वीरगंज, १९ असोज। नेपाल उद्योग वाणिज्य महासंघ र जर्मन प्राविधिक सहयोग संस्था -जिटिजेड) को सहकार्यमा उद्यमशीलता एवं स्वरोजगार परियोजना तयार गर्ने सम्बन्धी ५ हप्ते प्रशिक्षक प्रशिक्षण तालिममा वीरगंज उद्योग वाणिज्य संघको तर्फाट श्री अजय प्रकाश अधिकारीको सहभागिता रहेको थियो। २०६६ श्रावण ११ गतेदेखि नारायणगढ उद्योग वाणिज्य संघमा संचालित उक्त तालिमका सहभागी अधिकारीका अनुसार उक्त तालिममा उद्यमशीलताका विभिन्न भाग समेत समेट्ने गरी उद्यमशीलता विकास, स्वरोजगार वृद्धिको क्षेत्रमा प्रशिक्षकको रुपमा काम गर्न आवश्यक योग्यता एवं सीप अभिवृद्धि गर्ने उद्देश्यले संचालन गरिएकोले आउँदा दिनहरुमा नेपाल सरकार, अर्थ मन्त्रालयको युवा तथा साना व्यवसायी स्वरोजगार तालिमलाई बढी गुणस्तरीय एवं उपलब्धीमूलक बनाउन सकिनुका साथै उद्योग वाणिज्यको क्षेत्रमा आवश्यक सहयोग पुग्ने देखिन्छ।
वीरगंज, २१ माघ। दाङ जिल्ला निवासी खुमबहादुर खडका नेपाली कांग्रेस पार्टर्ीी दोश्रो पुस्ताका नेता हुन्। नेपाली कांग्रेसको सरकारमा गृहमन्त्री समेत भइसकेका खुमबहादुर खडकासंग भारत र नेपालका बदमाश, पेशेवर अपराधीहरु अत्यन्तै झुम्मिने गर्दछन्। आफना सहयोगी र्समर्थक अपराधीहरुलाई उनी पैसा दिएर खुशी पार्ने र संरक्षण दिएर कारबाहीबाट सुरक्ष्ँित तुल्याउंछन्, यो उनको जन्मजात शोख हो, राजनीति कला कौशल हो। माओवादी सशस्त्र जनयुद्ध चरमोत्कर्षा पुगेपछि उनको राजनीति भविष्य चौपट भयो। प्रधानमन्त्री बन्ने महत्वाकांक्षा शून्य बन्यो। चर्चामा आए अनुसार हिजोआज उनी राजनीतिमा बहुरिन थालेका छन्। यसै अर्न्तर्गत देश दौडाहामा हिंडिरहेका छन्। विशेषगरी खुमबहादुर खडकाले आफनो राजनीति भ्रमणको थलो तर्राई मधेशलाई रोजेका छन्। खडकाको झडकाले कांग्रेसलाई नयां दिशामा डोर्याउन सक्ने कतिपय राजनीति षडयन्त्रकारी, अवसरवादी र बेइमानहरुको अनुमान पनि छ। खुमबहादुरको चलनचल्तीको अर्को नाम हो- खुन बहादुर। आफनो विपक्षीलाई समाप्त नै पार्नुपर्छ भन्ने उनको सिद्धान्त मात्र होइन, विगतमा देखापरेको व्यवहार पनि हो। माओवादीको हतियारको चु...
Comments
Post a Comment