Skip to main content

अयोग्य लडाकुलाई नगद दिइदैन-शान्तिमन्त्री चेम्जोङ

अयोग्य लडाकुलाई पनि नगद व्यवस्था गर्नुपर्छ -माओवादी नेता प्रभाकर
काठमाडौं, मंसिर ५। शान्ति तथा पुननिर्माणमन्त्री रकम चेम्जोङले माओवादीका अयोग्य लडाकुलाई सरकारले नगद नदिने बताएका छन्। रिपोर्र्टर्स क्लब नेपालको साक्षात्कारमा बोल्दै सरकारले राजगारीको अवसर सुनिश्चित गर्न तालिमहरु दिनसक्ने तर नगद दिन नसक्ने प्रष्ट पारेका हुन्।
'अयोग्य लडाकुलाई नगद दिइनेछैन,' प्रभाकरले भने,'लडाकुलाई रोजगारीको अवसर प्रदान गरिनेछ।' अयोग्य लडाकुलाई यसै महिनाभित्र शिविर बाहिर निकालिसक्ने बताए। अयोग्य लडाकुलाई दिने प्याकेज तयार भइसकेको बताए। प्याकेजमा व्यवसाय वा रोजगारीका लागि आधार तयार गर्ने विषय रहेको बताए। लडाकुसँग राय बुझ्ने क्रम यसै हप्ता सकिने बताए। लडाकुको रायलाई समेत ध्यानमा राखेर कार्य अगाडि बढाउने उनको भनाई थियो।
रिपोर्र्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाको सभापतित्वमा सम्पन्न साक्षात्कारमा बोल्दै सरकारले वेपत्ता छानविन आयोग छिट्टै बनाउने बताए। वेपत्ता आयोगबारे आउंदो हप्ता सदनमा विधयेक दर्ता गर्न लागेको खुलासा गरे। सत्य निरुपण तथा मेलमिलाप आयोग गठनका लागि पनि कानुन बनाउन लागेको बताए। विगतमा सेना समायोजन प्रक्रियामा अलमल भएको स्वीकार्दै सेना समायोजन विशेष समितिलाई सक्रिय बनाइएको बताए।
सरकार बनाउने र ढाल्ने विषयसँग शान्ति प्रक्रियालाई हर्ेन नहुने उनको भनाई थियो। शान्ति प्रक्रियालाई बिशिष्ट माध्यमले हर्ेन जोड दिए। उनले भने,'शान्ति प्रक्रिया सरकार बनाउने र ढलाउने खेलभन्दा भिन्न हो।' शान्ति प्रक्रियाका महत्वपर्ूण्ा विषय अर्न्तगत द्वन्द्वकालका पीडितलाई राहत प्रदान गर्न सरकार गम्भीर भएर लागेको बताए।
एकीकृत नेकपा माओवादीका पोलिटब्यूरो सदस्य जर्नादन शर्मा प्रभाकरले अयोग्य ठहर्‍याइएका लडाकुलाई नगदको व्यवस्था समेत रहेको दाबी गरे। लडाकुलाई अलपत्र पार्न नपाइने बताउदै पर्ूव शान्तिमन्त्री समेत रहेका शर्माले भने,'अयोग्य भनिएका लडाकुलाई पनि नगदको व्यवस्था गर्नुपर्छ।' शान्ति प्रक्रियामा उल्लेख भएका सम्झौता अनुसार काम गर्न सरकारलाई आग्रह गरे। शान्ति सम्झौता उल्लंघनका घटना बढेको भन्दै सरकारको आलोचना गरे। शान्ति प्रक्रिया अगाडि बढाउने संयन्त्र नबन्दा समस्या आएको बताए। उनले भने,'शान्ति प्रक्रिया अगाडि बढाउन तत्काल संयन्त्र बनाउनर्ुपर्छ।' शान्ति प्रक्रियालाई अगाडि बढाउने आधार तयार नहुँदा समस्याहरु आएको बताए।
दलहरुबीच आरोप प्रत्यारोप गरेर समस्या समाधान नहुने भन्दै सहमतिका साथ अगाडि बढ्न जोड दिए। सहमतिका लागि आफ्नो दल हदै लचक बनेको बताए। वेपत्ता खोजी आयोग, सत्यनिरुपण आयोग, शहिद परिवारलाई राहत दिनेलगायतमा कुनै प्रगति गर्न नसकेको भन्दै सरकारको आलोचना गरे। संविधान मिचेर सरकार बनेकाले समस्याहरु बढेको बताए। सहमतिका लागि उच्च राजनीतिक सहमति अनिवार्य भएको बताए।
रिपोर्र्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाले दलहरुलाई शान्ति प्रक्रियामा केन्द्रित हुन आग्रह गरे। उनले सहमतिका लागि सबैले आ आफ्नो ठाउँबाट त्याग गर्नुपर्ने बताए।

