Skip to main content

स्वतः तलब वृद्धि हुनेगरी वैज्ञानिक प्रणाली लागू गर्नुपछ

काठमाडौं, साउन ५। निजामती कर्मचारीका नेताहरुले आन्दोलनको कार्यक्रम फिर्ता लिएको घोषणा गर्दै समयानुकूल स्वतः तलब समायोजन हुनेगरी वैज्ञानिक प्रणाली अबलम्बन गर्न माग गरेका छन्। रिपोर्र्टर्स क्लब नेपालको साक्षात्कारमा बोल्दै हालै गरिएको तलब वृद्धिले केही राहत भएपनि महँगी थेग्न नसकिने बताए।
नेपाल निजामती कर्मचारी युनीयनका अध्यक्ष भवानी थानीले निजामती कर्मचारीहरु शोषित हुदै आएको बताए। आउदा दिनमा तलब स्वतः समायोजन हुनेगरी प्रणाली बनाउन माग गरे। अहिलेको महँगी थेग्न सकिने तलब नभएको बताए। हचुवाका भरमा तलब वृद्धि गरिएको भन्दै वैज्ञानिक प्रणाली बनाउन भने। यद्यपि जनताको हितका लागि आन्दोलनका कार्यक्रम फिर्ता लिएको बताए। कर्मचारीहरु निजी क्षेत्रभन्दा निकै तलब तलब थाप्न वाध्य भएबाट निरुत्साहित भइरहेको उल्लेख गरे।
रिपोर्र्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाको सभापतित्वमा सम्पन्न साक्षात्कारमा नेपाल राष्ट्रिय कर्मचारी महासंघका अध्यक्ष रुक्म लामिछानेले आफूहरुलाई थमथमाउने उद्देश्यबाट तलब वृद्धि भएको बताए। अहिलेको वृद्धिले पूरा माग सम्बोधन नभएको बताए। माओवादी नेतृत्वको सरकारले जति पनि तलब वृद्धि नभएको भन्दै असन्तुष्टि जनाए। तलब वृद्ध्रि्रति असन्तुष्टि हुदा हुदैपनि आन्दोलनका कार्यक्रम फिर्ता लिनुपरेको उल्लेख गरे। विगतमा तलब वृद्धि गर्दा कर्मचारी उत्साही भएबाट व्यापक राजश्व उठेको दाबी गरे। उनले भने, कर्मचारीलाई निरुत्साहित बनाएर सुशासन र राजश्व वृद्धिको आशा गर्नु बेक्कार हुन्छ। कर्मचारीलाई समान ढंगको व्यवहार गर्न माग गरे।
नेपाल निजामती कर्मचारी संगठनका अध्यक्ष गणेश बस्यालले र्सार्वजनिक प्रशासनमा समयानुकूल परिवर्तनको माग गरे। कर्मचारीतन्त्रलाई पुरानै र्ढरामा राख्ने चेष्टा भएबाट चुनौतीहरु बढेको बताए। तलब वृद्धि गर्दा वैज्ञानिक प्रणाली अबलम्बन गर्नुपर्नेमा उनको जोड थियो। आफूहरुको तलब वृद्धिको माग केही हदमा पूरा भएपनि सन्तुष्ट हुनसकिने अवस्था नरहेको बताए। देशको अवस्थालाई दृष्टिगत गरेर आन्दोलनका कार्यक्रम फिर्ता लिएको बताए।
नेपाल मधेशी निजामती कर्मचारी मञ्चका अध्यक्ष बिनोद सिंहले तलब वृद्ध्रि्रति पर्ूण्ा सन्तुष्ट हुनसकिने अवस्था नरहेको बताए। आगामी दिनमा तलब वृद्धिका लागि सरकारले गृहकार्य गर्नुपर्ने भन्दै तत्कालका लागि आन्दोलन फिर्ता लिएको बताए। उनले भने, तलब वृद्धिलाई आलोचनात्मक स्वागत गर्दछौं।
स्वतन्त्र कर्मचारी मिलन केन्द्रका अध्यक्ष कृष्ण भण्डारीले वैज्ञानिक आधारमा तलब वृद्धि गर्नुपर्ने माग राखे। हचुवाका भरमा तलब वृद्धि गरे दर्ीघकालिन रुपमा समस्याको समाधान हुननसक्ने बताए। अहिलेको तलब वृद्धिलाई आलोचनात्मक र्समर्थन गरेको बताए।
सरकारी संस्थान सवारी चालक एशोशिएसनका अध्यक्ष शरण गुरुङले तलबमा व्यापक विभेद रहेको भन्दै असन्तुष्टि जनाए। निम्न तहका कर्मचारीलाई उपेक्षा गर्ने कामहरु भइरहेको भन्दै तलब समायोजन गर्दा निम्न तहलाई ध्यान दिन आग्रह गरे। अहिलेको तलब वृद्धिले आफूहरुको मागमा आंशिक सम्बोधन भएको बताए।
नेपाल निजामती कर्मचारी युनीयनका महासचिव सुबोधकुमार देवकोटाले आफूहरुको आंशिक माग मात्र सम्बोधन भएको बताए। आन्दोलनका क्रममा केही राजनीतिक विषय उठाएको भन्दै आलोचना गरे।

