Skip to main content

ओभरटाइमको नाममा नेपाल बैंकमा भ्रष्टाचार



वीरगंज १० भदौ। नेपाल बैंक लिमिटेड सिटी अफिस वीरगंजका केही कर्मचारीहरुले निमित्त व्यवस्थापक मूलको मिलोमतोमा ओभरटाइम गरेको किर्ते प्रतिवेदन मुचुल्का बनाइ रु ४५ हजार भ्रष्टाचार गरेको तथ्य सार्वजनिक भएको छ।

निजी बैंकहरुको प्रतिस्पर्धात्मक दौडमा समय अनुकूल बैंकिङ नीति नियम परिवर्तन नभएबाट विगतको तुलनामा डिपोजिट कर्जा प्रवाह एवं रेमिटेन्स जस्तो कारोबार कम गरिरहेको सो बैंकका कर्मचारीहरु बैंकमा काम कम भएबाट आधा दिन गफ चुटेर बस्ने अवस्था रहेको बखत ओभर टाइमको नाममा सो भ्रष्टाचार गरेको बताइन्छ।

प्राप्त स्रोतका आधारमा उक्त बैंकले ऋण लगानी गरेको करोडौं रकम खराब कर्जा भइसक्दा पनि रकम उठाउन नसकेको वर्तमान अवस्थामा केन्द्रीय कार्यालय काठमाडौंले नयां कर्जा प्रवाह गर्न अग्रसरता नदेखाएको बखत कर्मचारीहरुको लिष्ट बनाइ बैंकका निमित्त मैनेजर मूलको सल्लाह अनुरुप ओभरटाइम शिर्षक अन्तर्गत ४५ हजार रुपैयां बैंकबाट झिकी निजी खातामा जम्मा गरेको बताइन्छ।

सोही स्रोतका अनुसार केही दिन अघि सो बैंकका १० जना अवकाश प्राप्त कर्मचारीहरुलाई निमित्त मैनेजर मूल एवं केही कर्मचारीहरुले भव्य बिदाइ पार्टी दिएकोमा उक्त पार्टी समेत बैंककै अन्य खर्च भइ जाने शिर्षकबाट रकम झिकी खर्च गरेको बताइन्छ।

केन्द्रीय कार्यालय काठमाडौंबाट बैंकको आर्थिक लेखाजोखा अनुगमनका लागि हालै खटाइ पठाएको दुईजना विज्ञहरुको उपस्थिति कै बखत गरिएको यस भ्रष्टाचारले खाने मुखलाई जुंगाले छेक्दैन भन्ने उखानलाई चरितार्थ गरेको छ।

यसैगरी नेपाल बैंक लिमिटेड सिटी अफिस वीरगंजका निमित्त व्यवस्थापक रामहरि मूलले सोही बैंकका हालै अवकाश प्राप्त खजााची वरिष्ठ सहायक ओमबहादुर श्रेष्ठलाई बैंक नियमावली विपरित स्पष्टीकरण सोधेको विरोधमा आज तीनवटा बैंक कर्मचारी संस्था एवं सोही बैंकका कर्मचारीहरुले निमित्त व्यवस्थापक मूललाई करिब तीन घण्टा घेराउ गरेपश्चात केन्द्रीय कार्यालयले गलत रुपमा पठाएको स्पष्टीकरण फिर्ता लिएको छ।

उक्त बैंकमा करिब ३२ वर्षदेखि काम गर्दै आएका खजााची वरिष्ठ सहायक श्रेष्ठको सेवा अवधि श्रावण महिनामा समाप्त भएपश्चात सो पदमा श्यामकेशर श्रेष्ठलाई कार्यभार सुम्पिइ सुन-चांदी तथा नगद बुझबुझारथ गर्न बैंकले श्रावण ३२ गते पत्र िदंदै श्रावण मसान्त भित्रै सामान नबुझाएको भन्दै स्पष्टीकरण सोधेपश्चात बैंकका निमित्त व्यवस्थापक मूललाई घेराउ गरेका हुन्।

