Skip to main content

अनमिनको भुमिकाबाट सरकार सन्तुष्ट छैन

काठमाडौं १० भदौ । पटक पटक माओवादी शिविरमा रहेका लडाकुहरु शिविर बाहिर हतियार सहित निस्कने क्रम बढिरहेकोमा सरकारले शिविरहरुको अनुगमन गरिरहेको संयुक्त राष्टसंघिय मिसन अनमिनको भुमिकाप्रति गंभीर असन्तुष्टी जनाएको छ।

कपिलबस्तुमा माओवादी सेनाका लडाकुहरु हतियार सहित शिविर बाहिर आएको घटनामा अनमिनले प्रभावकारी अनुगमन गर्न नसकेको शान्ति तथा पुर्ननिर्माण मन्त्री रकम चेम्जोङले बताएका छन।

रिपोर्टस क्लब नेपालले बुधवार आयाृेजना गरेको साक्षत्कार कार्यक्रममा बोल्दै मन्त्री चेम्जोङले भने कपिलबस्तुमा माओवादी लडाकुहरु बाहिर निस्केबाट अनमिनको अनुगमन फितलो भयो भन्ने सरकारलाई लागेको छ सरकारले तत्काल अनमिन प्रमुख करिन ल्याण्डग्रेनसग कुरा गरेर शान्तिसम्झौता अनुरुप माओवादी लडाकुहरु रहनुपर्दछ मान्यतामा अडिग छ।

रिपोर्टस क्लब नेपालका अध्यक्ष ऋषि धमलाको सभापतित्वमा सम्पन्न कार्यक्रममा मन्त्री चेम्जोङले माओवादी लडाकु तथा हतियारको अनुगमन अनमिनले प्रभावकारी ढंगबाट गर्नुपर्ने बताउदै यो बिषयमा अनमिनको संयुक्त हतियार अनुगमन समिति जेएमसिसि मा छलफल हुने बताए । उनले शिविरका सवै लडाुकले माओवादी नेताको सुरक्षामा जान नपाउने भन्दै माओवादी नेताको सुरक्षाका लागि अलगै हतियार तथा सेनालाई जिम्मेवारी दिएको बताए। उनले सरकारले द्धन्द ब्यावस्थापनको सहज अवतरणका लागि पक्राउ परेको लडाकुलाई अनमिनको जिम्मामा छोडिएको बताए । उनले भने अनमिनले ती लडाकु र हतियारको बारेमा छनविन गर्नका लागि जिम्मा लिने बताएकाले सरकारले उदारतापुर्वक छोडेको हो । मन्त्री चेम्जोडले यस्तो घटना पुन दोहोरिएमा सरकार कडा रुपमा प्रस्तुत हुने चेतावनी दिए । अब फेरी माओवादी लडाकु शिविर बाहिर देखिएमा सरकार कडा से कडा कारवाही गर्न पछि पर्नै छैन मन्त्री चेम्जेाडले भने। उनले माओवादीका अयोग्य लडाुकलाई कार्तिक भित्रमा शिविर बाहिर निकाल्ने सरकारी योजना भएको भए पनि माओवादीको असहयोगका कारण अहिले सम्म कुनै प्रगति हुन नसकेको बताए। उनले माओवादीको सहयोग भएको खण्डमा आगामि कात्तिक भित्रमा त्यो काम पुरा हुने दावी गरे।

माओवादीका लडाकुको समायोजन ब्यबस्थापन समायोजनमा सरकार गंभीर रहेको मन्त्री चेम्जोडले बताए। उनले सेना समायोजन बिशेष समिति माओवादीले अवरुद्ध पार्न खोजेको बताए। उनले संसद पनि अबरुद्ध गर्ने र सेना समायोजन समिति पनि अवरुद्ध पार्ने कामले शान्ति प्रकि्रयालाई तार्किक निष्कर्षमा पुर्याउन बाधा पार्ने बताए।अहिले जुन गतिरोध भइरहेको छ त्यो माअेावादीका कारणले भइरहेको छ मन्त्रीले माओवादलिाई चेतावनी दिदै भने यसलाई सरकारको कम्जोरी नठानियोस। तराई लगायत बिभिन्न भागमा शशस्त्र बिद्रोह गरी रहेका समूह सग सरकारले बार्ता गरीरहेको र यसका कारण हाल तराइृमा भएका हत्या िहंसा र अपहरणमा कमी आएको दावी गरे। भाषाको विवाद जटिल भएकोले यसलाई नचर्काउन उपराष्ट्रपतिलाई मन्त्री चेम्जोडले आग्रह गरे।

उनले भने उपराष्ट्रपतिले संविधानको संरक्षक भएकोले उहाँंले सर्बाैच्च्को आदेश पालना गर्नुहुन्छ भन्ने सरकारलाई बिश्वास छ र उहाँंले नेपालीमा शपथ लिनु नै उत्तम हुन्छ।

