Skip to main content

सुर्यबिनायकमा चौथो पुस्ताको चिडियाघर

भक्तपुर, ९ मंसिर । नेपालमा चिडियाघरको इतिहासको खासै अध्ययन भएको छैन। जावलाखेलको चिडियारघरलाई नै नेपालको एक मात्र चिडियाघर मानिएको छ। तर गर्ने हो भने मल्ल कालमा भक्तपुरमा चिडियाघर रहेको पुष्टि हुन्छ। आधुनिक कालमा जंगली जनावरलाई थुनेर मानिसको मनोरञ्जनको लागि राखिने स्थानलाई चिडियाघर भन्ने गरिन्छ। मल्लकालको भक्तपुरको चिडियारघर यो परिभाषामा अर्थ लाग्दैन। मानव बस्तीमा नपाइने जीबजन्तुको मुर्ति कुडेर सहरको चोक र गल्लीमा बनाइ राखेर बास्तबिक जीबजन्तु नदेखेका मानिसहरु ती जीबको आकार प्रकार देखाउन भक्तपुरमा मल्लकालमा चिडियाघर बनेको भन्न सकिन्छ। यहाँका मन्दिरहरमा बनाइएका घोडा, उँट, सिह, सिकारी कुकुर, गैडा, बाघ, हाती, नाग, गोही, कछुवा लगायतका दर्जनौ जीबका मुर्तिहरु अहिले पनि छन्। कति जीबका मुर्तिहरु आगलागी र भुकम्पमा नास भए त्यसको लेखाजोखा छैन।
मल्लकाल पछि उदय भएको शाहबंशका शाषकहरु सिकारमा रुचि राख्दथे। बनमा भएका जीबजन्तु मारेर तिनको शरिर आफ्नो घर र दरवारहरुमा त्यतिबेला राज्य गर्नेहरुले सजाउनको लागि राख्थे। खासगरी राणाका दरवारहरुमा अहिले पनि केही त्यस किसिमका जीबहरुको लासलाई मुर्तिमा ढालेर राखेको हर्ेन पाइन्छ। केशर महल पुस्तकालयमा अहिले र्सबसाधरणले समेत दोश्रो पुस्तामा पर्ने यो चिडियारघर अहिले हर्ेन पाउछन्। निजि दरवारहरुमा रहेका जीबजन्तुको बारेमा भने सरकारी क्षेत्रबाट खोजनिति गर्नु पर्ने देखिन्थे।
स्वार्थी मानिसका कारण दर्ुलभ बन्यजन्तु नास भए पछि तिनको संरक्षणको लागि राष्ट्रिय प्रकृति संरक्षण कोषको अगुवाइमा जावलाखेलमा चिडियाघर बन्यो। त्यहाँका थुनिएका जीबहरु समेत मानिसहरुबाट हानी हुन थालेको छ। मानिसले अवोध जीबलाइ जिस्क्याउने र आफुले खान नहुने प्लाष्टिक तथा फलफुलका बोक्राहरु खान दिएको कारण केही जीबजन्तु अकालमा मर्न थाले। दुष्ट मानिसहरुबाट जनावरहरको सुरक्षाको लागि भने सुर्यबिनायकमा चौथो पुस्ताको चिडियाघर बन्ने कुरा चलेको छ।
सुर्यबिनायकको चिडियाघरमा मानिसलाई थुनेर जीबजन्तुको अवलोकन गराइनेछ। दुष्ट काम गर्नेहरुलाई कडा सजायँ गरिने ब्यबस्था गरिने बताइएको छ। प्रकृतिका सुन्दर जीबहरुको सुरक्षा र संरक्षणको लागि अबिलम्ब सुर्यबिनायक चिडियाघर तयार पार्न आबश्यक देखिन्छ। यस क्षेत्रलाई मनोरञ्जन स्थल भन्दा पनि संरक्षणको पाठ सिकाउने जुलोजिकल पार्क बनाउने सरकारी योजना रहेको छ। जुलोजिकल पार्कको बारेमा जनचेतना जगाउने दायित्व राष्ट्रिय प्रकृति संरक्षण कोषको हो। यदि यसो नगरिएमा पार्कमा पालिएका पशुपंक्षीको समेत भबिष्यमा तस्करी हुने सम्भावना रहन्छ।-