बैंक नियमावलीमा अवकाश प्राप्त कर्मचारीले अवकाश पाएको १५ दिनभित्र सामान बुझबुझारथ गर्ने व्यवस्था हुंदा समेत निमित्त व्यवस्थापक मूलको सिफारिसमा केन्द्रीय कार्यालय काठमाडौंले नियमावलीमा व्यवस्था भएको नियमको समयावधि भित्रै स्पष्टीकरण सोधेपश्चात कर्मचारी संस्था तथा सो बैंकका कर्मचारीहरुले निमित्त व्यवस्थापकलाई घेराउ गर्दै स्पष्टीकरण फिर्ता नलिएसम्म बैंकको सम्पूर्ण कार्य खुला छाड्ने र धर्ना दिने भनि युनियनले दबाब दिए पछि केन्द्रीय कार्यालयले उक्त स्पष्टीकरण फिर्ता लिएको थियो ।

सो घटना सम्बन्धमा वित्तीय संस्था कर्मचारी संघका क्षेत्रीय अध्यक्ष विनोदकुमार दुबेसंग वीरगंज टुडेले बुझ्दा निमित्त व्यवस्थापकको सिफारिसबाट स्पष्टीकरण पत्र गलत ढंगबाट केन्द्रले पठाएको हुंदा बैंकका निमित्त व्यवस्थापकको अन्यत्र सरुवा हुनुपर्ने स्पष्टीकरण फिर्ता लिनुपर्ने लगायत तीनवटा मांग राखेकै कारण केन्द्रले बाध्य भइ स्पष्टीकरण फिर्ता लिनुपर्ने अवस्था आउनु र सो कार्यमा निमित्त व्यवस्थापकले विवेक प्रयोग नगर्नु गलत भएको बताउनुभयो।

त्यसैगरी कर्मचारी संघ क्षँेत्रीय अध्यक्ष रोशन श्रेष्ठको भनाइ निमित्त व्यवस्थापकको कारण केन्द्रीय कार्यालयका मुख्य व्यवस्थापक वेवकूफ बन्नु पर् यो। तत्काल हामी निमित्त व्यवस्थापकको सरुवा गर्न पहल गर्दै छु भन्नुभयो।

वित्तीय कर्मचारी संघका अध्यक्ष विश्वनाथ प्रसाद जैसवाल एवं वैंक कर्मचारी संघका जिल्ला अध्यक्ष उमेश िसंहले गलत ढंगबाट कर्मचारी-कर्मचारीबीच राजनीति पूर्वाग्रही अनुरुप स्पष्टीकरण सोध्नु बैंकका निमित्त व्यवस्थापक मूलको नालायकीपन रहेको हुंदा निमित्त व्यवस्थापकको अन्यत्र सरुवा नहुाजेल हाम्रँे विरोध यथावत रहने बताउनुभयो।

Comments

Popular posts from this blog

भक्तपुरमा ब्यबहारीक शैक्षिक भ्रमण

भक्तपुर , ९ कार्तिक । दशैं र तिहार सकिएको। बिद्यालयमा पढ्ने बिद्यार्थीहरुले दशैं तिहारमा दिक्षिणा र भैलो देउसी खेलेर केही रकम जम्मा गरेका छन्। यही रकमको सही सदुपयोग होस भनेर बिद्यालयहरुले शैक्षिक भ्रमणका कार्यक्रमहरु आयोजना गर्ने गर्दछन्। दशैं तिहार पछि दर्ुइ महिनामा नेपालका , धेरैजसो बिद्यालयहरले बिद्यार्थीहरुलाई शैक्षिक भ्रमण गराउने गर्दछन्। भक्तपुरमा केन्दि्रत शैक्षिक भ्रमण गराउदै आएका हरीत समूहका श्रीकृष्ण सितिखुलाई अवको एक ड्डेढ महिना सम्म बिद्यार्थीहरुलाई भक्तपुर देखाउदैमा फर्ुसद नहुने भएको छ। बिभिन्न बिद्यालयहरुले उनलाई आफ्ना बिद्यार्थीलाई भक्तपुर देखाउन अनुरोध गरिसकेका छन्।यो बेला प्राकृतिक रुपमा पनि , गर्मी मौसम सकेर जाडो याम शुरु हुने भएकोले भ्रमण जानको लागि उपयुक्त समय हो। भक्तपुर शहर पनि नेपालका प्रमुख शैक्षिक पर्यटकीय गन्तब्य मध्ये एक हो। बाह्रौ शताब्दी देखि चौधौ शताब्दीसम्म नेपाल उपत्यकाको राजधानी रहेको यस प्राचिन नगरको भ्रमण गर्नको लागि हरीत समूहले

