वीरगंज, २९ जेठ । कर्मचारी कुटपिटको विरोधमा वीरगंज उपमहानगरपालिका अनिश्चितकालका लागि बन्द भएको छ। आज वीउमनपाका कर्मचारीहरुले दबाबमूलक जुलुस प्रदर्शन गर्दै जिल्ला प्रशासन कार्यालय पर्सर्ाा ज्ञापनपत्र बुझाएको थियो। जुलुसमा पार्टर्ीीे नाममा ठेक्का गर्न पाइदैन, गुण्डागर्दी गर्न पाइदैन नारा लगाउदै झाडु, बेल्चा, फाटा हातमा लिएर नगरमा एकता प्रदर्शन गरेका थिए।
बिहीवार तराइ मधेश युवा प|mण्टका कार्यकर्ताले वीरगंज उपमहानगरपालिका कार्यालयका कर्मचारीहरुमाथि हातपात र तोडफोड गरेको विरोधमा उनीहरु प्रदर्शनमा उत्रेका हुन्।
Comments
Post a Comment