Skip to main content

माओवादीले कोइरालालाई प्रधानमन्त्रीको प्रस्ताव राखेर धराप थापेको छ - महत

काठमाडौं, १९ असोज। ऊर्जामन्त्री डा प्रकाशशरण महतले माओवादीले गिरिजाप्रसाद कोइरालालाई प्रधानमन्त्रीको प्रस्ताव राखेर धराप थापेको बताएका छन्। मन्त्री महतले कांग्रेसलाई फुटाउने माओवादी खेलमा नफस्ने बताए।

रिपोर्र्टर्स क्लब नेपालद्वारा आयोजित साक्षात्कारमा डा महतले भने नेताहरुले अवरुद्ध संसदलाई निकास दिन गरेको पहललाई सत्ता समीकरणको खेलमा नबुझ्न आग्रह गरे। माओबादीले गिरिजाप्रसाद कोईरालालाई विगतमा राजालाइ जस्तै उपयोग गर्न सत्ताको कार्ड फालेको हो। राष्ट्रपतीले नागरिक सर्वोच्चता र संविधानको विरुद्ध नभई त्यसको संरक्षण र सर्म्बर्धनका लागि चालेको कदम स्वागत योग्य छ। उनले भने- राष्ट्रपतीका कदमका विषयमा कांग्रेसले कुनै सम्झौता गर्दैन।

माओबादीको अतिवाद विरुद्ध १८ दलको गठबन्धनबाट जन्मेको वर्तमान सरकारको विकल्प नभएको उनले बताए। उनले भने- माधव नेपालको विकल्प खोज्नु भनेको मुलुकलाई नै संकटमा धकेल्नु हो। माओबादीको एक दलिय नेतृत्वलाई नागरिक सर्वोच्चताका रुपमा नस्वीकार्ने अठोटका साथ जन्मेको सरकारको उद्देश्य शान्ति प्रकृया र संविधान निर्माण भएको मन्त्री महतले बताए।

प्रमुख प्रतिपक्षी दल एनेकपा माओबादी संसदीय दलका प्रमुख सचेतक पोष्टबहादुर बोगटीले पार्टर्ीीध्यक्ष प्रचण्ड रायमाझी आयोगले जनआन्दोलन विरोधी भन्दै दोषी ठहराएका पर्ूव मुख्य सचिव लोकमानसिंह कार्कीसँग बारम्बार भेटेको विषयलाई विषेश मुद्दाका रुपमा पार्टर्ीी उठाइने बताए। हिजो गिरिजाप्रसाद कोइराला र प्रचण्डले त्यहाँ गएर भेटेको कुरा बाहिर आएको छ, हामी पार्टर्ीीसबारे छलफल गर्र्छौं।

माओबादी स्थायी कमिटीको बैठकले नै नागरिक सर्वोच्चता र राष्ट्रपतीको कदमका बारेमा स्पष्ट रुपमा संकल्प प्रस्तावमा नआए संसद चल्न नदिने निर्ण्र्ाागरिसकेको उनले जानकारी दिए। उनले भने- नागरिक सर्वोच्चता र राष्ट्रपतिको कदमका बारेमा कुनै पनि रुपमा संकल्प प्रस्तावमा समावेश नभएमा तिहारपछि आन्दोलनको आँधीबेरी श्रृजना गर्नेछौं। उनले भने- शर्ीष्ा नेताहरु बसेर हाम्रो प्रस्तावमा छलफल गर्न सहमत नभएमा हामी संसद चल्न दिँदैनौं। हामीलाई आन्दोलनमा जान बाध्य नपारियोस्, सहमतिका साथ संसद चलाइयोस्, अन्यथा यो संसद चल्न सक्तैन।

कार्यक्रममा एमालेका नेता केशव बडालले संविधान निर्माण र शान्ति प्रक्रियाका लागि सहमतिमा जुटौं भन्ने आग्रह गरे। माओबादीको माग अनुसार सहमतिपत्रलाई शर्ीष्ा नेतृत्व मार्फ स्विकृत गराउने निर्ण्र्ाातिन दलिय वार्ता टोलिले गरेको जानकारी दिए। उनले भने राष्टपतिको विगतको कदमलाई नभएर आगामी दिनमा हुने कदम प्रति ध्यान दिन आग्रह गरे। यो मुलुकमा राष्ट्रपतिय पद्धतीको संखघोष गर्ने माओबादीले सो पदको नै अपमान हुने गरि कुनै पनि प्रश्ताव ल्याउनु राम्रो हुदैन। एमाले राष्ट्रपति कदमको विपक्षमा नभएको उनले स्पष्ट गरे।

