै झुम्मिने गर्दछन्। आफना सहयोगी र्समर्थक अपराधीहरुलाई उनी पैसा दिएर खुशी पार्ने र संरक्षण दिएर कारबाहीबाट सुरक्ष्ँित तुल्याउंछन्, यो उनको जन्मजात शोख हो, राजनीति कला कौशल हो। माओवादी सशस्त्र जनयुद्ध चरमोत्कर्षा पुगेपछि उनको राजनीति भविष्य चौपट भयो। प्रधानमन्त्री बन्ने महत्वाकांक्षा शून्य बन्यो। चर्चामा आए अनुसार हिजोआज उनी राजनीतिमा बहुरिन थालेका छन्। यसै अर्न्तर्गत देश दौडाहामा हिंडिरहेका छन्। विशेषगरी खुमबहादुर खडकाले आफनो राजनीति भ्रमणको थलो तर्राई मधेशलाई रोजेका छन्। खडकाको झडकाले कांग्रेसलाई नयां दिशामा डोर्‍याउन सक्ने कतिपय राजनीति षडयन्त्रकारी, अवसरवादी र बेइमानहरुको अनुमान पनि छ। खुमबहादुरको चलनचल्तीको अर्को नाम हो- खुन बहादुर। आफनो विपक्षीलाई समाप्त नै पार्नुपर्छ भन्ने उनको सिद्धान्त मात्र होइन, विगतमा देखापरेको व्यवहार पनि हो। माओवादीको हतियारको चु...

भक्तपुरमा ब्यबहारीक शैक्षिक भ्रमण

भक्तपुर , ९ कार्तिक । दशैं र तिहार सकिएको। बिद्यालयमा पढ्ने बिद्यार्थीहरुले दशैं तिहारमा दिक्षिणा र भैलो देउसी खेलेर केही रकम जम्मा गरेका छन्। यही रकमको सही सदुपयोग होस भनेर बिद्यालयहरुले शैक्षिक भ्रमणका कार्यक्रमहरु आयोजना गर्ने गर्दछन्। दशैं तिहार पछि दर्ुइ महिनामा नेपालका , धेरैजसो बिद्यालयहरले बिद्यार्थीहरुलाई शैक्षिक भ्रमण गराउने गर्दछन्। भक्तपुरमा केन्दि्रत शैक्षिक भ्रमण गराउदै आएका हरीत समूहका श्रीकृष्ण सितिखुलाई अवको एक ड्डेढ महिना सम्म बिद्यार्थीहरुलाई भक्तपुर देखाउदैमा फर्ुसद नहुने भएको छ। बिभिन्न बिद्यालयहरुले उनलाई आफ्ना बिद्यार्थीलाई भक्तपुर देखाउन अनुरोध गरिसकेका छन्।यो बेला प्राकृतिक रुपमा पनि , गर्मी मौसम सकेर जाडो याम शुरु हुने भएकोले भ्रमण जानको लागि उपयुक्त समय हो। भक्तपुर शहर पनि नेपालका प्रमुख शैक्षिक पर्यटकीय गन्तब्य मध्ये एक हो। बाह्रौ शताब्दी देखि चौधौ शताब्दीसम्म नेपाल उपत्यकाको राजधानी रहेको यस प्राचिन नगरको भ्रमण गर्नको लागि हरीत समूहले ...

पाकिस्तानमा आत्मघाती विस्फोटन, १२ प्रहरीको मृत्यु

काठमाडौं १४ भदौ। पाकिस्तानको स्वात उपत्यकामा रहेको एउटा प्रहरी चौकीमा आत्मघाती विष्फोट हुँदा कम्तीमा १२ प्रहरीको मृत्यु भएको छ। प्रहरीमा भर्ना हुन आवेदन गर्न लाम लागिरहेका बेला विष्फोट भएको हो। तालिवान विद्रोहीको हातबाट स्वात उपत्यका आफ्नो हातमा लिएको दाबी पाकिस्तानी सेनाले गरिरहेका बेला यो ठूलो आक्रमण भएको हो।