Comments

Popular posts from this blog

भक्तपुरमा ब्यबहारीक शैक्षिक भ्रमण

भक्तपुर , ९ कार्तिक । दशैं र तिहार सकिएको। बिद्यालयमा पढ्ने बिद्यार्थीहरुले दशैं तिहारमा दिक्षिणा र भैलो देउसी खेलेर केही रकम जम्मा गरेका छन्। यही रकमको सही सदुपयोग होस भनेर बिद्यालयहरुले शैक्षिक भ्रमणका कार्यक्रमहरु आयोजना गर्ने गर्दछन्। दशैं तिहार पछि दर्ुइ महिनामा नेपालका , धेरैजसो बिद्यालयहरले बिद्यार्थीहरुलाई शैक्षिक भ्रमण गराउने गर्दछन्। भक्तपुरमा केन्दि्रत शैक्षिक भ्रमण गराउदै आएका हरीत समूहका श्रीकृष्ण सितिखुलाई अवको एक ड्डेढ महिना सम्म बिद्यार्थीहरुलाई भक्तपुर देखाउदैमा फर्ुसद नहुने भएको छ। बिभिन्न बिद्यालयहरुले उनलाई आफ्ना बिद्यार्थीलाई भक्तपुर देखाउन अनुरोध गरिसकेका छन्।यो बेला प्राकृतिक रुपमा पनि , गर्मी मौसम सकेर जाडो याम शुरु हुने भएकोले भ्रमण जानको लागि उपयुक्त समय हो। भक्तपुर शहर पनि नेपालका प्रमुख शैक्षिक पर्यटकीय गन्तब्य मध्ये एक हो। बाह्रौ शताब्दी देखि चौधौ शताब्दीसम्म नेपाल उपत्यकाको राजधानी रहेको यस प्राचिन नगरको भ्रमण गर्नको लागि हरीत समूहले

होटल मालिकद्वारा बाल श्रमिक नराख्ने प्रतिबद्धता

खेम बोलखे हेटौडा, ९ फागुन । हेटौंडा-११ थानाभर्‍याङमा रहेको होटल बैशालीका मालिक शेखर मैनालीले आफ्नो होटलमा १४ वर्षमुनिका बालबालिकालाई काममा नलगाउने प्रतिवद्धता जनाउनु भएको छ । मकवानपुर जिल्लामा क्रियाशील अधिकारकर्मी र सरकारी निकायका प्रतिनिधिहरुस“गको छलफलमा उहाँले यस्तो प्रतिवद्धता जनाउनु भएको हो । विगतका दिनमा कानूनी प्रावधान थाहा नहुँदा उहा“ले बालश्रमिक राख्नु भएको थियो ।     सो होटलमा कार्यरत ६ जना बाल श्रमिकहरुलाई यही फागुन ४ गते अधिकारकर्मीहरुले उद्धार गरेका थिए । होटलमा कार्यरत उदयपुर कटारीका १४ वषर्ीय जीवन बुढाथोकी, १५ वषर्ीय प्रकाश मगर, १२ वषर्ीय रमेश मगर, हेटौंडा-१० न्यूरेनीका १४ वषर्ीय राजु परियार, बारा निजगढका १४ वषर्ीय मिनबहादुर मोक्तान र १६ वषर्ीय विकास र्राईलाई होटल मालिक मैनालीले घर फर्केर विद्यालय पढ्न र सिप सिक्नका लागि ५/५ हजारका दरले सहयोग गर्नु भएको छ । सहयोग रकम अधिकारकर्मीहरुको रोहवरमा जिल्ला बाल कल्याण समिति मकवानपुरका बाल अधिकार अधिकृत संगीता पौडेललाई हस्तान्तरण गरिएको छ ।     साथै,  बालबालिकाको हितका लागि हेटौंडा नगर पालिकाको तर्फाटपनि सहयोग गर्न सकिने समाज क

वीरगंजमा सुंगुर आतंक

वीरगंज ९ भदौ । वीरगंज उपमहानगरपालिकाका सरसफाइ कर्मचारी दलित जाति र अन्यले पालेको सुंगुरहरु दिनभर शहर चहारेर चर्ने गरेका छन्। प्रत्येक दिन एक पटक कुनै समयमा एकै साथ झन्डै १०० वटा जति काला रोग सार्ने सुंगुर वीरगंज-१३ को अशोक वाटिका घडीअर्वा टोलमा छिरेर आतंक मच्चाउने गरेका छन्। काला फोहरी सुंगुर पानी जमेको ठाउँमा पुग्ने फोहरको डंगुरमा चर्ने प्रत्येक घर चहारेर घरको ढोका अगाडिको माटो खोतलेर खाल्डो बनाउने गर्दै आएका छन्। छाडा छाडिएको सुंगुरलाई पक्राउ गरी कारबाही गर्ने दायित्व नगर प्रहरीको हो। नगरपालिकाका सरसपाुइ कर्मचारीहरुले नै सुंगुर पालेर सार्वजनिक सडकमा छाड्ने गरेकोमा कस्ले गर्ने कारबाही वीरगंजको विभिन्न वडामा पालिएको सुंगुर मेनरोड हुंदै प्रत्येक दिन एकपटक अशोक वाटिका र घडीअर्वामा चर्न पुग्दछन्। स्वाइन पुलु रोग चम्केको बेला सुंगुर आतंकले वडावासी सशंकित बन्दै गएका छन्।