वीरगंज, ५ असार । हेडमास्टरका मानिसहरुले कुटपिट गरेको विरोधमा विद्यार्थीहरुले अवरुद्ध गरेको वीरगंज-जीतपुर सडकखण्ड सुचारु भएको छ।
पर्साको लिपनीविर्ता मा रहेको नेपाल राष्ट्रिय मा.वि.का हेडमास्टर नियमित हाजिर नभएपछि विद्यार्थी र प्रअबीच झडप भएको थियो । झडपपछि प्रधानाध्यापक रामनारायण्ँ पटेलको परिवारजनले विद्यार्थीहरु विकास गुप्ता, जयप्रकाश साह, गंगा मण्डल, सरोज कुशवाहा, सुरेन्द्र पटेल, तेजनाथ यादव, अमिर प्रसाद कुशवाहा र अशेश्वर मण्डललाइ कुटपिट गरेपछि विद्यार्थीहरुले आज बिहानदेखि परवानीपुरको आंखा अस्पताल नजिकै चक्काजाम गरेका थिए।
Comments
Post a Comment