Skip to main content

झूठो विवरण पेश गरी नेपाली नागरिकता प्रमाणपत्र लिने भारतीय नागरिकहरुलाई कारबाही हुने

वीरगंज, ५ मंसिर । ४० लाख मधेशीलाई नागरिकता प्रमाणपत्र दिने सिलसिलामा झूटो विवरण पेश गरी नेपाली नागरिकता प्रमाणपत्र झण्डै १५ लाख भारतीय नागरिकले लिन सफल भएका छन्।
नेपाली नागरिकता प्रमाणपत्र लिन बांकी रहेका प्रमाण पुगेका नेपाली मधेशी नागरिकलाई नागरिकता प्रमाणपत्र गृह मन्त्रालय अर्न्तर्गतको जिल्ला प्रशासन कार्यालयहरूले बांड्ने क्रममा राजनीतिक दलहरूका प्रतिनिधिहरूको शिफारिसका आधारमा नागरिकता प्रमाणपत्र वितरण गर्दा भारतीय आप्रवासी द्वैध नागरिकहरूले नेपाली नागरिकता प्रम्ााणपत्र सहज ढंगले प्राप्त गरेका हुन्। त्यस्ता नागरिकता प्रमाणपत्रको छानबिन गर्ने हो भने धेरैले लिएको नागरिकता प्रमाणपत्र रद्द हुन्छ। गृह मन्त्रालय नागरिकता महाशाखाले उजुरीका आधारमा झूठा विवरण पेश गरी नेपाली नागरिकता प्रमाणपत्र लिनेहरूको छानबिन गरिरहेको छ र झूटो ठहरिएमा नागरिकता प्रमाणपत्र रद्द गरी झुक्याइ नेपाली नागरिकता प्रमणपत्र लिने भारतीयहरूलाई जेल चलान गरी जरिवाना समेत हुने कुरा गृहका प्रवक्ताले बताएका छन्।
जिल्ला बारा, गाविस फत्तेपुर वडा नं. ७ बस्ने फूलमति साह गोढले सप्रमाण झूटो विवरण पेश गरी नेपाली नागरिकता प्रमाणपत्र लिने भारतीय नागरिक विरूद्ध गृह मन्त्रालयमा २०६६ साल श्रावण महिनामा एउटा उजुरी निवेदन दर्ता गराएकी छिन्।
मेघनाथ मिश्र भन्ने मोधनाथ मिश्र, नरेन्द्र मिश्र, सुन्दर मिश्र, बद्री मिश्र, धर्मेन्द्र मिश्र, लालबाबु झा र उनीहरूका धर्मपत्नीले बारा जिल्ला फत्तेपुर गाविस वडा नं. ७ बाट झूठो विवरण पेश गरी नेपाली नागरिकता प्रमाणपत्र लिएका छन्। भारतका क्रियाशील नागरिक भारत पजीवर्वा गांउ निर्वाचन क्ष्ँेत्र, क्रम संख्या ३०७ मतदाता नामावलीमा नाम उल्लेख भएका मोधनाथ मिश्रले मोदनाथ झाका नामबाट नेपाली नागरिकता प्रमाणपत्र लिइ फत्तेपुरमा घरघडेरी र खेत खरिद गरेका छन्। नेपाली नागरिकता लिन सफल भएका भारतमा जग्गा जमिन रहेको प्रमाण सहित कागजात उजुरीकर्ताले गृह मन्त्रालयमा पेश गरेका छन्। उजुरीकर्ताले आजसम्म आप\mनो उजुरीमा कारबाही अगाडि बढे, नबढेको जानकारी सम्बन्धित निकायबाट लिन चाहेका छन्। गृह मन्त्रालय र स्थानीय प्रशासनले उजुरीको बारेमा आवश्यक जानकारी उजुरीकर्तालाई नगराएमा भारतीय नागरिकउपर कानूनी कारबाही गराउन फत्तेपुरका देशभक्त नेपाली जनताहरूले जिल्ला प्रशासन कार्यालय बारामा धर्ना दिने तयारी गरिरहेको जानकारी हुन आएको छ।