Comments

Popular posts from this blog

माओवादी विरुद्ध खडकाको अभियान

वीरगंज, २१ माघ। दाङ जिल्ला निवासी खुमबहादुर खडका नेपाली कांग्रेस पार्टर्ीी दोश्रो पुस्ताका नेता हुन्। नेपाली कांग्रेसको सरकारमा गृहमन्त्री समेत भइसकेका खुमबहादुर खडकासंग भारत र नेपालका बदमाश, पेशेवर अपराधीहरु अत्यन्तै झुम्मिने गर्दछन्। आफना सहयोगी र्समर्थक अपराधीहरुलाई उनी पैसा दिएर खुशी पार्ने र संरक्षण दिएर कारबाहीबाट सुरक्ष्ँित तुल्याउंछन्, यो उनको जन्मजात शोख हो, राजनीति कला कौशल हो। माओवादी सशस्त्र जनयुद्ध चरमोत्कर्षा पुगेपछि उनको राजनीति भविष्य चौपट भयो। प्रधानमन्त्री बन्ने महत्वाकांक्षा शून्य बन्यो। चर्चामा आए अनुसार हिजोआज उनी राजनीतिमा बहुरिन थालेका छन्। यसै अर्न्तर्गत देश दौडाहामा हिंडिरहेका छन्। विशेषगरी खुमबहादुर खडकाले आफनो राजनीति भ्रमणको थलो तर्राई मधेशलाई रोजेका छन्। खडकाको झडकाले कांग्रेसलाई नयां दिशामा डोर्‍याउन सक्ने कतिपय राजनीति षडयन्त्रकारी, अवसरवादी र बेइमानहरुको अनुमान पनि छ। खुमबहादुरको चलनचल्तीको अर्को नाम हो- खुन बहादुर। आफनो विपक्षीलाई समाप्त नै पार्नुपर्छ भन्ने उनको सिद्धान्त मात्र होइन, विगतमा देखापरेको व्यवहार पनि हो। माओवादीको हतियारको चु...

भक्तपुरमा ब्यबहारीक शैक्षिक भ्रमण

भक्तपुर , ९ कार्तिक । दशैं र तिहार सकिएको। बिद्यालयमा पढ्ने बिद्यार्थीहरुले दशैं तिहारमा दिक्षिणा र भैलो देउसी खेलेर केही रकम जम्मा गरेका छन्। यही रकमको सही सदुपयोग होस भनेर बिद्यालयहरुले शैक्षिक भ्रमणका कार्यक्रमहरु आयोजना गर्ने गर्दछन्। दशैं तिहार पछि दर्ुइ महिनामा नेपालका , धेरैजसो बिद्यालयहरले बिद्यार्थीहरुलाई शैक्षिक भ्रमण गराउने गर्दछन्। भक्तपुरमा केन्दि्रत शैक्षिक भ्रमण गराउदै आएका हरीत समूहका श्रीकृष्ण सितिखुलाई अवको एक ड्डेढ महिना सम्म बिद्यार्थीहरुलाई भक्तपुर देखाउदैमा फर्ुसद नहुने भएको छ। बिभिन्न बिद्यालयहरुले उनलाई आफ्ना बिद्यार्थीलाई भक्तपुर देखाउन अनुरोध गरिसकेका छन्।यो बेला प्राकृतिक रुपमा पनि , गर्मी मौसम सकेर जाडो याम शुरु हुने भएकोले भ्रमण जानको लागि उपयुक्त समय हो। भक्तपुर शहर पनि नेपालका प्रमुख शैक्षिक पर्यटकीय गन्तब्य मध्ये एक हो। बाह्रौ शताब्दी देखि चौधौ शताब्दीसम्म नेपाल उपत्यकाको राजधानी रहेको यस प्राचिन नगरको भ्रमण गर्नको लागि हरीत समूहले ...

पाकिस्तानमा आत्मघाती विस्फोटन, १२ प्रहरीको मृत्यु

काठमाडौं १४ भदौ। पाकिस्तानको स्वात उपत्यकामा रहेको एउटा प्रहरी चौकीमा आत्मघाती विष्फोट हुँदा कम्तीमा १२ प्रहरीको मृत्यु भएको छ। प्रहरीमा भर्ना हुन आवेदन गर्न लाम लागिरहेका बेला विष्फोट भएको हो। तालिवान विद्रोहीको हातबाट स्वात उपत्यका आफ्नो हातमा लिएको दाबी पाकिस्तानी सेनाले गरिरहेका बेला यो ठूलो आक्रमण भएको हो।