Comments

Popular posts from this blog

भक्तपुरमा ब्यबहारीक शैक्षिक भ्रमण

भक्तपुर , ९ कार्तिक । दशैं र तिहार सकिएको। बिद्यालयमा पढ्ने बिद्यार्थीहरुले दशैं तिहारमा दिक्षिणा र भैलो देउसी खेलेर केही रकम जम्मा गरेका छन्। यही रकमको सही सदुपयोग होस भनेर बिद्यालयहरुले शैक्षिक भ्रमणका कार्यक्रमहरु आयोजना गर्ने गर्दछन्। दशैं तिहार पछि दर्ुइ महिनामा नेपालका , धेरैजसो बिद्यालयहरले बिद्यार्थीहरुलाई शैक्षिक भ्रमण गराउने गर्दछन्। भक्तपुरमा केन्दि्रत शैक्षिक भ्रमण गराउदै आएका हरीत समूहका श्रीकृष्ण सितिखुलाई अवको एक ड्डेढ महिना सम्म बिद्यार्थीहरुलाई भक्तपुर देखाउदैमा फर्ुसद नहुने भएको छ। बिभिन्न बिद्यालयहरुले उनलाई आफ्ना बिद्यार्थीलाई भक्तपुर देखाउन अनुरोध गरिसकेका छन्।यो बेला प्राकृतिक रुपमा पनि , गर्मी मौसम सकेर जाडो याम शुरु हुने भएकोले भ्रमण जानको लागि उपयुक्त समय हो। भक्तपुर शहर पनि नेपालका प्रमुख शैक्षिक पर्यटकीय गन्तब्य मध्ये एक हो। बाह्रौ शताब्दी देखि चौधौ शताब्दीसम्म नेपाल उपत्यकाको राजधानी रहेको यस प्राचिन नगरको भ्रमण गर्नको लागि हरीत समूहले

होटल मालिकद्वारा बाल श्रमिक नराख्ने प्रतिबद्धता

खेम बोलखे हेटौडा, ९ फागुन । हेटौंडा-११ थानाभर्‍याङमा रहेको होटल बैशालीका मालिक शेखर मैनालीले आफ्नो होटलमा १४ वर्षमुनिका बालबालिकालाई काममा नलगाउने प्रतिवद्धता जनाउनु भएको छ । मकवानपुर जिल्लामा क्रियाशील अधिकारकर्मी र सरकारी निकायका प्रतिनिधिहरुस“गको छलफलमा उहाँले यस्तो प्रतिवद्धता जनाउनु भएको हो । विगतका दिनमा कानूनी प्रावधान थाहा नहुँदा उहा“ले बालश्रमिक राख्नु भएको थियो ।     सो होटलमा कार्यरत ६ जना बाल श्रमिकहरुलाई यही फागुन ४ गते अधिकारकर्मीहरुले उद्धार गरेका थिए । होटलमा कार्यरत उदयपुर कटारीका १४ वषर्ीय जीवन बुढाथोकी, १५ वषर्ीय प्रकाश मगर, १२ वषर्ीय रमेश मगर, हेटौंडा-१० न्यूरेनीका १४ वषर्ीय राजु परियार, बारा निजगढका १४ वषर्ीय मिनबहादुर मोक्तान र १६ वषर्ीय विकास र्राईलाई होटल मालिक मैनालीले घर फर्केर विद्यालय पढ्न र सिप सिक्नका लागि ५/५ हजारका दरले सहयोग गर्नु भएको छ । सहयोग रकम अधिकारकर्मीहरुको रोहवरमा जिल्ला बाल कल्याण समिति मकवानपुरका बाल अधिकार अधिकृत संगीता पौडेललाई हस्तान्तरण गरिएको छ ।     साथै,  बालबालिकाको हितका लागि हेटौंडा नगर पालिकाको तर्फाटपनि सहयोग गर्न सकिने समाज क

वीरगंजमा सुंगुर आतंक

वीरगंज ९ भदौ । वीरगंज उपमहानगरपालिकाका सरसफाइ कर्मचारी दलित जाति र अन्यले पालेको सुंगुरहरु दिनभर शहर चहारेर चर्ने गरेका छन्। प्रत्येक दिन एक पटक कुनै समयमा एकै साथ झन्डै १०० वटा जति काला रोग सार्ने सुंगुर वीरगंज-१३ को अशोक वाटिका घडीअर्वा टोलमा छिरेर आतंक मच्चाउने गरेका छन्। काला फोहरी सुंगुर पानी जमेको ठाउँमा पुग्ने फोहरको डंगुरमा चर्ने प्रत्येक घर चहारेर घरको ढोका अगाडिको माटो खोतलेर खाल्डो बनाउने गर्दै आएका छन्। छाडा छाडिएको सुंगुरलाई पक्राउ गरी कारबाही गर्ने दायित्व नगर प्रहरीको हो। नगरपालिकाका सरसपाुइ कर्मचारीहरुले नै सुंगुर पालेर सार्वजनिक सडकमा छाड्ने गरेकोमा कस्ले गर्ने कारबाही वीरगंजको विभिन्न वडामा पालिएको सुंगुर मेनरोड हुंदै प्रत्येक दिन एकपटक अशोक वाटिका र घडीअर्वामा चर्न पुग्दछन्। स्वाइन पुलु रोग चम्केको बेला सुंगुर आतंकले वडावासी सशंकित बन्दै गएका छन्।