Comments

Popular posts from this blog

भक्तपुरमा ब्यबहारीक शैक्षिक भ्रमण

भक्तपुर , ९ कार्तिक । दशैं र तिहार सकिएको। बिद्यालयमा पढ्ने बिद्यार्थीहरुले दशैं तिहारमा दिक्षिणा र भैलो देउसी खेलेर केही रकम जम्मा गरेका छन्। यही रकमको सही सदुपयोग होस भनेर बिद्यालयहरुले शैक्षिक भ्रमणका कार्यक्रमहरु आयोजना गर्ने गर्दछन्। दशैं तिहार पछि दर्ुइ महिनामा नेपालका , धेरैजसो बिद्यालयहरले बिद्यार्थीहरुलाई शैक्षिक भ्रमण गराउने गर्दछन्। भक्तपुरमा केन्दि्रत शैक्षिक भ्रमण गराउदै आएका हरीत समूहका श्रीकृष्ण सितिखुलाई अवको एक ड्डेढ महिना सम्म बिद्यार्थीहरुलाई भक्तपुर देखाउदैमा फर्ुसद नहुने भएको छ। बिभिन्न बिद्यालयहरुले उनलाई आफ्ना बिद्यार्थीलाई भक्तपुर देखाउन अनुरोध गरिसकेका छन्।यो बेला प्राकृतिक रुपमा पनि , गर्मी मौसम सकेर जाडो याम शुरु हुने भएकोले भ्रमण जानको लागि उपयुक्त समय हो। भक्तपुर शहर पनि नेपालका प्रमुख शैक्षिक पर्यटकीय गन्तब्य मध्ये एक हो। बाह्रौ शताब्दी देखि चौधौ शताब्दीसम्म नेपाल उपत्यकाको राजधानी रहेको यस प्राचिन नगरको भ्रमण गर्नको लागि हरीत समूहले

होटल मालिकद्वारा बाल श्रमिक नराख्ने प्रतिबद्धता

खेम बोलखे हेटौडा, ९ फागुन । हेटौंडा-११ थानाभर्‍याङमा रहेको होटल बैशालीका मालिक शेखर मैनालीले आफ्नो होटलमा १४ वर्षमुनिका बालबालिकालाई काममा नलगाउने प्रतिवद्धता जनाउनु भएको छ । मकवानपुर जिल्लामा क्रियाशील अधिकारकर्मी र सरकारी निकायका प्रतिनिधिहरुस“गको छलफलमा उहाँले यस्तो प्रतिवद्धता जनाउनु भएको हो । विगतका दिनमा कानूनी प्रावधान थाहा नहुँदा उहा“ले बालश्रमिक राख्नु भएको थियो ।     सो होटलमा कार्यरत ६ जना बाल श्रमिकहरुलाई यही फागुन ४ गते अधिकारकर्मीहरुले उद्धार गरेका थिए । होटलमा कार्यरत उदयपुर कटारीका १४ वषर्ीय जीवन बुढाथोकी, १५ वषर्ीय प्रकाश मगर, १२ वषर्ीय रमेश मगर, हेटौंडा-१० न्यूरेनीका १४ वषर्ीय राजु परियार, बारा निजगढका १४ वषर्ीय मिनबहादुर मोक्तान र १६ वषर्ीय विकास र्राईलाई होटल मालिक मैनालीले घर फर्केर विद्यालय पढ्न र सिप सिक्नका लागि ५/५ हजारका दरले सहयोग गर्नु भएको छ । सहयोग रकम अधिकारकर्मीहरुको रोहवरमा जिल्ला बाल कल्याण समिति मकवानपुरका बाल अधिकार अधिकृत संगीता पौडेललाई हस्तान्तरण गरिएको छ ।     साथै,  बालबालिकाको हितका लागि हेटौंडा नगर पालिकाको तर्फाटपनि सहयोग गर्न सकिने समाज क

वीरगंजमा सुंगुर आतंक

वीरगंज ९ भदौ । वीरगंज उपमहानगरपालिकाका सरसफाइ कर्मचारी दलित जाति र अन्यले पालेको सुंगुरहरु दिनभर शहर चहारेर चर्ने गरेका छन्। प्रत्येक दिन एक पटक कुनै समयमा एकै साथ झन्डै १०० वटा जति काला रोग सार्ने सुंगुर वीरगंज-१३ को अशोक वाटिका घडीअर्वा टोलमा छिरेर आतंक मच्चाउने गरेका छन्। काला फोहरी सुंगुर पानी जमेको ठाउँमा पुग्ने फोहरको डंगुरमा चर्ने प्रत्येक घर चहारेर घरको ढोका अगाडिको माटो खोतलेर खाल्डो बनाउने गर्दै आएका छन्। छाडा छाडिएको सुंगुरलाई पक्राउ गरी कारबाही गर्ने दायित्व नगर प्रहरीको हो। नगरपालिकाका सरसपाुइ कर्मचारीहरुले नै सुंगुर पालेर सार्वजनिक सडकमा छाड्ने गरेकोमा कस्ले गर्ने कारबाही वीरगंजको विभिन्न वडामा पालिएको सुंगुर मेनरोड हुंदै प्रत्येक दिन एकपटक अशोक वाटिका र घडीअर्वामा चर्न पुग्दछन्। स्वाइन पुलु रोग चम्केको बेला सुंगुर आतंकले वडावासी सशंकित बन्दै गएका छन्।