Comments

Popular posts from this blog

माओवादी विरुद्ध खडकाको अभियान

वीरगंज, २१ माघ। दाङ जिल्ला निवासी खुमबहादुर खडका नेपाली कांग्रेस पार्टर्ीी दोश्रो पुस्ताका नेता हुन्। नेपाली कांग्रेसको सरकारमा गृहमन्त्री समेत भइसकेका खुमबहादुर खडकासंग भारत र नेपालका बदमाश, पेशेवर अपराधीहरु अत्यन्तै झुम्मिने गर्दछन्। आफना सहयोगी र्समर्थक अपराधीहरुलाई उनी पैसा दिएर खुशी पार्ने र संरक्षण दिएर कारबाहीबाट सुरक्ष्ँित तुल्याउंछन्, यो उनको जन्मजात शोख हो, राजनीति कला कौशल हो। माओवादी सशस्त्र जनयुद्ध चरमोत्कर्षा पुगेपछि उनको राजनीति भविष्य चौपट भयो। प्रधानमन्त्री बन्ने महत्वाकांक्षा शून्य बन्यो। चर्चामा आए अनुसार हिजोआज उनी राजनीतिमा बहुरिन थालेका छन्। यसै अर्न्तर्गत देश दौडाहामा हिंडिरहेका छन्। विशेषगरी खुमबहादुर खडकाले आफनो राजनीति भ्रमणको थलो तर्राई मधेशलाई रोजेका छन्। खडकाको झडकाले कांग्रेसलाई नयां दिशामा डोर्‍याउन सक्ने कतिपय राजनीति षडयन्त्रकारी, अवसरवादी र बेइमानहरुको अनुमान पनि छ। खुमबहादुरको चलनचल्तीको अर्को नाम हो- खुन बहादुर। आफनो विपक्षीलाई समाप्त नै पार्नुपर्छ भन्ने उनको सिद्धान्त मात्र होइन, विगतमा देखापरेको व्यवहार पनि हो। माओवादीको हतियारको चु...

भक्तपुरमा ब्यबहारीक शैक्षिक भ्रमण

भक्तपुर , ९ कार्तिक । दशैं र तिहार सकिएको। बिद्यालयमा पढ्ने बिद्यार्थीहरुले दशैं तिहारमा दिक्षिणा र भैलो देउसी खेलेर केही रकम जम्मा गरेका छन्। यही रकमको सही सदुपयोग होस भनेर बिद्यालयहरुले शैक्षिक भ्रमणका कार्यक्रमहरु आयोजना गर्ने गर्दछन्। दशैं तिहार पछि दर्ुइ महिनामा नेपालका , धेरैजसो बिद्यालयहरले बिद्यार्थीहरुलाई शैक्षिक भ्रमण गराउने गर्दछन्। भक्तपुरमा केन्दि्रत शैक्षिक भ्रमण गराउदै आएका हरीत समूहका श्रीकृष्ण सितिखुलाई अवको एक ड्डेढ महिना सम्म बिद्यार्थीहरुलाई भक्तपुर देखाउदैमा फर्ुसद नहुने भएको छ। बिभिन्न बिद्यालयहरुले उनलाई आफ्ना बिद्यार्थीलाई भक्तपुर देखाउन अनुरोध गरिसकेका छन्।यो बेला प्राकृतिक रुपमा पनि , गर्मी मौसम सकेर जाडो याम शुरु हुने भएकोले भ्रमण जानको लागि उपयुक्त समय हो। भक्तपुर शहर पनि नेपालका प्रमुख शैक्षिक पर्यटकीय गन्तब्य मध्ये एक हो। बाह्रौ शताब्दी देखि चौधौ शताब्दीसम्म नेपाल उपत्यकाको राजधानी रहेको यस प्राचिन नगरको भ्रमण गर्नको लागि हरीत समूहले ...

पाकिस्तानमा आत्मघाती विस्फोटन, १२ प्रहरीको मृत्यु

काठमाडौं १४ भदौ। पाकिस्तानको स्वात उपत्यकामा रहेको एउटा प्रहरी चौकीमा आत्मघाती विष्फोट हुँदा कम्तीमा १२ प्रहरीको मृत्यु भएको छ। प्रहरीमा भर्ना हुन आवेदन गर्न लाम लागिरहेका बेला विष्फोट भएको हो। तालिवान विद्रोहीको हातबाट स्वात उपत्यका आफ्नो हातमा लिएको दाबी पाकिस्तानी सेनाले गरिरहेका बेला यो ठूलो आक्रमण भएको हो।