वीरगंज, २९ जेठ। रौतहट जिल्लाको पौराइ गाविस अन्तर्गत पौराइ बाबा ब्रम्हस्थानको प्रा·णमा जेठ २५ गतेदेखि १ गतेसम्म प्रत्येक दिन ६ बजेदेखि ३ बजेसम्म श्रीमदभागवत संगीतमय कथा वाचन भइरहेको प्राप्त जानकारीमा उल्लेख छ।
पौराइ गाविस युवा परिवार, श्री पौराइ बाबा ब्रम्हस्थान निर्माण समितिद्वारा आयोजित श्रीमदभागवत सप्ताह ज्ञान महायज्ञमा स्थानीय जनताहरूको ताती लागेको छ । पण्डित सन्तोषप्रसाद चालिसे उपाध्यायको मुखारविन्दबाट सुमधुर शैलीमा भइरहेको श्रीमदभागवत कथा वाचनका साथै कलश यात्रा, बराह भगवानको लिला चरित्र पर््रदर्शन, नृसिंह भगवानको लिला चरित्र पर््रदर्शन, श्रीकृष्ण जन्मोत्सव, गोवर्द्धन पूजा, रूक्मणी विवाह झांकी प्रदर्शन, सुदामा चरित्र झांकी र असार १ गते तिल चर्ढाई पुर्णाहुति हुनेछ।
Comments
Post a Comment