वीरगंज, २३ कार्तिक । नेशनल मेडिकल कलेज शिक्षण अस्पताल वीरगंजका आन्दोलनरत कर्मचारीले विभिन्न ३ सूत्रीय मांग राखी आन्दोलन गर्दै आएकोमा आज एक सय दिन पुगेको अवसरमा चियापान कार्यक्रम गरेको छ।
आज बिहान एवं अखिल नेपाल स्वास्थ्य श्रमिक संघ इकाइ नेशनल मेडिकल कलेजमा आबद्ध आन्दोलन कर्मचारीले अस्पतालको मूलगेटमा चियापान कार्यक्रमको आयोजना गरेको हो।
उनीहरुले निष्काशित कर्मचारीहरुलाई निर्सत पूर्ण बहाली, माघ २४ गते भएको सहमति लागू र शान्ति सुरक्ष्ँाको ग्यारेण्टीको मांग गर्दै आन्दोलनमा उत्रिएका हुन्। तस्बिर- जीवनलाल श्रेष्ठ
Comments
Post a Comment