होटल मालिकद्वारा बाल श्रमिक नराख्ने प्रतिबद्धता

खेम बोलखे हेटौडा, ९ फागुन । हेटौंडा-११ थानाभर्‍याङमा रहेको होटल बैशालीका मालिक शेखर मैनालीले आफ्नो होटलमा १४ वर्षमुनिका बालबालिकालाई काममा नलगाउने प्रतिवद्धता जनाउनु भएको छ । मकवानपुर जिल्लामा क्रियाशील अधिकारकर्मी र सरकारी निकायका प्रतिनिधिहरुस“गको छलफलमा उहाँले यस्तो प्रतिवद्धता जनाउनु भएको हो । विगतका दिनमा कानूनी प्रावधान थाहा नहुँदा उहा“ले बालश्रमिक राख्नु भएको थियो ।     सो होटलमा कार्यरत ६ जना बाल श्रमिकहरुलाई यही फागुन ४ गते अधिकारकर्मीहरुले उद्धार गरेका थिए । होटलमा कार्यरत उदयपुर कटारीका १४ वषर्ीय जीवन बुढाथोकी, १५ वषर्ीय प्रकाश मगर, १२ वषर्ीय रमेश मगर, हेटौंडा-१० न्यूरेनीका १४ वषर्ीय राजु परियार, बारा निजगढका १४ वषर्ीय मिनबहादुर मोक्तान र १६ वषर्ीय विकास र्राईलाई होटल मालिक मैनालीले घर फर्केर विद्यालय पढ्न र सिप सिक्नका लागि ५/५ हजारका दरले सहयोग गर्नु भएको छ । सहयोग रकम अधिकारकर्मीहरुको रोहवरमा जिल्ला बाल कल्याण समिति मकवानपुरका बाल अधिकार अधिकृत संगीता पौडेललाई हस्तान्तरण गरिएको छ ।     साथै,  बालबालिकाको हितका लागि हेटौंडा नगर पालिकाको तर्फाटपनि सहयोग गर्न सकिने समाज क

वीरगंजमा सुंगुर आतंक

वीरगंज ९ भदौ । वीरगंज उपमहानगरपालिकाका सरसफाइ कर्मचारी दलित जाति र अन्यले पालेको सुंगुरहरु दिनभर शहर चहारेर चर्ने गरेका छन्। प्रत्येक दिन एक पटक कुनै समयमा एकै साथ झन्डै १०० वटा जति काला रोग सार्ने सुंगुर वीरगंज-१३ को अशोक वाटिका घडीअर्वा टोलमा छिरेर आतंक मच्चाउने गरेका छन्। काला फोहरी सुंगुर पानी जमेको ठाउँमा पुग्ने फोहरको डंगुरमा चर्ने प्रत्येक घर चहारेर घरको ढोका अगाडिको माटो खोतलेर खाल्डो बनाउने गर्दै आएका छन्। छाडा छाडिएको सुंगुरलाई पक्राउ गरी कारबाही गर्ने दायित्व नगर प्रहरीको हो। नगरपालिकाका सरसपाुइ कर्मचारीहरुले नै सुंगुर पालेर सार्वजनिक सडकमा छाड्ने गरेकोमा कस्ले गर्ने कारबाही वीरगंजको विभिन्न वडामा पालिएको सुंगुर मेनरोड हुंदै प्रत्येक दिन एकपटक अशोक वाटिका र घडीअर्वामा चर्न पुग्दछन्। स्वाइन पुलु रोग चम्केको बेला सुंगुर आतंकले वडावासी सशंकित बन्दै गएका छन्।