Comments

Popular posts from this blog

भक्तपुरमा ब्यबहारीक शैक्षिक भ्रमण

भक्तपुर , ९ कार्तिक । दशैं र तिहार सकिएको। बिद्यालयमा पढ्ने बिद्यार्थीहरुले दशैं तिहारमा दिक्षिणा र भैलो देउसी खेलेर केही रकम जम्मा गरेका छन्। यही रकमको सही सदुपयोग होस भनेर बिद्यालयहरुले शैक्षिक भ्रमणका कार्यक्रमहरु आयोजना गर्ने गर्दछन्। दशैं तिहार पछि दर्ुइ महिनामा नेपालका , धेरैजसो बिद्यालयहरले बिद्यार्थीहरुलाई शैक्षिक भ्रमण गराउने गर्दछन्। भक्तपुरमा केन्दि्रत शैक्षिक भ्रमण गराउदै आएका हरीत समूहका श्रीकृष्ण सितिखुलाई अवको एक ड्डेढ महिना सम्म बिद्यार्थीहरुलाई भक्तपुर देखाउदैमा फर्ुसद नहुने भएको छ। बिभिन्न बिद्यालयहरुले उनलाई आफ्ना बिद्यार्थीलाई भक्तपुर देखाउन अनुरोध गरिसकेका छन्।यो बेला प्राकृतिक रुपमा पनि , गर्मी मौसम सकेर जाडो याम शुरु हुने भएकोले भ्रमण जानको लागि उपयुक्त समय हो। भक्तपुर शहर पनि नेपालका प्रमुख शैक्षिक पर्यटकीय गन्तब्य मध्ये एक हो। बाह्रौ शताब्दी देखि चौधौ शताब्दीसम्म नेपाल उपत्यकाको राजधानी रहेको यस प्राचिन नगरको भ्रमण गर्नको लागि हरीत समूहले

होटल मालिकद्वारा बाल श्रमिक नराख्ने प्रतिबद्धता

खेम बोलखे हेटौडा, ९ फागुन । हेटौंडा-११ थानाभर्‍याङमा रहेको होटल बैशालीका मालिक शेखर मैनालीले आफ्नो होटलमा १४ वर्षमुनिका बालबालिकालाई काममा नलगाउने प्रतिवद्धता जनाउनु भएको छ । मकवानपुर जिल्लामा क्रियाशील अधिकारकर्मी र सरकारी निकायका प्रतिनिधिहरुस“गको छलफलमा उहाँले यस्तो प्रतिवद्धता जनाउनु भएको हो । विगतका दिनमा कानूनी प्रावधान थाहा नहुँदा उहा“ले बालश्रमिक राख्नु भएको थियो ।     सो होटलमा कार्यरत ६ जना बाल श्रमिकहरुलाई यही फागुन ४ गते अधिकारकर्मीहरुले उद्धार गरेका थिए । होटलमा कार्यरत उदयपुर कटारीका १४ वषर्ीय जीवन बुढाथोकी, १५ वषर्ीय प्रकाश मगर, १२ वषर्ीय रमेश मगर, हेटौंडा-१० न्यूरेनीका १४ वषर्ीय राजु परियार, बारा निजगढका १४ वषर्ीय मिनबहादुर मोक्तान र १६ वषर्ीय विकास र्राईलाई होटल मालिक मैनालीले घर फर्केर विद्यालय पढ्न र सिप सिक्नका लागि ५/५ हजारका दरले सहयोग गर्नु भएको छ । सहयोग रकम अधिकारकर्मीहरुको रोहवरमा जिल्ला बाल कल्याण समिति मकवानपुरका बाल अधिकार अधिकृत संगीता पौडेललाई हस्तान्तरण गरिएको छ ।     साथै,  बालबालिकाको हितका लागि हेटौंडा नगर पालिकाको तर्फाटपनि सहयोग गर्न सकिने समाज क

वीरगंजमा सुंगुर आतंक

वीरगंज ९ भदौ । वीरगंज उपमहानगरपालिकाका सरसफाइ कर्मचारी दलित जाति र अन्यले पालेको सुंगुरहरु दिनभर शहर चहारेर चर्ने गरेका छन्। प्रत्येक दिन एक पटक कुनै समयमा एकै साथ झन्डै १०० वटा जति काला रोग सार्ने सुंगुर वीरगंज-१३ को अशोक वाटिका घडीअर्वा टोलमा छिरेर आतंक मच्चाउने गरेका छन्। काला फोहरी सुंगुर पानी जमेको ठाउँमा पुग्ने फोहरको डंगुरमा चर्ने प्रत्येक घर चहारेर घरको ढोका अगाडिको माटो खोतलेर खाल्डो बनाउने गर्दै आएका छन्। छाडा छाडिएको सुंगुरलाई पक्राउ गरी कारबाही गर्ने दायित्व नगर प्रहरीको हो। नगरपालिकाका सरसपाुइ कर्मचारीहरुले नै सुंगुर पालेर सार्वजनिक सडकमा छाड्ने गरेकोमा कस्ले गर्ने कारबाही वीरगंजको विभिन्न वडामा पालिएको सुंगुर मेनरोड हुंदै प्रत्येक दिन एकपटक अशोक वाटिका र घडीअर्वामा चर्न पुग्दछन्। स्वाइन पुलु रोग चम्केको बेला सुंगुर आतंकले वडावासी सशंकित बन्दै गएका छन्।